
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुको गिरफ्तारीविरुद्ध देशव्यापी रुपमा आयोजना गरेको संघर्षका कार्यक्रम अन्तर्गत भोलि हुने नेपाल बन्दलाई सफल पार्न गण्डक क्षेत्रका सम्पूर्ण जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरिएको छ । नेपाल बन्दलाई सफल पार्नका लागि सहयोग गर्न गण्डक ब्यूरो इन्चार्ज शिवाले एक प्रेस विज्ञप्ति जारी गर्दै सबैलाई आग्रह गर्नुभएको छ ।
नेकपाका केन्द्रीय समिति सचिवालयका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’, व्यूरो सदस्य विवेक र विशाललाई प्रहरीले गत पुस २९ गते पक्राउ गरे लगत्तै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक प्रेस वक्तव्य जारी गर्दै माघ ३ गतेदेखि १० गतेसम्म विभिन्न चरणमा संघर्षका कार्यक्रमहरु घोषणा गर्नुभएको थियो ।
नेपाल बन्दको पूर्वसन्ध्यामा गण्डक क्षेत्रका विभिन्न जिल्लाहरुमा मसाल जुलुुस प्रदर्शन गरिएको छ । सो प्रदर्शनमा जिल्ला इन्चार्ज, सेक्रेटरी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
राज्यको फासिस्ट दमनले न्यायपूर्ण संघर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाई पकड्दै गएर एकदिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट पार्न चाहन्छौं भन्दै विज्ञप्ति मार्फत् महासचिव विप्लवले केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने चेतावनी पनि दिनुभएको छ ।
‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध संघर्ष गरिरहेको पार्टीका नेता तथा कार्यकर्ताहरुलाई खोजी खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौं धरौंटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो’ नेकपाका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘यो निरंकुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरुलाई हामी विेशष अपिल गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ–‘ हाम्रो पार्टीपंक्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ संघर्षमा अगाडि बढ्न निर्देशन गर्दछौं ।’
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा