
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
लेखनाथ, २५ साउन । लेखनाथ उद्योग वाणिज्य संघ (लेउवासंघ) को २८ वर्षे इतिहासमा पहिलोपटक एक सशक्त महिला नेतृ, जानुका पराजुली अधिकारी, अध्यक्ष पदका लागि सिङ्गो सशक्त प्यानलसहित चुनावी मैदानमा उभिएकी छन्।
आगामी भदौ २० र २१ गते हुने संघको २९औँ साधारणसभा र १५औँ अधिवेशनले नयाँ इतिहास रच्ने तयारी गरेको छ। यो उम्मेदवारी केवल नेतृत्वको चयन मात्र होइन, यो महिला सशक्तीकरण, लैंगिक समानता र व्यवसायीहरूको छाता संगठनमा नयाँ जोशको प्रतीक पनि हो।
जानुका पराजुलीको नेतृत्वमा रहेको प्यानलले अनुभव, युवा जोश र समावेशीताको सन्तुलित संयोजन गरेको छ। उनको टिममा बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई, महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगा मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटी छन्।
साउन २२ गते बसेको कार्य समितिको बैठकले वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिले यो ऐतिहासिक निर्वाचनलाई पारदर्शी र निष्पक्ष बनाउन कुनै कसर बाँकी नराख्ने बताएको छ।
यस्तै, खुला सदस्यमा प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भूर्तेल, भविन्द्र पुन (भविन), सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकी छन्। एसोसियट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल तथा महिला सदस्यमा शर्मिला श्रेष्ठ र गंगा परियारले उम्मेदवारी दिएका छन्।
यो टिमलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विभिन्न संघ–संगठनको बलियो समर्थन प्राप्त छ। “इमानदारिता, पारदर्शिता र लगनशीलता व्यावसायिक क्षेत्रमा समक्ष नेतृत्व आजको आवश्यकता“ भन्ने नाराका साथ जानुकाको प्यानलले समग्र व्यवसायीहरूको हित र हक संरक्षणका लागि प्रतिबद्धता जनाएको छ।
अध्यक्षका दावेदार जानुकाको प्यानलसँग हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको समूह चुनावी मैदानमा प्रतिस्पर्धीको रुपमा उत्रिएको छ । जसमा बरिष्ठ उपाध्यक्षमा उपेन्द्र सुवेदी, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा एल.पी. ढुंगाना र कोषाध्यक्षमा टिकाराम सापकोटा छन्। दुवै प्यानलबाट झन्डै दुई दर्जन सदस्यहरूले उम्मेदवारी दिएका छन्, जसले यो निर्वाचनलाई निकै प्रतिस्पर्धात्मक बनाएको छ।
जानुका पराजुलीको टिम : ‘अनुभव र नेतृत्वको पर्याय’
लेउवासंघको कोषाध्यक्ष, उपमहासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी जानुका पराजुली अनुभव र नेतृत्व क्षमताको हिसाबले सशक्त उम्मेदवार हुन्। उनको उम्मेदवारीले संगठनको गुमेको साख फर्काउने र लैंगिक समानताको सन्देश स्थापित गर्ने अवसर बोकेको छ। उनले भनिन्, “हाम्रो टिम समावेशी छ। हामी व्यवसायीहरूको हकहित, व्यवसाय प्रवद्र्धन र नीतिगत सुधारका लागि अथक प्रयास गर्नेछौँ।“
भावी योजनाः लेखनाथलाई समृद्धिको बाटोमा
जानुका पराजुलीको टिमले लेखनाथलाई पर्यटकीय गन्तव्य बनाउन, पुँडिटारमा औद्योगिक क्षेत्र स्थापना गर्न, वेगनासको तालवाराह मन्दिरको प्रचार गर्न र कृषि क्षेत्रमा ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा जोड दिने योजना अघि सारेको छ। यस्तै, साततालको बाटिका सहर लेखनाथलाई पर्यटकीय हब बनाउन तीन तहका सरकारसँग सहकार्य गर्ने उनको प्रतिबद्धता छ।
व्यवसायीहरूको एकताको आह्वान
लेउवासंघमा २ हजार १९ जना सदस्य छन्, र यो निर्वाचनले संगठनको भविष्य मात्र होइन, समग्र लेखनाथको व्यवसायिक समृद्धिलाई पनि प्रभाव पार्नेछ। जानुका र उनको टिमले व्यवसायीहरूको एकताको आह्वान गर्दै सशक्त नेतृत्व र समावेशी विकासको सपना बाँडेका छन्। साउन २२ गते बसेको कार्य समितिको बैठकले वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिले यो ऐतिहासिक निर्वाचनलाई पारदर्शी र निष्पक्ष बनाउन कुनै कसर बाँकी नराख्ने बताएको छ।
नयाँ इतिहासको संकेत
जानुका पराजुलीको उम्मेदवारीले लेखनाथ उद्योग वाणिज्य संघमा नयाँ युगको सुरुवात गर्ने सम्भावना बोकेको छ। यो केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, लैंगिक समानता, समावेशीता र व्यवसायीहरूको हकहितका लागि एक सशक्त कदम हो। लेखनाथका व्यवसायीहरूले यो ऐतिहासिक अवसरमा जानुका र उनको सशक्त टिमलाई साथ दिँदै नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम