
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
६चुनावी मैदानमा विप्लव
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
लेखनाथ, २५ साउन । लेखनाथ उद्योग वाणिज्य संघ (लेउवासंघ) को २८ वर्षे इतिहासमा पहिलोपटक एक सशक्त महिला नेतृ, जानुका पराजुली अधिकारी, अध्यक्ष पदका लागि सिङ्गो सशक्त प्यानलसहित चुनावी मैदानमा उभिएकी छन्।
आगामी भदौ २० र २१ गते हुने संघको २९औँ साधारणसभा र १५औँ अधिवेशनले नयाँ इतिहास रच्ने तयारी गरेको छ। यो उम्मेदवारी केवल नेतृत्वको चयन मात्र होइन, यो महिला सशक्तीकरण, लैंगिक समानता र व्यवसायीहरूको छाता संगठनमा नयाँ जोशको प्रतीक पनि हो।
जानुका पराजुलीको नेतृत्वमा रहेको प्यानलले अनुभव, युवा जोश र समावेशीताको सन्तुलित संयोजन गरेको छ। उनको टिममा बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई, महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगा मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटी छन्।
साउन २२ गते बसेको कार्य समितिको बैठकले वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिले यो ऐतिहासिक निर्वाचनलाई पारदर्शी र निष्पक्ष बनाउन कुनै कसर बाँकी नराख्ने बताएको छ।
यस्तै, खुला सदस्यमा प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भूर्तेल, भविन्द्र पुन (भविन), सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकी छन्। एसोसियट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल तथा महिला सदस्यमा शर्मिला श्रेष्ठ र गंगा परियारले उम्मेदवारी दिएका छन्।
यो टिमलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विभिन्न संघ–संगठनको बलियो समर्थन प्राप्त छ। “इमानदारिता, पारदर्शिता र लगनशीलता व्यावसायिक क्षेत्रमा समक्ष नेतृत्व आजको आवश्यकता“ भन्ने नाराका साथ जानुकाको प्यानलले समग्र व्यवसायीहरूको हित र हक संरक्षणका लागि प्रतिबद्धता जनाएको छ।
अध्यक्षका दावेदार जानुकाको प्यानलसँग हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको समूह चुनावी मैदानमा प्रतिस्पर्धीको रुपमा उत्रिएको छ । जसमा बरिष्ठ उपाध्यक्षमा उपेन्द्र सुवेदी, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा एल.पी. ढुंगाना र कोषाध्यक्षमा टिकाराम सापकोटा छन्। दुवै प्यानलबाट झन्डै दुई दर्जन सदस्यहरूले उम्मेदवारी दिएका छन्, जसले यो निर्वाचनलाई निकै प्रतिस्पर्धात्मक बनाएको छ।
जानुका पराजुलीको टिम : ‘अनुभव र नेतृत्वको पर्याय’
लेउवासंघको कोषाध्यक्ष, उपमहासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी जानुका पराजुली अनुभव र नेतृत्व क्षमताको हिसाबले सशक्त उम्मेदवार हुन्। उनको उम्मेदवारीले संगठनको गुमेको साख फर्काउने र लैंगिक समानताको सन्देश स्थापित गर्ने अवसर बोकेको छ। उनले भनिन्, “हाम्रो टिम समावेशी छ। हामी व्यवसायीहरूको हकहित, व्यवसाय प्रवद्र्धन र नीतिगत सुधारका लागि अथक प्रयास गर्नेछौँ।“
भावी योजनाः लेखनाथलाई समृद्धिको बाटोमा
जानुका पराजुलीको टिमले लेखनाथलाई पर्यटकीय गन्तव्य बनाउन, पुँडिटारमा औद्योगिक क्षेत्र स्थापना गर्न, वेगनासको तालवाराह मन्दिरको प्रचार गर्न र कृषि क्षेत्रमा ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा जोड दिने योजना अघि सारेको छ। यस्तै, साततालको बाटिका सहर लेखनाथलाई पर्यटकीय हब बनाउन तीन तहका सरकारसँग सहकार्य गर्ने उनको प्रतिबद्धता छ।
व्यवसायीहरूको एकताको आह्वान
लेउवासंघमा २ हजार १९ जना सदस्य छन्, र यो निर्वाचनले संगठनको भविष्य मात्र होइन, समग्र लेखनाथको व्यवसायिक समृद्धिलाई पनि प्रभाव पार्नेछ। जानुका र उनको टिमले व्यवसायीहरूको एकताको आह्वान गर्दै सशक्त नेतृत्व र समावेशी विकासको सपना बाँडेका छन्। साउन २२ गते बसेको कार्य समितिको बैठकले वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिले यो ऐतिहासिक निर्वाचनलाई पारदर्शी र निष्पक्ष बनाउन कुनै कसर बाँकी नराख्ने बताएको छ।
नयाँ इतिहासको संकेत
जानुका पराजुलीको उम्मेदवारीले लेखनाथ उद्योग वाणिज्य संघमा नयाँ युगको सुरुवात गर्ने सम्भावना बोकेको छ। यो केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, लैंगिक समानता, समावेशीता र व्यवसायीहरूको हकहितका लागि एक सशक्त कदम हो। लेखनाथका व्यवसायीहरूले यो ऐतिहासिक अवसरमा जानुका र उनको सशक्त टिमलाई साथ दिँदै नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण