
१रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
४रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
५रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
११घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
५भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
६गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
७साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
८पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
९२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१२पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
काठमाडौँ, ४ भदौ । प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका सम्बन्धमा कारवाही अघि बढाउन र सोको जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले पूँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै स्वच्छता, पारदर्शी, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेही प्रवद्र्धन गर्न आवश्यक रहेको सुझाव दिएको छ ।
समितिले पूँजी बजार क्षेत्रको सुधारका लागि नीतिगत, कानूनी, संरचनात्मक, व्यवस्थापकीय, प्रविधिगत र कार्यशैलीगत पक्षमा गर्नुपर्ने सुुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन पनि मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
यसअघि बैठकमा अर्थमन्त्री शर्माले धितोपत्र बोड र नेप्सेले गर्ने कामकारवाही नियमन गरी व्यवस्थित तुल्याउने तालुकदार मन्त्रालय भएका नाताले विषय उठ्नेवित्तिकै ध्यानाकषर्ण भई छानविनका लागि समिति गठन गरिएको जानकारी दिनुुभयो ।
उहाँले भन्नुभयो, “कानूनमा रहेका छिद्रलाई मेटाउने तयारी भएको छ, जनताको सम्पत्ति डुब्ने हो कि भन्ने चिन्ता छ, सर्वात्तम सिमेन्टको शेयर कारोबारका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”
छानविन समस्या समाधान र जनताको सम्पत्तिको रक्षाका लागि भएको बताउँदै अर्थमन्त्री शर्माले भन्नुभयो, “समस्यालाई टार्न समिति बनाएको हैन, घटनालाई गम्भीरतापूर्वक लिइएकाले टुङ्गोमा पुु¥याइनेछ, प्रतिवेदनका आधारमा दोषीलाई कारवाही हुुन्छ ।”
कोरोना सङ्क्रमणपछिको उत्पन्न परिस्थितिका कारण वैकल्पिक लगानीका क्षेत्र बन्द भएपछि शेयरमा जनताको आकर्षण बढेको बताउँदै अर्थमन्त्री शर्माले विद्युत् नियमन आयोगको सूचना बुझेर मात्र सत्यतथ्य बुुझेर मात्र लगानी गर्न सर्वसाधारणलाई आह्वान गर्नुुभयो ।
यसअघि बैठकमा सभापति कृष्णप्रसाद दाहालले थोरै पूँजी लिएर प्रवेश गरेका सिधासोझा लगानीकर्ता ठगिने अवस्था अन्त्य गरी पूँजी बजारलाई स्वच्छ, स्वस्थ्य, पारदर्शी र प्राकृतिकरुपमा सञ्चालन गराउन सरकार चनाखो हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुुभयो ।
समितिमा सदस्यले धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीको शेयर कारोबारसँग जोडिएको प्रकरण नैतिकता र जिम्मेवारीसँग जोडिएकाले त्यसमा संलग्न हुनु गलत कार्य भएको धारणा राख्नुभयो ।
पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सम्पत्ति भनेको घर, जग्गा र सुन हो भन्ने हाम्रो मान्यताले पूँजी बजारमा सर्वसाधारण जनताको विश्वास अझै बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “शेयर बजारको विकास स्वभाविक छ वा छैन अनुसन्धान गरिनुपर्छ, कोरोनापछि कतै लगानी गर्ने ठाउँ नभएपछि सबै शेयरमा संलग्न भएको देखिन्छ, यो क्षेत्रलाई पारदर्शी तुल्याउन आवश्यक छ ।” सांसद रामकुमारी झाँक्रीले दुवै निकायका शेयरमा संलग्न पदाधिकारीलाई निलम्बन गरी छानविन गर्न उपयुक्त हुने सुझाव दिनुभयो । रारास
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
५भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित