
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
९विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
पोखरा । सुदुर पश्चिम र अछामलाई पोखरासँग चिरपरिचित गराउन अछामेली युवाहरु संगठित रुपमा जुटेका छन । सुदुर पश्चिम र अछामको प्राकृतिक सुन्दरता, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई पोखरेलीहरु माझ चिनाउने उद्देश्यले युवाहरुको भेलाले पहिलोपटक अछाम–पोखरा सम्पर्क समिति गठन गरिएको हो ।
अछामवासीहरुले पोखरामा पहिलोपटक एक भेलाको आयोजना गर्दै अछाम–पोखरा सम्पर्क समितिको गठन गरेका हुन् । पत्रकार राजन साउदको अध्यक्षतामा अछाम पोखरा सम्पर्क समिति गठन गरिएको छ । माघे संक्रान्तिको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै सो समिति गठन गरिएको हो ।

सो समितिमा उपाध्यक्षमा रोशन बोहरा, सचिवमा रमेश लुहार, सहसचिवमा जीवन लुहार र कोषाध्यक्षमा पुष्प कडारा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा विनोद पण्डित, रमा साउद, नरेश लुहार, विकास लुहार, भावना कडारा र एसुदा लुहार रहनु भएको छ ।
पोखरामा विभिन्न सिलसिलामा बस्दै आउनुभएका अछामवासीहरु बिच सद्भाव र एकता कायम गर्न र दुःखसुख साटासाट गर्न साझा मञ्चको रुपमा अछाम पोखरा सम्पर्क समिति गठन गरिएको अध्यक्ष साउदले जानकारी दिनुभयो ।
मञ्चले अछामबाट पोखरामा उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीहरु, कामको सिलसिलामा आउने मजदुर वा कर्मचारी लगायत पर्यटकीय शहर पोखरा घुम्न आउनेहरुलाई आवश्यक सल्लाह, सुझाव, सहयोगका साथै स्वागत गर्ने समितिको उद्देश्य रहेको अध्यक्ष साउदले प्रष्ट पार्नुभयो ।
अछाम जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पोखरामा उचित प्रचारप्रसार गर्ने, त्यहाँको स्थानीय कला संस्कृति, भाषा र धर्मलाई प्रचारप्रसाद गर्ने काम विभिन्न कार्यक्रमहरुको आयोजना गरेर समितिले गर्ने लक्ष्य राखेको छ ।
सिंगो सुदुर पश्चिमलाई नै पर्यटकहरुको नयाँ गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्य रहेको र त्यसलाई जोड्न पुलको काम अछाम पोखरा सम्पर्क समितिले गर्ने विश्वास नवगठित कार्यसमितिले लिएको छ ।
‘अछाम र अछामीलाई पोखरेली माझ चिनाउने हाम्रो प्रमुख अभियान हुनेछ,’ अध्यक्ष साउदले भन्नुभयो–‘यसले स्वर्ग जस्तै सुन्दर सुदुर पश्चिम र पोखरालाई नजिक बनाउने छ ।’ राजन साउदको अध्यक्षतामा भएको कार्यक्रममा पुष्प कडारा लगायत सहभागी सम्पूर्णले आ–आफ्नो विचार व्यक्त गर्दै सुदुर पश्चिम र अछामलाई चिनाउने कार्यका लागि यो समिति कोसेढुङ्गा हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की