
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१२कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
तारानाथ आचार्य
बलेवा, ३० असोज । स्थानीय तहको निर्वाचन नहुँदा २०५४ सालयता गाउँ विकास समिति र नगरपालिकामा आएको बजेट खर्चमा विधि थियो र बैठक पनि हुने गरे पनि बजेटको विषयमा भने बेखवर बनेरै बिते २० वर्ष ।
काम भए, कागज बने तर सर्वसाधारणले उपयोग गर्न नपाएको गुनासो अहिलेसम्म कायमै छ । सर्वदलीय बैठक, खाजा, भत्ता, यातायात खर्च र विविध खर्चमा सकिन्थो आधाआधी बजेट । जनप्रतिनिधि नभएकाले सर्वदलीय भेलाबाट मात्रै गाउँ विकास समितिको बजेटको टुङ्गो लाग्थ्यो । बजेटको उपयोग कसरी भयो भनेर खोज्ने निकाय पनि थिएन ।
व्यवस्था परिवर्तन र नयाँ संरचनाले बागलुङका स्थानीय तहमा केही परिवर्तन देखिएका छन् । राज्यको पुनःसंरचना अघि जिल्लामा ५९ गाउँ विकास समिति थिए । एउटा मात्रै नगरपालिका, त्यो पनि अधिकारविहीन थियो । राज्यको पुनः संरचनापछि पुरानो बागलुङ नगरपालिकामा केही गाउँविकास समिति गाभेर फराकिलो बनाइयो र अन्य तीनवटा नगरपालिका पनि थपिए ।
हिजोका ३० वटा गाउँ विकास समिति अहिले नगरपालिकाका वडा बनेका छन् । गाउँ विकास समितिको कार्यालयबाट सम्पादन हुँदै आएकाभन्दा धेरै काम अहिले वडाबाटै हुन्छन् । “गाविस हुँदा सशर्तबाहेकको अनुदान रु २५ लाखको हाराहारीमा हुँदो हो”, लामो समय गाउँ विकास समितिको सचिव भएर काम गरेका नासु दुर्गाप्रसाद शर्मा भन्नुहुन्छ, “अहिले वडामा जाने बजेट त्योभन्दा चार गुना बढी छ ।” अहिलेको संरचनामा सर्वसाधारणको पहुँचमा विकास र बजेट दुवै पुगेको उहाँको बुझाइ छ । वडामा पुगेको बजेट केही न केही सर्वसाधारणको पहुँचमा पुगेकै छ ।
आफ्नो घर छेउमा भएका काम र विनियोजित बजेटका विषयमा जानकारी पाएका सर्वसाधारण अहिले खबरदारी गर्छन् । “योजना बन्छन्, अनुगमननै नभई फरफारक हुन्छ, यो के तरिका हो”, आफ्नो नजिकको योजनाका विषयमा चासो राख्दै जैमिनी नगरपालिका–२ दमेकका झपेन्द्र क्षेत्री भन्नुहुन्छ, “अनुगमन गर्ने निकाय छ नि, किन पुग्दैन योजनामा ।”
जिल्लामा रहेका चार नगरपालिकामा भएका काम र त्यसको परिणाम मात्रै हेर्ने हो भने सङ्घीयता कार्यान्वयन र स्थानीय तहमा जनप्रतिनिधि आएपछि भएको परिवर्तनका केही सङ्केत देखिए पनि बेथिती मौलाएको कुरामा भने नजरअन्दाज गर्न सकिँदैन । जैमिनी, गलकोट र ढोरपाटन नगरपालिकालाई न्युनकतम स्रोत साधन बिना जवरजस्त गाउँ विकास समितिबाट नगरपालिकामा परिणत गरिएको थियो ।
विसं २०५४ मा गठन भएको बागलुङ नगरपालिकामा नौवटा गाउँविकास समिति गाभेर फराकिलो बनाइएको थियो । “हामीले शून्यबाट काम थालेका हौँ, चार वर्षको अवधिमा धेरै परिवर्तन भए भन्ने लाग्छ”, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल भन्नुहुन्छ, “भाँचिएको प्लाष्टिक कुर्सीमै बसेर सुरु गरिएको कार्यालय अहिले आफ्नै भवन निर्माणको तयारीमा छ ।’’ नगरपालिकाले आफ्नै भवन निर्माणका लागि जग्गा लिइसकेको छ ।
साविकको छिस्ती गाउँ विकास समिति अहिले ८ नं वडा कार्यालय बनेको छ । यो नगरको सबैभन्दा ठूलो वडा हो । तीन वर्ष पहिलेसम्म सडक सञ्जालमा नजोडिएको वडामा अहिले आधारभूत कच्ची सडक टोलटोलमा पुगेका छन् । “हामीले पहिले थालेको काम नै सडक सञ्जाल नजोडिएका वडामा सडक पु¥याउने थियो’’ उहाँ भन्नुहुन्छ ‘‘वडा नं ८ र वडा नं ३ को पर्यटकीय क्षेत्र गाजाको धुरीमा सडक पु¥याउनु मुख्य उपलब्धि हो ।”
तत्कालीन जिविसले मात्रै अन्तरगाविसमा सडकको काम गथ्र्यो । नगरपालिका नबनेको भए अहिले पनि ती वडामा सडक सञ्जाल नपुग्ने जिकिर गर्नुहुन्छ नगर प्रमुख पौडेल । जिविसमै केन्द्रित आर्थिक सुशासन अहिले जिल्लाका दश ठाउँमा फैलिएको उहाँको बुझाइ छ । जैमिनीले घरबारविहीन १७ परिवारलाई घर दिलाएको छ । सुकुम्वासी समस्या समाधानका लागि रु तीन लाख अनुदान दिइएको उपप्रमुख लीला राना बताउनुहुन्छ ।
खानेपानीको चरम समस्याका साथै कालोपत्रे सडकसम्म थिएन। अहिले खानेपानीका तीन ठूला योजना सञ्चालनमा छन् भने केन्द्र र प्रदेश सरकारसँग मिलेर झण्डै दुई किलोमिटर सडक कालोपत्रे गरिएको छ । गलकोटमा पनि धेरै प्रगतिका फेहरिस्त छन् । जिल्लाकै पुरानो मुकाम गलकोटमा सडक र भवनको मापदण्ड लागु गरिएको छ । “अव्यवस्थित बस्तीले समस्या हुनाका साथै सडक मापदण्डको अलमल थियो”, नगर प्रमुख भरत शर्मा गैरे भन्नुहुन्छ, “विधि बनाएर काम थालेका छौँ । बजारीकरण भएको गलकोटमा मापदण्डमा कडाइ सुरु भएको छ । ”
चक्रपथ निर्माण थालनी, एक घर एक खानेपानीको धारा, बालमैत्री नगर घोषणाको तयारी, यहाँको प्रगतिका सूचक हुन् । पर्यटन क्षेत्रको प्रचार र विकासमा गलकोटले बाजी मारेको छ । स्वास्थ्यको पहुँच विस्तारमा पनि नगरले ठूलै लगानी गरेको छ । छवटा गाउँघर क्लिनिक सञ्चालन गरेर टोलटोलमा आधारभूत स्वास्थ्य सेवाको विस्तार गरिएको गैरे बताउनुहुन्छ ।
बागलुङको कर्णालीजस्तो ढोरपाटनले प्रशासनिक काम नगरभित्रै पाएको छ । छुट्टै जिल्ला मागेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाबाट पनि अहिले सेवा प्रवाह भइरहेको छ । प्रशासनको सेवा केन्द्र, विकासे काममा स्थानीय तह र सडक सञ्जालले दुर्गमलाई सुगम बनाएको छ । नगर बनेपछि ढोरपाटनले सडकलाई विशेष प्राथमिकतामा राख्यो । दलित बस्ती धेरै भएकाले आर्थिक अवस्था सुधारमा धेरै लगानी गर्नुपरेको नगरप्रमुख देवकुमार नेपाली बताउनुहुन्छ ।
अव्यवस्थित बसोबास र बजारीकरण भइरहेको बुर्तिबाङमा मापदण्ड लागू गर्न भने चुनौती छ । स्थानीय तह गठन पछि न्यायमा सामान्य नागरिकको समेत पहुँच पुगेको गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचाको मत छ । सानो बजारमात्रैले चिनिने गलकोट, बुर्तिवाङ र कुश्मीसेरा अब प्रशासनिक एकाइका रुपमा चिनिन थालेका छन् । यहाँ आर्थिक कारोबार बढेको छ । वित्तीय संस्थाको पहुँच र होटल रेष्टुराँले राम्रो व्यवसाय गर्न थालेका छन् ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा