News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रधानमन्त्री बालेन र सुरक्षा निकायका प्रमुखहरू बिच छलफल

नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त ब्रिफिङमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल उपस्थित थिए। प्रधानमन्त्री शाहले चाडपर्वका बेला नागरिकको सुरक्षा तथा समग्र शान्तिसुरक्षा व्यवस्थापनका विषयमा सुरक्षा प्रमुखहरूसँग जानकारी लिएका हुन्।

ब्रिफिङपछि प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उनले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्तिसुरक्षा व्यवस्थालाई थप चुस्त-दुरुस्त बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।