
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनक श्रेष्ठ
लमजुङ । गम्भीर बिरामीको उपचार गर्न बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियु) उपयोग विहीन बनेको छ ।
गत मङ्सिरमा स्थापना गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष दक्ष जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो । गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु कक्षलाई सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । आइसियु कक्ष स्थापना गरिएको दुई महिना भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पतालका हेमन्त श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनशक्तिको अभावले सघन उपचार कक्ष सञ्चालनमा आउन नसक्दा कोभिडका बिरामी मर्कामा परेका छन् ।” प्रदेश सरकारको रु एक करोड ६९ लाख आर्थिक सहयोगमा आवश्यक मेशिन खरिद गरे पनि भेन्टिलेटरसहितको सघन उपचार कक्ष दक्ष जनशक्ति तथा आवश्यक चिकित्सकको अभावमा सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । प्रमुख श्रेष्ठले भन्नुभयो, “दुई वटा भेन्टिलेटर बल्बल्ल जोड्यौँ तर सघन उपचार कक्ष जोड्ने र सञ्चालन गर्ने दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न ढिलाइ भइरहेको छ ।”
हामीले प्रदेश सरकारलाई समेत जानकारी गराउँदै आवश्यक जनशक्ति माग गरिए पनि प्रदेशबाट केही सुनुवाइ हुन नसक्दा सघन उपचार कक्ष सञ्चालन अन्योलमा रहेको उहाँको भनाइ छ । अस्पताल प्रमुख श्रेष्ठका अनुसार भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनका लागि फिजिसियन चिकित्सक, एनेस्थोसियोलोजिस्ट, तालिम प्राप्त आठ÷नौ जना नर्सको आवश्यकता पर्छ । ती जनशक्ति अस्पतालमा छैनन् ।
सघन उपचार कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भएपनि जिल्ला अस्पतालमा नहुँदा सघन उपचार कक्ष सञ्चालनमा समस्या छ । अस्पतालमा कार्यरत डा र नर्सले सघन उपचार कक्ष सञ्चालनका लागि तालीमको आवश्यकता पर्ने र त्यो तालीम कसैले पनि लिएको छैन । त्यति मात्र नभई अस्पतालमा रहेका चिकित्सक तथा नर्ससमेत सघन उपचार कक्षका लागि खटाउनुपरेमा अन्य बिरामीका लागि डाक्टरको कमी हुने अस्पताल प्रमुख श्रेष्ठले भन्नुभयो । सघन उपचार कक्ष सञ्चालनमा नआउँदा जटिल खालका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । जिल्लाका कोभिड सङ्क्रमित बिरामी सघन उपचार कक्षको अभावमा बाहिर गएर उपचार गर्न बाध्य भइरहेका छन् । बाहिर गएर उपचार गर्नुपर्दा आर्थिकरुपमा समेत निकै भार ब्योहोरेको उनीहरुको भनाइ छ ।
यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अस्पतालमा जतिसक्दो चाँडो सघन उपचार कक्ष सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताउनुभयो । सघन उपचार कक्षका लागि आवश्यक पर्ने जनशक्तिदेखि स्वास्थ्य क्षेत्रकै विषयमा गम्भीर रहेकाले केही समयमै आइसियु कक्ष सञ्चालनमा आउने उहाँको विश्वास छ ।
नेपाल सरकारको स्वामित्वमा विसं २०५८ मा १५ श्ययाबाट शुरु भएको यस जिल्ला अस्पताल हाल ६० शय्याको छ । त्यस्तै सङ्घीय सरकार आएपछि गत वर्षदेखि प्रदेश सरकारको मातहतमा रहेको यस अस्पतालको आकस्मिक भवनमा १५ शय्याको आइसोलेशन निर्माण गरिएको छ । हालसम्म यस आइसोलेशनमा ४५० जना कोरोना सङ्क्रमित बिरामीले उपचार गरिसकेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जना वृद्धको भने यहाँ मृत्यु भएको थियो । हाल यहाँको आइसोलेशनमा दुई जना कोरोना सङ्क्रमित पुरुषले उपचार गराइरहेको प्रमुख श्रेष्ठको भनाइ छ ।
जिल्लामा हालसम्म ८५० जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म एक महिला र छ पुरुष गरी सात जनाको मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । यतिबेला चिसोका बिरामी बढेको अस्पतालले जनाएको छ । निमोनिय, रुघाखोकी, पेटसम्बन्धी, लडेर आउने बिरामी दैनिक १०० देखि १५० सम्म आउने गरेका छन् । यस आर्थिक वर्षको चौमासिकसम्म १० हजार बिरामीले अस्पतालबाट सेवा लिइसकेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
गत वर्ष ५५ हजारलाई सेवा प्रवाह गरेको अस्पतालले जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट बिरामीले यस अस्पतालमा सेवा लिन आउने गरेका छन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने