
१ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
२सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
३आजदेखि एसईई परीक्षा सुरु
४एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
५इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
६डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
७ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
८व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
९सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
१०काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
११सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
१२नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
अब छिट्टै स्थानीय तह र त्यसपछि प्रदेश तथा संघीय निर्वाचन हुँदै गरेकाले जनताका कुरा नसुन्ने नेतालाई निवार्चनका बेला मतदानबाटै जवाफ दिने अर्मलावासीले उद्घोष गरेका छन् ।
पोखरा, ३१ असोज । पोखरा महानगरपालिका वडा नं. १६ स्थित घामीखोला, अर्मलाकोट आँटीघर सडकमा गत असारमा झरेका ठूल्ठूला पहिरो अहिलेसम्म उस्तै छन् । पोखरा महानगरपालिकाले सो सडक विस्तार गर्दा कटान गरेको ठाउँमा रिट्रेनिङ्ग पर्खाल नलगाउँदा ठाउँठाउँमा ठूल्ठूला पहिरा खसेका थिए । वर्खाको समयमा लामो समय सडक नै अवरुद्ध भयो । स्थानीयको चर्को विरोधपछि पहिरो खसेको ठाउँमा एकतर्फी बाटो खुलाएपछि सडक कामचलाउको अवस्थामा छ ।
तर, बाटो सफा गर्ने र पहिरो गएको ठाउँमा रिट्रेनिङ्ग पर्खाल तथा ग्याविन जाली लगाउनेबारे स्थानीय सरकार पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले कुनै चासो नदेखाएपछि स्थानीय रुष्ट भएका छन् । आफ्नै वडावासी कुमार खड्का गण्डकी प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बने पनि अहिलेसम्म बाटोको निरीक्षण गर्न नपुगेको स्थानीयले बताएका छन् ।
त्यतिमात्र होइन त्यही क्षेत्रका जनताको मतबाट सासंद हुँदै मन्त्रीसमेत बनेका विन्दुकुमार थापाले पनि सडकको अवस्थाबारे चासो नदिएको स्थानीयको आरोप छ । गण्डकी प्रदेश सरकारमा पृथ्वीसुब्वा गुरुङको सरकार ढालेर नेपाली काँग्रेसको नेतृत्वमा बनेको नयाँ सरकारलाई बजेट बनाउने चटारो थियो । यद्यपि मन्त्रिमण्डलले पूर्णता पाएको थिएन । त्यतिबेला शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुमार खड्काले बजेट बनाउने जिम्मा पाए ।
आफ्नै वडावासी खड्का मन्त्री नियुक्त भई बजेटको बनाउने जिम्मेवारी समेत लिएपछि अर्मलाको बाटोलाई राम्रै बजेट पर्ने र महानगरपालिकाको योजनाबाट ध्वस्त सडक मर्मत हुने आशमा रहेका अर्मलाबासी बजेट सार्वजनिक भएपछि निराश मात्र भएनन्, मन्त्री खड्काप्रति नै आक्रोशित भए । मन्त्री खड्काले बजेटको बाँडफाँड गरिरहँदा नेपाली काँग्रेसका स्थानीय नेताले वडा कार्यसमितिमार्फत् पहिरो नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गर्न सिफारिस गरेका थिए ।
त्यसपछि पटकपटक सोही क्षेत्रबाट विजयी प्रदेशसभा सांसद विन्दुकुमार थापा समेतलाई दबाव दिंदै आएको भए पनि उक्त योजनाका लागि बजेट विनियोजन नै भएन । पोखरा-१६ मा १६ करोडभन्दा बढी बजेट विनियोजन हुँदा पनि सोही वडामा पर्ने अर्मलाको सडकको पहिरो नियन्त्रणका लागि एक रुपियाँ पनि विनियोजन हुन सकेन ।
