
१एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
२नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
५सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
६अफवाह नफैलाउन प्रहरीको आग्रह
७बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
८सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
९२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
१०अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
११गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
१२पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा, पुस ६ । नेपाली साहित्यका प्रयोगधर्मी र चर्चित साहित्यकार कुमार नगरकोटीको कविता तथा सङ्गीतको अनौठो संयोजन ‘यदाकदा ः साङ्गीतिक काव्य सन्ध्या’ आगामी पुस १० गते (बिहीबार) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुँदैछ ।
कम्युनिकेट टेक्नोलोजी प्रालिको आयोजनामा हुने यो कार्यक्रममा नगरकोटीले आफ्ना पुराना चर्चित तथा नयाँ कविताहरू वाचन गर्नेछन् । उनलाई युवा सङ्गीतकार अनुप तिमिल्सिनाले साङ्गीतिक साथ प्रदान गर्नेछन् ।
साँझ ५ बजेदेखि ७ः३० बजेसम्म चल्ने यो सन्ध्यामा कविता केवल पाठ वा उच्चारणमा सीमित नरही जीवन्त प्रदर्शनको रूपमा प्रस्तुत हुनेछ । नगरकोटीको विशिष्ट ‘लक्जरी लुक’ र शब्दशिल्पलाई केन्द्रमा राखेर तयार पारिएको कार्यक्रममा सङ्गीत पृष्ठभूमिमा मात्र नभई कवितासँग सहसंवादको रूपमा बग्नेछ ।
कार्यक्रमका परिकल्पनाकार राजन गोदारका अनुसार, व्यस्त दैनिकीबाट थाकेका मानिसहरूलाई यो सन्ध्या ‘आत्मिक विश्राम’ प्रदान गर्नेछ । सशुल्क टिकटमा कविता प्रस्तुत गर्ने यो दुस्साहसको उद्देश्य नेपाली दर्शकको आफ्नै भाषा, साहित्य र सर्जकप्रतिको प्रेमको गहिराइ परीक्षण गर्नु पनि हो । गोदार भन्छन्, ‘यदाकदा जीवनको रुटिनबाट विरक्तिएर कल्पना गरिएको यो साँझ हो, जहाँ कविता र सङ्गीतमार्फत मौनता सुन्ने र अँध्यारो अनुभूतिको साझेदारी गर्ने अवसर मिल्नेछ ।’
दार्शनिक र स्वैरकल्पनायुक्त लेखनका लागि परिचित नगरकोटीले कार्यक्रमको तयारीका लागि विगत २१ दिनदेखि शिल्पी थिएटरमा रिहर्सल गरिरहेका छन् । विशेष गरी आफ्नो नयाँ कविता ‘बोहेमियन खानाबदोश’ लाई जीवन्त बनाउन उनले हालै आर्यघाटमा यलम्बर बाजासहित रिहर्सल पनि गरेका छन् ।
साहित्यिक जगतमा नगरकोटी केवल लेखक मात्र होइनन्, एउटा ‘ब्रान्ड’ र ‘दर्शन’ का रूपमा स्थापित छन् । उनको हुलिया र ‘लक्जरी लुक’ लाई कतिपयले फेसन ठान्छन्, तर आयोजकका अनुसार यो स्थापित शैलीहरूप्रतिको उनको ‘भद्र अवज्ञा’ हो । उनको व्यक्तित्व पनि उनका सिर्जनाजस्तै चुम्बकीय र अनौठो छ ।
राष्ट्रिय सभागृहको विशाल मञ्चमा पहिलोपटक आयोजना हुन लागेको यो साङ्गीतिक काव्य उत्सवका टिकटहरू अनलाइन प्लेटफर्म इसेवा र थुप्रै डट कममार्फत खरिद गर्न सकिनेछ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन