
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । जनपत्रकार संगठन कास्कीले पोखरापाटी मिडिया प्रा.लि.का सञ्चालक एवम् पोखरापाटी डटकमका सहसम्पादक राजुकमार घिमिरेको तत्काल रिहाईको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर ८ गते पक्राउ परेका पत्रकारसहित अन्य व्यक्तिहरुलाई आजसम्म सार्वजनिक गरेको छैन । पत्रकार घिमिरेलाई आजसम्म पनि कास्की प्रहरीले पक्राउ पुर्जी समेत नदिई मानसकि यातना दिदैं गैरन्यायिक थुनामा राखेको छ ।
कास्की संयोजक रमाकान्त बास्तोलाले जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार घिमिरेलाई अपहरण शैलीमा पक्राउ गरेकोप्रति ध्यानाकर्षण भएको बताएका छन् । गत मंसीर ८ गते पोखरा महानगरपालिका वडा नं. ३३ देउरालीस्थित बस्तीबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको थियो ।
यसरी पक्राउ परेका पत्रकार घिमिरेलाई आजसम्म जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जीसम्म नदिएको उनको परिवारले बताएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गत मंसिर ८ गते सातौं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरेको जनसभाको समाचार संकलनका लागि पत्रकार घिमिरे त्यहाँ पुगेका थिए । सोही क्रममा पत्रकार घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
विचार र आस्थाका अधारमा पछिल्लो समय पत्रकारहरुमाथि धरपकड बढाउने, अनावश्यक दुःख दिने, समाचार संकलन गर्न पुग्दा विभिन्न तरिकाले मानसिक यातना दिने जस्ता गम्भिर मानवअधिकार र प्रेस स्वतन्त्रता विरोधी गतिविधि सरकारले बढाउँदै लगेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारमाथि प्रशासनको अनावश्यक हस्तक्षेपले संविधानले दिएको मौलिक हकमाथि नै सरकारले कुण्ठित गर्ने काम गरेको भन्दै यस्ता खाले हर्कत रोक्न र गैरन्यायिक हिरासतमा रहेका पत्रकार घिमिरेलाई विना शर्त रिहाई गर्न संयोजक बास्तोलाले माग गरेका छन् । विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको प्रेस अभिव्यक्ति, आस्था र विचारको स्वतन्त्रतालाई सम्मान गर्न आग्रह गरिएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’