सञ्चार, कानून तथा प्रदेशसभा मामिला मन्त्री थापाका स्वकीय सचिव सूर्य पौडेलसमेतलाई बारम्बार ताकेता गरी ध्यानाकर्षण गराउँदा उनले त्यति काम त १६ नं. वडावासी मन्त्री कुमार खड्काले गर्नु होला नि भन्ने जवाफ दिने गरेको एक नेताले बताए ।
बजेट बन्दै गर्दाका वखत पनि स्थानीय नेताले तत्कालीन सासंद हालका सञ्चार, कानून तथा प्रदेशसभा मामिला मन्त्री थापाका स्वकीय सचिव सूर्य पौडेलसमेतलाई बारम्बार ताकेता गरी ध्यानाकर्षण गराउँदा उनले त्यति काम त १६ नं. वडावासी मन्त्री कुमार खड्काले गर्नु होला नि भन्ने जवाफ दिने गरेको एक नेताले बताए । तर मन्त्री खड्काले पनि त्यतातर्फ ध्यान दिएनन् ।
अन्ततः गण्डकी प्रदेश सरकारको मात्र नभई मन्त्रीद्वय थापा र खड्काबाट अर्मला उपेक्षित बन्न पुग्यो । मन्त्री थापाले आफ्नै चुनाव क्षेत्र र मन्त्री खड्काले आफ्नै वडाको उपेक्षा गर्दा त्यस क्षेत्रको विकास हुन नसकेको भन्दै स्थानीय आक्रोशित छन् । उनीहरूले मन्त्रीद्वय थापा र खड्काले अर्मलामाथि विभेद गरेको आरोप समेत लगाएका छन् । आफ्नै वडाका जनताको गुनासो सुन्न मन्त्री खड्का अहिलेसम्म अर्मलामा गएका छैनन् ।
मन्त्री खड्काको घरबाट करिब ३ किलोमिटरको अर्मलाको सडक सुरु हुन्छ । उता त्यही क्षेत्रका जनताको मतबाट जितेका विन्दुकुमार थापा मन्त्री भएपछि आशिवन २३ गते शनिवार आफ्नो निर्वाचन क्षेत्र नं. २ (ख) को अर्मला डिहीमा पहिलोपटक पुगे । त्यहाँ मन्त्री थापा पार्टीको कुनै औपचारिक कार्यक्रम थिएन । नेपाली काँग्रेस पोखरा–१६ का कार्य समितिका सदस्य अपील भट्टराईका हजुरबुवा वोधराज भट्टराईको निधनमा समवेदना प्रकट गर्ने सन्दर्भ पारेर मन्त्री थापा आफ्नै लागि क्षेत्रीय प्रतिनिधिसँग भोट माग्न त्यहाँ पुगेका थिए ।
मन्त्री थापा पार्टीको आसन्न १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको आकाँक्षी छन् । यद्यपि मन्त्री थापाले शोक सन्तप्त भट्टराई परिवारमा समवेदना प्रकट गरी तुरुन्तै फर्किए । तर उनले त्यहाँका काँग्रेस नेता तथा कार्यकर्ता एवं क्षेत्रीय प्रतिनिधि कसैलाई भेटेनन् । ‘सडकको दुरावस्था देखेका मन्त्री थापा लाजले कसैलाई नभेटी फर्कनु भएछ,’ एक क्षेत्रीय प्रतिनिधिले भने । मन्त्री थापा आउँदै छन् भन्ने जानकारी पाएर उनलाई भेट्न जोगीमणि र छहरेपानीबाट अर्मला डिहीमा पुगेका क्षेत्रीय प्रतिनिधिहरु ऋषिराम आचार्य, श्रीकृष्ण आचार्य समेतले मन्त्री थापालाई भेट्न पाएनन् । उनीहरु अर्मला डिहीमा पुग्दा मन्त्री थापा त्यहाँबाट फिर्ता भइसकेका थिए ।
पोखरा-१६ मा १६ करोडभन्दा बढी बजेट विनियोजन हुँदा पनि सोही वडामा पर्ने अर्मलाको सडकको पहिरो नियन्त्रणका लागि एक रुपियाँ पनि विनियोजन हुन सकेन । स्थानीयले पटकपटक वडाध्यक्ष जीवनप्रसाद आचार्यसँग पहिरो नियन्त्रण गर्न र सडक विस्तार गर्दाको कटान रोक्ने रिटेनिङ्ग पर्खाल लगाउन बारम्बार आग्रह गर्दै आए पनि कुनै सुनुवाई नभएको स्थानीय पीडित लक्ष्मीदेवी भट्टराईले बताइन् ।
गण्डकी प्रदेश सरकारमा हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री खड्का समेत आफ्नै वडाको सडकको त्यतिविधि हरिबिजोक हुँदा समेत बेखर भएर बसेका छन् । यद्यपि गत शनिबार त्यही सडक भएर अर्मला पुगेका मन्त्री थापाले सडकको दुरावस्था प्रत्यक्ष देखेका छन् । यसबारे मन्त्री थापासँग प्रतिक्रिया बुझ्ने प्रयास गर्दा उनको सचिवालयसँग सम्पर्क हुन सकेन । गत जेष्ठ महिनादेखि अवरुद्ध सडक अहिलेसम्म उस्तै हालतमा छ । पहिरो झरेका ठाउँमा एकतर्फी आवागमन खुलाउने काम बाहेक पहिरो नियन्त्रण गर्न र आवश्यक रिट्रेनिङ्ग पर्खाल निर्माण गर्न स्थानीय सरकार पोखरा महानगरपालिका र प्रदेश सरकारले कुनै चासो देखाएका छैनन् ।
अब छिट्टै स्थानीय तह र त्यसपछि प्रदेश तथा संघीय निर्वाचन हुँदै गरेकाले जनताका कुरा नसुन्ने नेतालाई निवार्चनका बेला मतदानबाटै जवाफ दिने अर्मलावासीले उद्घोष गरेका छन् । गत आर्थिक वर्षमा पोखरा महानगरपालिकाले १६ नं. वडामा पर्ने घार्मीखोला अर्मलाकोट आँटीघर सडक मार्गको सडक विस्तार तथा नाला निर्माण योजनाबाट विकासभन्दा विनाश भएको स्थलगत अध्ययनबाट स्पष्ट देख्न सकिन्छ । यद्यपि गुनासो सुन्ने निकाय पोखरा महानगरपालिका मौन छ । सो सडक विस्तार गर्दा दर्जनौ घरहरु जोखिममा रहेका छन् भने ठाउँमा ठाउँमा ठूला ठूला पहिरो खसेका कारण सडक नै जोखिमा परेको छ । खेतीयोग्य जमिनको समेत क्षयीकरण भएको छ ।
मन्त्री थापा पार्टीको आसन्न १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको आकाँक्षी छन् । यद्यपि मन्त्री थापाले शोक सन्तप्त भट्टराई परिवारमा समवेदना प्रकट गरी तुरुन्तै फर्किए । तर उनले त्यहाँका काँग्रेस नेता तथा कार्यकर्ता एवं क्षेत्रीय प्रतिनिधि कसैलाई भेटेनन् ।
स्थानीयले पटकपटक वडाध्यक्ष जीवनप्रसाद आचार्यसँग पहिरो नियन्त्रण गर्न र सडक विस्तार गर्दाको कटान रोक्ने रिटेनिङ्ग पर्खाल लगाउन बारम्बार आग्रह गर्दै आए पनि कुनै सुनुवाई नभएको स्थानीय पीडित लक्ष्मीदेवी भट्टराईले बताइन् । ‘पानी पर्दा घर नै खस्छ कि भन्ने डरले विगत ३/४ महिनादेखि हाम्रो परिवारले त्रासदीपूर्ण जीवन बाँचेको छं,’ उनले भनिन्–‘तर हाम्रो पीडा कसैले सुनेनन् ।’ लक्ष्मी जस्ता धेरै पीडितहरुका समस्या उस्तै छन् । कतिका कोदो र मकै उब्जाउ जमिनको समेत ठूलो क्षति भएको छ ।
यसरी विकासका नाउँ विनास भएकोप्रति स्थानीय जनता आक्रोशित भएका छन् । सडक विस्तार गर्दा रिटेनिङ्ग पर्खाल लगाउन आवश्यक देखिएको ठाउँमा नलगाइएको र अनावश्यक ठाउँमा पनि आफ्ना कार्यकताको जग्गामा मात्र त्यस्तो पर्खाल लगाइएको पीडितहरुको गुनासो छ । कति ठाउँमा अझै पनि बाटोको मापदण्ड पुगेको छैन । लगत स्टिमेट बोजिम निर्माण कार्य भएको छैन । यद्यपि अनुगमनकर्ताले त्यसतर्फ ध्यान नदिएको स्थानीयले बताएका छन् ।
हेर्नुस् ध्वस्त सडकका केही प्रतिनिधिमूलक तस्वीरहरुः
अन्ततः गण्डकी प्रदेश सरकारको मात्र नभई मन्त्रीद्वय थापा र खड्काबाट अर्मला उपेक्षित बन्न पुग्यो । मन्त्री थापाले आफ्नै चुनाव क्षेत्र र मन्त्री खड्काले आफ्नै वडाको उपेक्षा गर्दा त्यस क्षेत्रको विकास हुन नसकेको भन्दै स्थानीय आक्रोशित छन् । उनीहरूले मन्त्रीद्वय थापा र खड्काले अर्मलामाथि विभेद गरेको आरोप समेत लगाएका छन् । आफ्नै वडाका जनताको गुनासो सुन्न मन्त्री खड्का अहिलेसम्म अर्मलामा गएका छैनन् ।



१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने