
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
९बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुको गिरफ्तारीविरुद्ध देशव्यापी रुपमा आयोजना गरेको संघर्षका कार्यक्रम अन्तर्गत भोलि हुने नेपाल बन्दलाई सफल पार्न गण्डक क्षेत्रका सम्पूर्ण जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरिएको छ । नेपाल बन्दलाई सफल पार्नका लागि सहयोग गर्न गण्डक ब्यूरो इन्चार्ज शिवाले एक प्रेस विज्ञप्ति जारी गर्दै सबैलाई आग्रह गर्नुभएको छ ।
नेकपाका केन्द्रीय समिति सचिवालयका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’, व्यूरो सदस्य विवेक र विशाललाई प्रहरीले गत पुस २९ गते पक्राउ गरे लगत्तै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक प्रेस वक्तव्य जारी गर्दै माघ ३ गतेदेखि १० गतेसम्म विभिन्न चरणमा संघर्षका कार्यक्रमहरु घोषणा गर्नुभएको थियो ।
नेपाल बन्दको पूर्वसन्ध्यामा गण्डक क्षेत्रका विभिन्न जिल्लाहरुमा मसाल जुलुुस प्रदर्शन गरिएको छ । सो प्रदर्शनमा जिल्ला इन्चार्ज, सेक्रेटरी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
राज्यको फासिस्ट दमनले न्यायपूर्ण संघर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाई पकड्दै गएर एकदिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट पार्न चाहन्छौं भन्दै विज्ञप्ति मार्फत् महासचिव विप्लवले केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने चेतावनी पनि दिनुभएको छ ।
‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध संघर्ष गरिरहेको पार्टीका नेता तथा कार्यकर्ताहरुलाई खोजी खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौं धरौंटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो’ नेकपाका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘यो निरंकुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरुलाई हामी विेशष अपिल गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ–‘ हाम्रो पार्टीपंक्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ संघर्षमा अगाडि बढ्न निर्देशन गर्दछौं ।’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’