
१नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
३सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
४‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
५कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
६हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
टीकापुर । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु. २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको हो । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने योजना बनाउनुभयो । ‘‘दुई भैँसी पालेर घाँस खेती समेत गरेकी छु’’, नेहा भन्नुहुन्छ, ‘‘ दुई भैँसीको साँझ बिहानको दैनिक १२ लिटर दूध बिक्री हुन्छ । मेरो घर राम्रै चलेको छ ।’’
उहाँ मेहनत र परिश्रम गरे सफलता र सन्तुष्ति प्राप्त हुने बताउनुहुन्छ । ‘‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालन राम्रो लाग्यो’’, नेहाले भन्नुभयो, ‘‘भैँसीले दूध दिन छोडेमा टीकापुरमै रहेको हाटबजारमा लगेर बेच्छु, अनि दुहुनो भैँसी किन्छु, म सन्तुष्ट छु ।’’
भैँसीपालन टीकापुर लगायतका क्षेत्रका गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको छ । घरमा बसेर व्यावसायिकरुपमा भैंँसीपालन गर्न थालेपछि यस क्षेत्रका महिलाले मनग्य आम्दानी गरिरहेका छन् । टीकापुर नगरपालिका वडा नं. ३ की तारा सुनारले पनि मासिक रु. १२ हजारसम्म आम्दानी लिइरहनु भएको छ । ‘‘ दूध बेचेको आम्दानीले घर राम्रै चलेको छ’’, सुनार भन्नुहुन्छ, ‘‘म पनि ब्यस्त हुन्छु, काम पाइन भन्ने तनाव पनि छैन ।’’
बजारमा दुधको माग बढिरहेको छ । बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण महिलाहरु यसतर्फ आकर्षित भएका हुन् । महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन् । वडा नं. ३ कै चन्द्रा ओडको पनि मासिक आम्दानी रु. १२ देखि १५ हजारसम्म हुन्छ । ‘‘आम्दानीको केही अंश घरखर्चमा मासिन्छ’’, ओडले भन्नुभयो, ‘‘ समूह र सहकारीमा मासिक बचत गरिरहेकी छु ।’’
स्थानीय दुग्ध उत्पादक सहकारी संस्था, कृषि विकास बैँक तथा अन्य लघुवित्त बैँकवाट भैँसी खरिदको लागि स्थानीय किसानलाई ऋण उपलब्ध भएपछि गृहिणी महिलालाई भँैसीपालन गर्न सहज भएको हो । देउराली भञ्च्याङ कृषि सहकारीका प्रवन्धक आशा चौधरी सहकारीले अहिलेसम्म १६ महिलालाई अनुदान सहितको ऋण भैँसीपालनका लागि दिएको बताउनुभयो ।
‘‘रु. ४२ हजार ब्याजमा ऋण दिन्छौँ । त्यो एक वर्षमा फिर्ता गर्नुपर्छ’’, प्रवन्धक चौधरीले भन्नुभयो, ‘‘भैँसी किनिसकेपछि गोठ निर्माणका लागि १८ हजार अनुदान दिन्छौँ । समुदायमा विपन्न नागरिकलाई समूहमार्फत् पनि लगानी छौँ ।’’ पहिले आम्दानी नभएर फुर्सदिला रहेका महिला भैँसीपालन गरेर मासिक रु. १० देखि १५ हजारसम्म आम्दानी गरिरहेका चौधरीले बताउनुभयो ।
टीकापुर नगरपालिकाले पनि यसरी व्यावसायिक रुपमा भैँसी तथा बङ्गुरपालन गर्न चाहनेलाई यसवर्ष पाडापाडी र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम राखेको छ । किसानका मागअनुसार यसवर्ष ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा र बंङ्गुरका पाठा खरिद गरेर दिने पशु शाखा प्रमुख श्यामराज पाण्डेले जानकारी दिनुभयो ।रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !