
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
९विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
पोखरा, १८ भदौ । सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले कास्की जिल्लास्थित विभिन्न सामुदायिक विद्यालयका ४४ जना विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति वितरण गरेको छ ।
आमा सेतुलीमाया शाक्यको १०६ औँ जन्मजयन्ती, पिता सिद्धिरत्न शाक्यको ५२ औँ पुण्यतिथि तथा प्रतिष्ठानको १९ औँ साधारण सभा अवसरमा उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्ति प्राप्त गर्नेहरूमा अमरसिंह मावि, कन्या क्याम्पस, महेन्द्र मावि, सिद्धार्थ आधारभूत विद्यालय आर्वा, कुँडहर आधारभूत विद्यालय, कन्या मावि, ज्ञानभूमि मावि, सिर्जना बहिरा मावि, नवप्रभात मावि, बालमन्दिर मावि र सहारा आधारभूत विद्यालयका विद्यार्थीहरू रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि डा. एलियाम्मा जोन, प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बास्तोला, पूर्व अध्यक्षहरू नरेन्द्रमान लालचन, नारायण कार्की, समाजसेवी लक्की कार्की, कलाकार क्षेत्रलाल कायस्थ तथा क्याप्टेन मनबहादुर गुरुङले छात्रवृत्ति वितरण गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि डा. जोनले विद्यार्थीहरूलाई सम्बोधन गर्दै जति प्रगति गरे पनि आफ्ना बाबुआमालाई कहिल्यै नभुल्नुपर्ने कुरामा जोड दिइन् । उनले भनिन्, ‘म त भन्छु, सबैको छोरा विश्व शाक्यजस्तो होस्, जसले बाबुआमाको स्मृतिमा कोषको सुरुवात गरेर आज यति धेरै विद्यार्थीले छात्रवृत्ति पाउन सफल भएका छन् ।’
उनले जर्ज जोन सरसँग विवाह गरेर आफू २०१९ सालतिर पोखरा आएको स्मरण गर्दै भनिन्, ‘सेतुलीमाया शाक्य अत्यन्तै सहयोगी र ज्ञानी महिला हुनुहुन्थ्यो ।’
संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक विश्वरत्न शाक्यले १७ भदौमा आमा सेतुलीमाया शाक्यको जन्मजयन्तीका अवसरमा शैक्षिक छात्रवृत्ति वितरण गर्ने गरिएको र त्यसबाहेक संस्थाले पुरस्कारहरू पनि प्रदान गर्दै आइरहेको बताए ।
पूर्व अध्यक्ष नारायण कार्कीले छात्रवृत्तिले विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पार्ने बताए ।
एकल महिला अभियन्ता विष्णु श्रेष्ठले विद्यादान सबैभन्दा ठूलो दान भएको उल्लेख गर्दै मानव भएर मानवोचित व्यवहार गर्नुपर्नेमा जोड दिइन् । छात्रवृत्ति प्राप्त गर्ने छात्र प्रदीप भट्टराईले विद्यार्थीको कर्म र लक्ष्यलाई जोड्ने काम प्रतिष्ठानले गरेको बताए ।
छात्रा सपना गिरीले अघिल्लो वर्ष पनि आफूले छात्रवृत्ति पाएको स्मरण गर्दै छात्रवृत्तिको रकम पढाइमै खर्च गरेको बताइन् ।
उक्त कार्यक्रमपछि दोस्रो सत्रमा सञ्चालित साधारण सभामा प्रतिष्ठानका सचिव इन्द्रकमल मानन्धरले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोविन्द ताम्राकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र श्रेष्ठले गरेका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की