News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized

१५ लाख नगद सहित ११ जना जुवाडेहरु पक्राउ

पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ तातोपानीस्थित तातोपानी ईन होटलमा प्रहरीले १५ लाख नगदसहित ११ जना जुवाडेहरुलाई हिजो विहान ४ बजे पक्राउ गरेको छ । स्थानीयको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाखालबाट नगद १५ लाख २४ हजार ७० रुपैयाँ र ५२ पत्ती तास बरामद गरेको थियो । पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीषर्कमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

प्रहरीले पक्राउ गरेकाहरुमा स्याङ्जा जिल्ला हरिनाश गाउँपालिका वडा नं ३ स्यानो कान्ला बस्ने २८ बर्षीय कमल भण्डारी, पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाईड बस्ने २३ बर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतली बजार नगरपालिका वडा नं २ ज्यामिरे बस्ने २८ बर्षीय दिपेश गुरुङ, अर्घाखाँची जिल्ला भूमिका स्थान नगरपालिका वडा नं २ स्थायी घर भई हाल पोखरा वडा नं १७ ड्यामसाईड बस्ने ३४ बर्षीय दामोदर पौडेल, पोखरा वडा नं. १७ छोरेपाटन बस्ने २६ बर्षीय विनय गुरुङ, पोखरा वडा नं. १७ छोरेपाटन बस्ने ३२ बर्षीय कर्ण के.सी., चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १ पोखरा बसपार्क घर भएका ३५ बर्षीय राजु घिमिरे, पोखरा वडा नं ८ सिमलचौर बस्ने ४३ बर्षीय नारायण सिग्देल, पोखरा वडा नं.६ बैदाम बस्ने ४३ बर्षीय राजु कार्की, पोखरा वडा नं.२६ अर्घौं अर्चले बस्ने ३३ बर्षीय स्वागत रानाभाट र बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नं. ८ घर भई हाल पोखरा वडा नं १७ ड्यामसाईड बस्ने ३९ बर्षीय मन बहादुर खड्का रहेका छन् ।