
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
दमौली । तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु गरिएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानुका विभिन्न वडाका सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान शुरु भएको हो ।
भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वन र भानु–४ स्थित खलातेडाँडा सामुदायिक वनमा दुई÷दुई क्यामरा जडान गरिएको बरालले जानकारी दिनुभयो । बरालका अनुसार भानुका वडा नं १, २, ३, ४, ५ र ६ का २२ सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान गरिनेछ ।
चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानु नपामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्न लागिएको हो । “चितुवा बढी र आहारा कम भएका कारण चितुवाले मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्ष सहित चितुवा गणनाका लागि काम शुरु गरेका छौ,” बरालले भन्नुभयो, “१५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना कार्य गर्छौ ।”
पछिल्लो दुई वर्षको अवधिमा भानु नगरपालिकाका विभिन्न वडामा सात बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताउनुभयो ।
बरालका अनुसार २२ सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिनेछ । त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ । “चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुमा ६५ क्यामरा जडान गरिनेछ, पाँच दिनमा सबै ठाउँमा क्यामरा जडान गरिसक्छौ,” बरालले भन्नुभयो ।
क्यामरा जडानका लागि बरालको नेतृत्वमा आएका दुई प्राविधिक र डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले सहयोग पु¥याएका छन् । बरालका अनुसार क्यामराको अगाडी आउने सबै चिजको तस्वीर क्यामरामा कैद हुनेछ ।
उहाँका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने भएकाले भोलिका दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ । बरालका अनुसार यस अवधिमा चितुवाको ताजा दिसा सङ्कलन गरी त्यसको डिएनएन परीक्षण गर्ने पनि तयारी गरिएको छ ।
क्यामरा निकै महङ्गो पर्ने भएकाले यसको सुरक्षा सम्बन्धित सामुदायिक वनले गर्नुपर्ने र त्यसका लागि सबै सहमत भएका छन् । मजुवा ओख्ले सामुदायिक वनका अध्यक्ष तोरण अधिकारीले भानुवासी चितुवाको आतङ्कबाट त्रसित रहेको अवस्थामा यस कार्यले कति चितुवा छन् भन्ने यकिन हुने भएकाले यो कार्य निकै उदाहरणीय रहेको बताउनुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी