
१नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
८पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१२निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
पोखरा । स्वरसम्राट गायक नारायण गोपालको ३० औं स्मृति दिवसको अवसरमा पोखरामा नयाँ पुस्तामा नारायाण गोपाल कार्यक्रमको आयोजना गरिएको छ ।
रेडियो अन्नपूर्णले शुक्रबार आयोजना गरेको कार्यक्रममा कलाकारहरु रामभक्त जोजिजु, इतु जोजिजु, विनोद बानियाँ, अजुदा थापा, कौशल्या गुरुङ, विक्रम बराल, प्रयत्न श्रेष्ठ, सन्तोष बस्याल र ममता गुरुङले नारायण गोपालका अजरअमर गीत प्रस्तुत गर्नुभएको थियो । ती गीतहरुमा तबलामा संगीतकर्मी प्रविन्दर सिंह र गितारमा गायक विनोद बानियाँले साथ दिनुभएको थियो ।
गीतकार दिनेश अधिकारीले नारायणगोपाल गीत गायन कविता संग्रहको नाम भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘केटाकेटी स्वभावका गोपालले राम्रो गीत लेख्ने बित्तिकै आफूलाई पठाउन आग्रह गर्नुहुन्थ्यो ।’ स्वरसम्राट नारायण गोपालले आफ्नो सिर्जनामा गाएको अन्तिम गीत बजारमा आउन नसक्दा दुख लागेको गीतकार अधिकारीले बताउनुभयो ।
रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले स्वरसम्राट नारायण गोपाल सँधै अमर रहने र उनका गीतलाई नसम्झिने को होला र भन्दै हरेक गीतहरु सुन्दा आफ्नै लागि गाएको आभाष हुने विचार व्यक्त गर्नुभयो ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले स्वरसम्राट नारायण गोपालले रचनाकारले भन्न खोजेको मर्म र भावना बुझेर गीत गाएको बताउनुभयो । ‘गलाको माध्यमबाट समाजलाई मार्गदर्शक गर्ने स्वर सम्राट नारायण गोपाल हाम्रो सामु भौतिक रुपमा नरहे पनि उनको कृति सधैंँ अम्मर रहने छन्,’ कवि श्रेष्ठले भन्नुभयो ।
प्रकाश सायमीले स्वरसम्राट नारायण गोपाललाई संगीतको सच्चा साधक भएको धारणा व्यक्त गर्नुभयो । गला र कलाले निखारिएका नारायण गोपाललाई शब्द छनोटको राम्रो ज्ञान भएका कारणले नै सिर्जनाले अमर बनाएको सायमीको विचार थियो । स्वरसम्राट नारायण गोपालले ४ मातृभाषा सहित एक सय ३७ गीतमा स्वर दिएरै नेपालको गायनको क्षेत्रमा चर्चा कमाएको जानकारी सायमीले दिनुभयो ।
संगीतकार सुनिल थापाले बाल्यकालमा नारायण गोपालकै गीत सुनेर आफुहरु आज यहाँसम्म आएको बताउनुभयो । संगीतकार थापाले भन्नुभयो–‘नेपालको संगीतको क्षेत्रमा उहाँकै गीत सुनेर बाल्यकाल बिताएका धेरै कलाकारहरु छन् । संगीत क्षेत्रको धरोहरका रुपमा नारायण गोपाललाई म सदा श्रद्धा र स्मरण गर्दछु ।’
साहित्यकार कृष्णमोहन श्रेष्ठले स्वरसम्राट नारायण गोपालको स्मृतिमा रेडियो अन्नपूर्णले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा नयाँ पुस्ताहरुको प्रतिभा प्रस्फुटनका लागि रेडियोले विभिन्न कार्यक्रमहरु ल्याएर अघि बढोस् भन्दै शुभेच्छा प्रकट गर्नुभयो ।
बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट विक्रम सम्वत १९९६ असोज १८ गते काठमाण्डौंको किलागलमा जन्मिनु भएका स्वरसम्राट नारायण गोपालको निधन २०४७ साल मंसिर १९ गते भएको थियो ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