
१सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
२अफवाह नफैलाउन प्रहरीको आग्रह
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
५२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
६अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
७गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
८पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
९विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
१०साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
११गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१२पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
गण्डकी । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा सडक र कृषिलाई प्राथमिकता दिँदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको छ ।
उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्यक्षतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण थापा र समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका उपसभामुखसमेत रहनुभएकी सिर्जना शर्माले मङ्गलबार एक कार्यक्रमका बीच विकास योजनाका कार्यक्रम सार्वजनिक गर्नुभयो ।
सार्वजनिक योजनाअनुसार सबैभन्दा बढी बजेट सडक पूर्वाधारका लागि विभिन्न वडाका नौ योजनाका लागि रु ९० लाख छुट्याइएको प्रदेशसभा सदस्य थापाले जानकारी दिनुभयो । त्यस्तै कृषिलाई प्राथमिकतामा राख्दै सुरौदीखोला सातसय फाँट सिँचाइ कुलो र शिवमन्दिरबाट होट फुवारीबाटेका निर्माणका लागि रु २५/२५ लाख छुट्याइएको छ ।
पोखरा महानगरपालिकाका पाँच वडा समेटिएको सो प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत पोखरा–७ घारीपाटनमा बाटो निर्माणका लागि रु १५ लाख, वडा नं १५ एसओएस बालग्राम बहुदेश्यीय भवन निर्माणका लागि रु १५ लाख, पोखरा–१७ डेमसाइड पार्क फेवाताल छेउ तारबारका लागि रु १३ लाख, नमूना बाल केन्द्र भवन बाराहीटोल–१० दामोदार कुनामार्गका लागि रु १० लाख विनियोजन गरिएको छ ।
सो कार्यक्रमअन्तर्गतको रु दुई करोडका विभिन्न २५ वटा योजनामा विनियोजन रकममध्ये पोखरा–२१ सङ्गमचोक, महवारी जाने बाटो ढलानमा रु १० लाख, प्राथमिक स्वास्थ्यचौकी रु पाँच लाखलगायत आपतकालीन तारजाली खरिदका लागि रु पाँच लाख विनियोजन गरिएको छ । सार्वजनिक कार्यक्रममा प्रदेशसभा सदस्य थापाले घोषित कार्यक्रम सफलताका लागि सम्बन्धित स्थानका उपभोक्ता, जनप्रतिनिधि तथा सम्बद्ध सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
निर्वाचन क्षेत्रका सबै क्षेत्र वर्ग र समुदाय समेट्ने गरी योजना छनोट गरिएको बताउँदै उहाँले छनोट गरिएका योजना गुणस्तरीय एवं तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । “निर्वाचनका अवसरमा पार्टीको घोषणापत्रअनुसार जनतासँग गरिएका प्रतिबद्धताअनुसार ७० प्रतिशत कार्यसम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “यस आर्थिक वर्षमा ३० प्रतिशत पूरा हुन्छ ।”
कास्की जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले छनोटमा परेका योजनाको पुस महिनासम्म सम्झौता गरी वैशाखसम्ममा निर्माण सम्पन्न हुने गरी कामलाई तीव्रता दिइनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेकपा कास्कीका अध्यक्षसमेत रहनुभएका उहाँले विकास निर्माणमा तीन तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो । नेकपा कास्की सचिवालय सदस्य युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोखरा महानगरपालिकाका अध्यक्ष दीपक पौडेल, पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, कार्यपालिका सदस्य राधिका शाही योगीलगायतले जनअपेक्षाअनुरुप विकास निर्माणका योजना अघि बढाइनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन