
१अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
२ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
३सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
४आजदेखि एसईई परीक्षा सुरु
५एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
६इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
७डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
८ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
९व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
१०सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
११काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
१२सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
उनले भनिन्, ‘मानसिक र शारीरिक यातना सहन नसकेर मैले तीन पटकसम्म बच्चाहरू च्यापेर सेती नदीमा हामफाल्न गएँ। तर, बच्चाहरूको अनुहार देख्दा आफूलाई नमारुञ्जेल यिनीहरूलाई हुर्काउँछु र सँगै बस्छु भनेर फर्किएर आएकी हुँ।’
पोखरा, २९ साउन । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी स्थायीघर भई हाल पोखरा–५, मालेपाटनमा बस्दैं आईरहेकी ५८ वर्षीया मिठुकुमारी घर्ति जिसी र ३० वर्षीय अनुप घर्ति जिसीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
पटक–पटक आफ्नै बुहारी २६ वर्षीया दुर्गा (नाम परिवर्तन)माथि बारम्बार मानसिक यातना दिदैं सांघातिक आक्रमण गर्दै आईरहेकी मिठुलाई २६ गते विहानैं पोखरा–५, मालेपाटनस्थित बागमानी अनुसन्धान केन्द्रको गेट नजिकैं घरबाट र अनुपलाई भोलिपल्ट २७ गते जिरोकिलोमिटरस्थित आफन्तको घरबाहिरबाट प्रहरीले पक्राउ गरेको थियो । यस अघि अभद्र व्यवहारमा मिठुका श्रीमान ६५ वर्षीय झपटबहादुर घर्ति जिसी पनि १५ दिन थुनामा बसी धरौंटी बुझाएर रिहा भएका थिए ।
यस अघि अभद्र व्यवहारमा मिठुका श्रीमान ६५ वर्षीय झपटबहादुर घर्ति जिसी पनि १५ दिन थुनामा बसी धरौंटी बुझाएर रिहा भएका थिए ।
स्थानीय आमा समूह, पोखरा महानगरपालिका वडा नं. ५ को वडा कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला अदालत कास्की, राष्ट्रिय मानवअधिकार आयोग पोखरा र राष्ट्रिय महिला आयोग काठमाडौंमा बारम्बार महिला हिंसा (घरेलु हिंसा) सम्बन्धि उजुरी दिइसकेकी दुर्गा (नाम परिवर्तन)ले आफू र आफ्ना दुईबच्चाको ज्यान नैं जोखिममा परेपछि कानुनी कारवाहीमा उत्रिएकी हुन् ।

श्रीमान् अनुपले कुटपिट गरेपछि घाइते अवस्थामा ।
त्यसो त उनले जिल्ला अदालत कास्कीमा अंश र घरेलु हिंसा मुद्दा दायर गरेकी थिइन् । अदालतले २०८१ चैत ३ गते घरेलु हिंसा (कसुर र सजाय) ऐनअनुसार गाली, कुटपिट, धम्की र यातना नदिन/नगर्न अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको थियो। तर मिठु, झपट, अनुप र अमृताले आदेशको पालना नगरेपछि उनी पुनः राष्ट्रिय मानव अधिकार आयोग पोखराको कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेकी हुन्।
स्थानीय आमा समूह, पोखरा महानगरपालिका वडा नं. ५ को वडा कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला अदालत कास्की, राष्ट्रिय मानवअधिकार आयोग पोखरा र राष्ट्रिय महिला आयोग काठमाडौंमा बारम्बार महिला हिंसा (घरेलु हिंसा) सम्बन्धि उजुरी परेको र छलफल हुँदा समेत घटना दोहोरिरहेका छन् ।
उनले आफ्नो ज्यान र दुई सन्तानको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएकी छन्। श्रीमान्, सासु, ससुरा र नन्दबाट बारम्बार घरेलु हिंसा र हत्याको प्रयास भएको भन्दै उनले अदालती आदेश कार्यान्वयनको माग गरेकी हुन्। पछिल्लो समय घरेलु हिंसाका यस्तैं घटनाका कारण सयौं चेलीहरुको हत्या हुँदैं आईरहेकोले पनि समाजमा त्रासको वातावरण बढ्दैं गईरहेको छ ।
सुधार केन्द्रका सञ्चालकहरूले प्रहरी कार्यालयमा उपस्थित भएर मिठु र झपटले सुधार केन्द्रमा आएर छोरालाई बुहारीको बारेमा आरोप लगाउँदै उत्तेजित बनाउने र हत्या गर्ने उद्देश्यले भड्काउने गरेको निवेदनमा उल्लेख छ।
दुर्गा (नाम परिवर्तन)का अनुसार, उनलाई ३० वर्षीय श्रीमान् अनुप घर्ती जिसी, ६५ वर्षीय ससुरा झपटबहादुर घर्ती, ५८ वर्षीया सासु मिठु घर्ती जिसी र २८ वर्षीया नन्द अमृताले मिलेर पटक–पटक आक्रमण गरेका छन्। विगत एक महिनादेखि उनी दुई साना सन्तान (७ वर्षीय छोरा र ४ वर्षीया छोरी)सहित आफन्तको शरणमा लुकेर बस्न बाध्य भएकी छिन्। श्रीमानबाट बच्चा अपहरणको धम्की आएपछि बच्चाहरूलाई स्कुल पठाउन समेत सकिरहेकी छैनन्। ‘श्रीमान् र परिवारले हतियारसहित आक्रमण गर्ने र ज्यान मार्ने षड्यन्त्र रचेको थाहा पाएपछि त्रासमा छु,’ निवेदनमा उल्लेख छ।

श्रीमान् अनुप, सासु मिठु, ससुरा झपट र नन्द अमृता मिलेर पटक–पटक कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियासहितको टोली पीडितको घरमा ।
कक्षा ७/८ पढ्दा देखि नैं लागूऔषध र मादक पदार्थ अत्याधिक सेवन गर्ने श्रीमान् अनुपका कारण आफू असुरक्षित रहेको उनले बताईन् । विवाहपछि मात्र यो कुलत थाहा पाएकी उनले सुधारका लागि उपचारदेखि बारम्बार सुधारगृहमा राखेर अनेकन् प्रयास गरे पनि सफल नभएको बताइन्। परिवारबाट शारीरिक, मानसिक, आर्थिक र यौनजन्य हिंसा सहनुपरेको उल्लेख गर्दै उनले भनिन्, ‘विवाहको दिनदेखि श्रीमानलाई फ्रेस (ताजा) अवस्थामा देखेकी छैन। सासु–ससुराले पनि दाइजोको बहानामा तनाव दिने, अंश दिनुपर्छ भनेर मार्ने षडयन्त्र गर्ने र घरबाट निकाल्ने बारम्बार प्रयास गरे।’
जिल्ला प्रहरी कार्यालय कास्कीले यो विषयमा छलफल गरेको र सुधार केन्द्रका सञ्चालकहरूले प्रहरी कार्यालयमा उपस्थित भएर मिठु र झपटले सुधार केन्द्रमा आएर छोरालाई बुहारीको बारेमा आरोप लगाउँदै उत्तेजित बनाउने र हत्या गर्ने उद्देश्यले भड्काउने गरेको निवेदनमा उल्लेख छ। साथै, सुधार गृह तोडफोड गरेर टिनको छत भत्काउने र हातमा रड लिएर सुरक्षा गार्डलाई मार्ने धम्की दिँदै अनुपको समूह दुई पटक भागेको थियो।
उनले आफ्नो र सन्तानको ज्यान सुरक्षा, बच्चाहरूको शिक्षा र घरमा सुरक्षित बसोबासको वातावरण मिलाइदिन प्रहरी प्रशासनसँग अनुरोध गरेकी छन्। यो घटनाले घरेलु हिंसाविरुद्धका कानुन कार्यान्वयनमा चुनौती देखाएको छ।
उनले आफ्नो र सन्तानको ज्यान सुरक्षा, बच्चाहरूको शिक्षा र घरमा सुरक्षित बसोबासको वातावरण मिलाइदिन प्रहरी प्रशासनसँग अनुरोध गरेकी छन्। यो घटनाले घरेलु हिंसाविरुद्धका कानुन कार्यान्वयनमा चुनौती देखाएको छ। जिल्ला प्रशासन कार्यालयले यस घटनालाई गम्भीरतापूर्वक हेर्दै प्रहरीलाई आवश्यक निर्देशन समेत दिएको उनले बताईन् ।
‘शारीरिक यातना कति हो कति सहेर बस्दैं आएकी थिएँ, तर मानसिक यातना सहन सक्ने अवस्था नै छैन’, उनले भनिन्,’मानसिक र शारीरिक यातना सहन नसकेर मैले तीन पटकसम्म बच्चाहरू च्यापेर सेती नदीमा हामफाल्न गएँ। तर, बच्चाहरूको अनुहार देख्दा आफूलाई नमारुञ्जेल यिनीहरूलाई हुर्काउँछु र सँगै बस्छु भनेर फर्किएर आएकी हुँ।’
छोरी जन्माउँदा परिवारको कुनै साथ नपाएको र सुत्केरी अवस्थामा माइतीको सहाराले छोरीको स्याहार गरेको दुखद अनुभव सुनाउँदैं उनले भनिन्–‘छोरी जन्मिँदा न सासु, न ससुरा, न नन्द कोही अस्पताल आएनन्। श्रीमान् अनुप भने रक्सीले मात्तिएर, ज्याकेटभित्र रक्सीको बोतल बोकेर आएका थिए। उल्टैं बच्चा सम्हाल्ने कि श्रीमान् ? एकदमैं कठिन दिनहरु बिताएकी छुँ त्यो घरमा । सम्झिँदा पनि कहाली लाग्छ ।’
सासु मिठुले आफ्नो छोरा, जो लागूऔषध र मादकपदार्थको अत्यधिक सेवनका कारण मानसिक समस्याबाट ग्रस्त छ र सुधारगृहमा छ, उसले बुहारीलाई मारे पनि दुई/चार वर्षमै छुट्ने र जसरी भए पनि बुहारीलाई मार्ने धम्की दिदैं आफन्तहरुको घरघरमा पुगेर खोजि गरिरहेको बताईन् ।
हाल उनले सासु मिठुको डरलाग्दो योजनाबारे थाहा पाएपछि आफूले घर छाडेर माईतीको शरणमा पुगेको बताईन् । छिमेकीहरूसँगको कुराकानीमा सासु मिठुले बुहारीलाई अंश दिनुभन्दा छोराले नै मारिदिए टन्टै साफ हुने बताउने गरेको उनले बताइन्। सासु मिठुले आफ्नो छोरा, जो लागूऔषध र मादकपदार्थको अत्यधिक सेवनका कारण मानसिक समस्याबाट ग्रस्त छ र सुधारगृहमा छ, उसले बुहारीलाई मारे पनि दुई/चार वर्षमै छुट्ने र जसरी भए पनि बुहारीलाई मार्ने धम्की दिदैं आफन्तहरुको घरघरमा पुगेर खोजिगरिरहेको बताईन् ।
पछिल्लो समय नेपालमा घरेलु हिंसाका कारण सयौं महिलाहरूले अकालमा ज्यान गुमाएका छन्। श्रीमान् र परिवारका सदस्यहरू मिलेर क्रूरतापूर्ण हत्या गर्ने श्रृंखला समाजमा डरलाग्दो रूपमा देखिएको छ। राष्ट्रिय महिला आयोगका अनुसार, वार्षिक ५ हजार भन्दा बढी घरेलु हिंसा उजुरी दर्ता हुन्छन्, तर कारबाही दर कम छ।
यो घटनाले कानुन कार्यान्वयनमा चुनौती देखाएको छ, जसमा सामाजिक पूर्वाग्रह, प्रमाण संकलनको कमी र प्रहरीको ढिलासुस्ती समावेश छन्। नेपालको संविधान र घरेलु हिंसा ऐनले पीडितलाई संरक्षणको व्यवस्था गरेको छ, तर व्यावहारिक रूपमा फितलो छ। यस्ता घटनाहरूले महिलामाथि जोखिम बढाएको छ, र यसविरुद्ध जागरण, कानुनी सहायता र सामाजिक सुधार आवश्यक छ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने