
१कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
३कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
४आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
५पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
६एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
७बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
८श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
११पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१२समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
पूर्णप्रसाद मिश्र
काठमाडौँ । सूर्यविनायक नगरपालिका–९ कटुञ्जे निवासी परशुराम ढुङ्गेलको दैनिकी बिहानको नित्य कर्म सकेपछि पशुपति दर्शनबाट शुरु हुन्थ्यो । पशुपति दर्शनपछि करीब दुई घण्टा मूल मन्दिर परिसरमा भजन गरेर आनन्द लिने उहाँको दैनिकी टुटेको पनि नौ महिना पूरा भएको छ ।
“पशुपतिमा नित्य दर्शनपछि भजन एवं नृत्य गर्न छोडेका कारण शरीरका विभिन्न भागमा दुख्न थालेको छ, पशुपतिको दर्शन र भजन गर्न नपाउँदा म अस्वस्थ भएको छु, विसं २०६० देखि नियमित पशुपतिमा दर्शन र भजन जीवनको अङ्ग बनेको थियो”–उहाँले भन्नुभयो ।
बिहान करीब तीन घण्टा पशुपतिमा दर्शन एवं भजनमा समय बिताएपछि ढुङ्गेल मैतीदेवीमा रहेको मेटल शपमा जानुहुन्थ्यो । सोह्र वर्षदेखि यस्तो जीवनचर्यामा रमाउनुभएका उहाँ कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ११ गते पशुपतिनाथको मूल मन्दिर बन्द गरिएपछि भित्र छिर्न नपाउँदा बिरामीझैँ अनुभव गरिरहेको गुनासो गर्नुहुन्छ ।
पशुपतिनाथलाई महावैद्यका रुपमा मान्नुहुने लेखक एवं साहित्यकार हरिप्रसाद सोडारी मन्दिर क्षेत्रमा १५ मिनेट बस्दा ऊर्जा प्राप्त हुने अनुभव सुनाउनुहुन्छ । कोरोना कहरका बेला महाज्योतिर्लिङ्गका रुपमा विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने पशुपतिनाथको दर्शन गराएरै उपचार गर्न सकिने अवसर मन्दिर बन्द हुँदा गुमाउनुपरेको उहाँको भनाइ छ ।
आस्था र विश्वाससमेत कुनै रोग उपचारको एउटा प्रक्रिया भएकाले ऊर्जाको केन्द्रका रुपमा पशुपतिनाथ बन्द नगरी व्यवस्थापन गरेको भए राम्रो हुने सोडारीको सुझाव छ । “लेखनका क्रममा केही फुरेन भने कुदेर पशुपतिनाथको दर्शनमा जान्थेँ, पशुपति क्षेत्रका कुनै स्थानमा १५–२० मिनेटसम्म ध्यान गरेपछि प्राप्त हुने ऊर्जाले लेखनमा सहयोग गरेको मेरो अनुभव छ”–उहाँले भन्नुभयो ।
राष्ट्रदेवका रुपमा पूजिने पशुपतिनाथ मन्दिरमा नौ महिनादेखि दर्शन गर्न नपाउँदा नित्य दर्शनार्थी छटपटिन थालेपछि बुधबारदेखि मन्दिर खुलाउने तयारी भएको छ । यो तयारीसँगै ढुङ्गेल र सोडारीजस्ता नित्य दर्शनार्थीमा आशाको सञ्चार भएको छ ।
ऊर्जाको केन्द्र पशुपति क्षेत्र
पशुपति क्षेत्रमा कम्तीमा चार जना सिद्ध पुरुषले छोडदैनन् भन्ने भनाई योगी नरहरिनाथ र डा.स्वामी प्रपन्नाचार्यजस्ता साधकले व्यक्त गर्नुभएको छ । पशुपति क्षेत्रका हरेक रुखलाई पूर्व जन्मका ऋषिका रुपमा मानिने भएकाले काट्नुहुँदैन भन्ने मान्यता छ । वाग्मती, गुह्येश्वरी एवं ६४ लिङ्गमध्येका सात शिवलिङ्ग पनि पशुपति क्षेत्रमै पर्ने भएकाले सिद्धस्थलका रुपमा विश्वव्यापी चिनारी बनाउन पशुपति सफल भएको अनुसन्धाता सोडारी बताउनुहुन्छ ।
पशुपति क्षेत्रलाई तन्त्र विद्या अनुसार राम्रोसँग बाँधिएकाले मानसिक तनाव भएकाले शान्ति पाउने विश्वास गरिन्छ । पूर्व जन्मको पाप भएकाले पशुपति क्षेत्रको दर्शन गरेमा पाप नाशिएर पुण्य कमाउने वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । कैलाश, मृगस्थली र ध्रुवस्थली गरी तीन पर्वत रहेकाले पर्वतको ऊर्जासमेत पशुपति क्षेत्रमा छ । यसैले पनि पशुपति क्षेत्रलाई ऊर्जाको केन्द्र मानिन्छ ।
नियमित दर्शनार्थी नौ महिनादेखि मन्दिर छिर्न नपाउँदा माइत जान नपाएकी महिलाको अनुभव गरेको लेखक सोडारीजस्ता धेरै दर्शनार्थी बताउनुहुन्छ । तीन महिना बन्दाबन्दी भएपछि गत असारमा अन्य क्षेत्र खुले पनि पशुपतिनाथ लगायत मन्दिर एवं धार्मिक स्थल खुलेनन् । साउन शिवजीको महिना भएकाले खुल्ने धेरै भक्तजनको आशा थियो । पशुपति क्षेत्र विकास कोषले मन्दिर खुलाउने तयारी पनि गरेको थियो ।
तर कोरोना सङ्क्रमण फैलने डर कायमै रहेकाले मन्दिर खुलाइएन । भदौपछि पुनः बन्दाबन्दी भएर भक्तजनले मन्दिर प्रवेशका लागि चार महिना कुर्न बाध्य हुनुप¥यो । दशैँअघि अरु क्षेत्र पुन: खुला गरिएपछि लाखौँ भक्तजन मन्दिर विश्वमै महत्वपूर्ण शक्तिपीठका रुपमा शास्त्रमा वर्णन गरिएको गुह्येश्वरीसमेत रहेको पशुपति क्षेत्र खुल्ने आशामा थिए । तर स्वास्थ्य चुनौती कायमै रहेकाले मन्दिर खुलेन ।
पूर्वसांसद विदुर पौडेल बिहान संसदीय समितिको बैठक बस्दा पनि पशुपति र गुह्येश्वरीको दर्शन गरेरमात्र संसद् छिर्ने गरेको बताउनुहुन्छ । विसं २०४८ देखि राष्ट्रियसभाको सदस्य रहनुभएका पौडेल २०५० मा प्रत्यायोजित व्यवस्थापन तथा अनुगमन समितिको सभापति निर्वाचित हुनुभयो ।
“समिति सभापति हुँदा बिहान सात बजे नै बैठक चलाउनुपथ्र्यो, म पशुपति र गुह्येश्वरीको दर्शन गरेरमात्र संसद्मा जान्थेँ, भगवान् हामीभित्र नै भएपनि त्यहाँसम्म हाम्रो सम्पर्क टुटेकाले मन्दिरमा जानुपरेको हो, नौ महिनादेखि मन्दिर प्रवेश गर्न नपाएपनि बाहिर बाहिरै दर्शन गरेर फर्कने गरेको छु”–उहाँले भन्नुभयो ।
पूर्वसांसद पौडेल सांसद हुँदा जिल्ला भ्रमण गएका बेला र विसं २०६३ पछि नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति भएर दाङमा बसेका बेला बाहेक राजधानी बसेका बेला नियमित रुपमा पशुपति दर्शन गरेको बताउनुहुन्छ । पशुपति दर्शन विधि अनुसार नियमित पशुपतिनाथ मन्दिर दर्शन गर्ने पौडेलजस्ता सयौँ नित्य दर्शनार्थीलाई नौ महिनाको समयमा निकै खल्लो महसुस भएको छ ।
कोषलाई रु ७० करोड घाटा
नौ महिनादेखि पशुपतिनाथ मन्दिर बन्द गरिँदा पशुपति क्षेत्र विकास कोषलाई करोडौं आय घाटा लागेको छ । कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापा विकास निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट बजेट आउने गरे पनि कोषका कर्मचारीलाई तलब खुवाउन पर्यटकलाई दिने टिकट र भेटीघाटीबाट उठेको स्रोतबाट नै पु¥याउनुपर्ने बाध्यता भएकाले कठिन दिन आएको सुनाउनुहुन्छ ।
पशुपति क्षेत्रमा रहेका फूल प्रसाद बेच्ने पसल नौ महिनादेखि बन्द छ । पसल बन्द हुँदा व्यापारीले कोषलाई भाडा तिरेका छैनन् । पशुपति क्षेत्रमा रहेका पर्यटकीय काउन्टर समेत बन्द छन् । नौ महिनाको अवधिमा कोषलाई करिब रु ७० करोड घाटा लागेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउनुहुन्छ ।
