
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, ७ असार । इम्ब्रोइरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सहयोगमा स्थलगत रुपमा कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सीप विकास तालिम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत यही असार १ गतेदेखि बाग्लुङको ताराखोलामा अल्लो उद्योगको जानकारी, रूकुमकोट छिपखोला खोला अल्लो उद्योगमा तालिम, प्युठानको हिमाल अल्लो कपडा उद्योगमा कच्चा पदार्थ सम्बन्धी जानकारी लगायतका कार्यक्रम सम्पन्न गरिएको छ ।
रूकुमकोटको सिस्ने गाउँपालिका–२ स्थित छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सीप विकास तालिममा सहभागीले कच्चा पदार्थको प्रशोधन प्रक्रिया लगायतमा जानकारी लिएका छन् ।
त्यस्तै छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तीर्था पुनले अल्लोको खेती, कटानी, प्रशोधन र कपास धागो बनाउनेदेखि डिजाइन तथा बुन्ने लगायतका विषयमा तालिम दिएकी छन् । उक्त अवसरमा अल्लोको प्रयोगका फाइदा र उद्योग सञ्चालनका समस्या लगायतका बारेमा जानकारी गराइएको थियो ।
बागलुङको ताराखोला गाउँपालिका वडा नं ५ स्थल अल्लो उद्योगमा भएको कार्यक्रममा अल्लो उद्योग र त्यसका समाग्री उत्पादन प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको थियो । ११ जना दिदी बहिनी कार्यरत केन्द्रमा १२ वटा तानमा चाल्ने सिस्नुको पाटबाट प्रशोधन गरी कपडा उत्पादन भैरहेको विषयमा पनि स्थलगत अवलोकन गराइएको थियो ।
स्थलगत अवलोकन एवम् तालिम पश्चात रुकुम पूर्वमा आयोजित समापन कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै उद्यमशिलतामा जोड दिन आग्रह गरे ।
सभामुख घर्तीले स्थानीय सिप र साधनले पर्यटकीय बजार बिस्तार, पहुँच निर्माण र आर्थिक हिसाबले पनि समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरे । उनले वातावरणमैत्री उद्योग भएकोले यसले सिर्जना गर्ने रोजगारी र यसबाट प्राप्त हुने आम्दानीले जीवनस्तरमा सुधार ल्याउने धारणा व्यक्त गरे ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले कृषकको उत्पादन र बजारीकरणमा तीनवटै तहका सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जिवी पोखरेलले मध्य पहाडी लोक मार्गको पहुँच विस्तारले स्थानीय सीपयुक्त उत्पादन मुख्य बजारसम्म जोडिएकाले गुणस्तरीय समान उत्पादनमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
एगाका पूर्व अध्यक्ष विश्वराज पोखरलले तालिम निकै उपयोगी बनेकोमा खुशी व्यक्त गरे ।
एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षता एवम् सचिव माया सुवेदीले सञ्चालन गरेको कार्यक्रमको संयोजन उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गीता ढकाल(पौडेल)ले गरेकी थिईन् ।
कार्यक्रम कै क्रममा प्युठानको गौमुखी गाउँपालिकाको हिमाल अल्लो उद्योगको पनि स्थलगत रुपमा अध्ययन, अवलोकन एवम् जानकारी लिइएको थियो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति