
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
काठमाडौं, १८ भदौ । अवैध मिटरब्याजी कारोबारमा संलग्न ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले ४ करोड २५ लाख ५० हजार नगद, ९ किलो ८३७ ग्राम सुनका गरगहना र ३ किलो २१८ ग्राम चाँदीसहित पक्राउ गरेको छ। गोरखा घर भएका श्रेष्ठ काठमाडौंको गोंगबुस्थित आफ्नै तीनतले घरबाट पक्राउ परेका हुन्, जसले मिटरब्याजीहरूमाथि प्रहरीको कडा निगरानी र कारबाहीको संकेत गरेको छ।
प्रहरीलाई गोप्य सूचनापछि गोंगबुमा छापा मार्दा चामलका बोरा, सेफ र दराजबाट ठूलो परिमाणमा नगद र सुन बरामद भएको हो। बैंकबाट मेसिन मगाएर गणना गर्दा रकम यकिन भएको थियो। श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘अनुचित लेनदेन र अवैध कारोबारमा संलग्न भएको प्रमाणित भएकाले कुनै पनि मिटरब्याजीलाई छुट दिइने छैन,’ काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए।
श्रेष्ठले आफ्नो दाबीमा छोराहरूको कार सोरुम र रिकन्डिसन हाउसको कमाइ, पुख्र्यौली सम्पत्ति, गोरखाको घरमा एनसेल टावरको भाडा र ऋणबाट आएको सुन भएको बताएका छन्। तर, प्रहरीले यो स्रोत प्रमाणित नभएको जनाएको छ। ‘१० लाखभन्दा बढी नगद कारोबार अवैधानिक हो,’ सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ४४ अनुसार कानुनविद्हरू बताउँछन्। श्रेष्ठको मामिलामा ४ करोडभन्दा बढी नगद भेटिनुले सीधै कानुन उल्लंघन भएको पुष्टि हुन्छ, जसले जेल सजाय र सम्पत्ति जफतको जोखिम निम्त्याउँछ।
पक्राउपछि श्रेष्ठलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ, जसले राजस्व चुहावट र अवैध सम्पत्तिसँग जोडिएका मुद्दा हेर्छ। यसअघि टोखामा २५ करोड बरामद हुँदा पनि यही विभागमा बुझाइएको थियो। प्रहरीका अनुसार, श्रेष्ठजस्ता मिटरब्याजीहरूले गरिब र आवश्यकतावानलाई शोषण गर्दै अवैध साम्राज्य खडा गरेका छन्, तर अब प्रहरीको भरपर्दो सूचना सञ्जाल र तत्काल अपरेसनले यस्ता कारोबारलाई पूर्ण रूपमा ध्वस्त पार्ने छ। ‘प्रहरीकै हाकिम भन्दै रकम लिन आउने गरेको’ श्रेष्ठको भनाइले थप जालो खुल्ने आशंका छ, जसले अन्य मिटरब्याजीहरूलाई पनि सतर्क र त्रसित बनाएको छ।
यो घटनाले मिटरब्याजी कारोबारीहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । अवैध धन्दा चलाउनेहरूको घरघरमा प्रहरी यसरी नैं पुग्न सक्छ, र कुनै उमेर वा बहानाले बचाउन सक्दैन भन्ने सन्देश यो घटनाले दिएको छ। राजस्व विभागले गहिरो अनुसन्धान गर्दा थप प्रमाण बाहिरिए अन्य संलग्नहरूमाथि पनि कडा कारबाही हुने निश्चित छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की