पशुपति क्षेत्रमा घाट सेवा भने नियमित रुपमा सञ्चालनमा छ । कोरोनाबाट निधन भएकाको शवदाह गर्न विद्युतीय शवदाह गृहमा विशेष व्यवस्था गरिएको छ । घाट सेवामा भने कोषले उदाहरणीय काम गरेको प्रतिक्रिया सेवाग्राहीको छ । बन्दाबन्दीको शुरुमा घाटमा कम शव आएपनि पछिल्लो समय सङ्ख्या बढ्न थालेको छ ।
असोजदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पशुपतिनाथ मन्दिर खोलिनुपर्ने माग गर्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा दर्जनौँ धार्मिक संस्था सहभागी भई पशुपति क्षेत्रमा बिरोध प्रदर्शन शुरु भएको थियो । पछिल्लो समय मन्दिर दक्षिणढोका बाहिर बेलुकी दीप प्रज्ज्वलन गरी मन्दिर खोल्नुपर्ने माग राखी साङ्केतिक प्रदर्शन भइरहेको थियो ।
कोषका सदस्यसचिव डा प्रदीप ढकाल भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर राष्ट्रदेवको दर्शन गर्न पाउनुपर्ने भक्तजनको मागअनुसार नै पुस १ गते बुधबारदेखि मन्दिर खोल्न लागिएको बताउनुहुन्छ । नौ महिनासम्म भक्तजनका लागि मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा गर्न लागिएको जानकारी पनि उहाँले दिनुभयो ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।
“महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”–सदस्य सचिव ढकालले भन्नुभयो ।
कोरोनापछि अन्य क्षेत्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएपनि पशुपतिनाथलगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै असोजदेखि पशुपति क्षेत्रमा विश्व हिन्दू महासङ्घको नेतृत्वमा साङ्केतिक बिरोध प्रदर्शन भइरहेको थियो । बुधबारदेखि मन्दिर खोल्न लागिएकामा ती संस्थाले पनि मङ्गलबार पशुपति क्षेत्र परिसरमा विशेष पूजा आराधना गर्दैछन् ।
इतिहासमा पशुपतिनाथ मन्दिर नौ महिनासम्म बन्द रहेको प्रामाणिक तथ्य वंशावलीलगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गर्नुभएको कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।
नौमहिने यो अवधिमा धेरै पर्यटक आउने साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पनि भक्तजनले मन्दिर बाहिरैबाट परिक्रमा गरेर चित्त बुझाउन बाध्य हुनुपरेको थियो । यी पर्वमा लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्थे । भक्तजन नआउने भएपछि पशुपति क्षेत्र वरपरको बजारको व्यापारमा समेत कमी आएको छ ।
साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पशुपति क्षेत्रमा विशेषगरी नयाँ बजारसमेत सञ्चालनमा आउने गरेकामा यस वर्ष त्योसमेत प्रभावित भएको छ । पशुपति क्षेत्र वरपर खुलेका ठूला साना होटल पनि यसबीचमा प्रभावित भए ।
पशुपतिनाथ मन्दिरसँगै विश्वकै प्रसिद्ध शक्तिपीठ गुह्येश्वरी पनि पुस १ गते बुधबारदेखि भक्तजनलाई दर्शनका लागि खुला गरिने भएको छ । पशुपति क्षेत्रका चन्द्रविनायकलगायत मन्दिर, चैत्य पनि बुधबारदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्ने गरी तयारी भएको छ ।
नौ महिनापछि मन्दिर खुला गर्न लागिएकामा स्थानीयवासीसमेत उत्साहित भएका छन् । पुस १ गतेदेखि विशेषरुपमा साजसज्जा गरी भक्तजनलाई स्वागत गर्ने तयारी भएको छ । तयारीका लागि सोमबार कोषले स्थानीयवासीसँग बैठक गरेको छ । बैठकपछि स्थानीयवासीसँगको सम्बन्ध थप सुमधुर भएको कोषका कर्मचारीहरु बताउँछन् ।रासस
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