
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
रोल्पा, २९ साउन । रोल्पाको थबाङ गाउँपालिका–५ स्थित उवा कोटलभारामा बुधबार राति गएको पहिरोमा १० जनाको ज्यान गएको छ भने तीन जना अझै बेपत्ता छन्।
रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार उवा क्षेत्रमै पाँच र प्युठानमा पाँच गरी जम्मा १० शव फेला परेका छन्। रोल्पामा भेटिएका शवहरूमा १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर र ८५ वर्षीया हस्तकला रोकामगरको पहिचान भएको छ।
प्युठानमा भेटिएका शवहरूमध्ये ३८ वर्षीया जुनकुमारी पुन, नौ वर्षीय असिम पुन र पाँच वर्षीय अशोक पुनको परिवारका सदस्यले फोटो हेरेर पहिचान गरेका छन्। बाँकी दुई शवको पहिचान हुन सकेको छैन। पहिचान नखुलेका दुई र बेपत्ता तीन जनामा ८० वर्षीय अजम्बर पुनमगर, ८० वर्षीय बलबहादुर पुनमगर, ६१ वर्षीय तिलबहादुर पुनमगर, ६६ वर्षीय मनी पुनमगर र ३४ वर्षीय महेन्द्र घर्तीमगर रहेका छन्।
सिडिओ क्षेत्रीले भने, ‘पहिरोमा परेका पाँच जनाको शव प्युठानमा भेटिएको छ। तीन जनालाई आफन्तले फोटो हेरेर चिन्नुभयो। शव क्षतविक्षत भएकाले बाँकी दुईको पहिचान जटिल बनिरहेको छ। विभिन्न हुलिया हेरेर आफन्तले पहिचान गर्न सक्नुहोला।’
पहिरोमा घाइते २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।
डिएसपी पञ्चकुमार बाखुका अनुसार बुधबार राति करिब ८ः४० बजे गएको पहिरोले नौ घर, एक घुम्ती पसल, दुई गोठ र एउटा चर्च बगाएको छ। बिहीबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयवासी उद्धारमा खटिएका थिए।सुलिचौर–थबाङ सडकखण्डको उवा क्षेत्र उच्च जोखिमयुक्त मानिन्छ। सडक बिग्रेका कारण घटनास्थलसम्म हिँडेर पुग्नुपर्ने र उद्धार कार्यमा समेत कठिनाइ भएको उद्धारमा सहभागी रेडक्रसकर्मी दीपेश विष्टले बताएका छन्।