
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा । स्वरसम्राट गायक नारायण गोपालको ३० औं स्मृति दिवसको अवसरमा पोखरामा नयाँ पुस्तामा नारायाण गोपाल कार्यक्रमको आयोजना गरिएको छ ।
रेडियो अन्नपूर्णले शुक्रबार आयोजना गरेको कार्यक्रममा कलाकारहरु रामभक्त जोजिजु, इतु जोजिजु, विनोद बानियाँ, अजुदा थापा, कौशल्या गुरुङ, विक्रम बराल, प्रयत्न श्रेष्ठ, सन्तोष बस्याल र ममता गुरुङले नारायण गोपालका अजरअमर गीत प्रस्तुत गर्नुभएको थियो । ती गीतहरुमा तबलामा संगीतकर्मी प्रविन्दर सिंह र गितारमा गायक विनोद बानियाँले साथ दिनुभएको थियो ।
गीतकार दिनेश अधिकारीले नारायणगोपाल गीत गायन कविता संग्रहको नाम भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘केटाकेटी स्वभावका गोपालले राम्रो गीत लेख्ने बित्तिकै आफूलाई पठाउन आग्रह गर्नुहुन्थ्यो ।’ स्वरसम्राट नारायण गोपालले आफ्नो सिर्जनामा गाएको अन्तिम गीत बजारमा आउन नसक्दा दुख लागेको गीतकार अधिकारीले बताउनुभयो ।
रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले स्वरसम्राट नारायण गोपाल सँधै अमर रहने र उनका गीतलाई नसम्झिने को होला र भन्दै हरेक गीतहरु सुन्दा आफ्नै लागि गाएको आभाष हुने विचार व्यक्त गर्नुभयो ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले स्वरसम्राट नारायण गोपालले रचनाकारले भन्न खोजेको मर्म र भावना बुझेर गीत गाएको बताउनुभयो । ‘गलाको माध्यमबाट समाजलाई मार्गदर्शक गर्ने स्वर सम्राट नारायण गोपाल हाम्रो सामु भौतिक रुपमा नरहे पनि उनको कृति सधैंँ अम्मर रहने छन्,’ कवि श्रेष्ठले भन्नुभयो ।
प्रकाश सायमीले स्वरसम्राट नारायण गोपाललाई संगीतको सच्चा साधक भएको धारणा व्यक्त गर्नुभयो । गला र कलाले निखारिएका नारायण गोपाललाई शब्द छनोटको राम्रो ज्ञान भएका कारणले नै सिर्जनाले अमर बनाएको सायमीको विचार थियो । स्वरसम्राट नारायण गोपालले ४ मातृभाषा सहित एक सय ३७ गीतमा स्वर दिएरै नेपालको गायनको क्षेत्रमा चर्चा कमाएको जानकारी सायमीले दिनुभयो ।
संगीतकार सुनिल थापाले बाल्यकालमा नारायण गोपालकै गीत सुनेर आफुहरु आज यहाँसम्म आएको बताउनुभयो । संगीतकार थापाले भन्नुभयो–‘नेपालको संगीतको क्षेत्रमा उहाँकै गीत सुनेर बाल्यकाल बिताएका धेरै कलाकारहरु छन् । संगीत क्षेत्रको धरोहरका रुपमा नारायण गोपाललाई म सदा श्रद्धा र स्मरण गर्दछु ।’
साहित्यकार कृष्णमोहन श्रेष्ठले स्वरसम्राट नारायण गोपालको स्मृतिमा रेडियो अन्नपूर्णले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा नयाँ पुस्ताहरुको प्रतिभा प्रस्फुटनका लागि रेडियोले विभिन्न कार्यक्रमहरु ल्याएर अघि बढोस् भन्दै शुभेच्छा प्रकट गर्नुभयो ।
बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट विक्रम सम्वत १९९६ असोज १८ गते काठमाण्डौंको किलागलमा जन्मिनु भएका स्वरसम्राट नारायण गोपालको निधन २०४७ साल मंसिर १९ गते भएको थियो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु