
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
प्रिस्टिना, कोसोभो । कोसोभाका राष्ट्रपति हाशिम थासीले बिहीबार पदबाट राजीनामा दिनु भएको छ ।
सन् १९९० को दशकमा सर्बियाबाट स्वतन्त्रता प्राप्त गर्नेक्रममा राष्ट्रपति थासीले छापामार लडाकूको भूमिका निर्वाह गर्नु भएको थियो । उहाँमाथि हेग अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराध र मानवता विरोधी अपराधसँग सम्बन्धित मुद्दा लागेको छ ।
कोसोभो युद्धका क्रममा १० हजारभन्दा बढी मानिस मारिएका थिए ।
कोसोभोको राजधानी प्रिस्टिनामा आयोजित पत्रकार सम्मेलनमा ५२ वर्षीय थासीले भन्नुभयो, “हामी स्वतन्त्रता रुचाउने मानिस हौं, प्रतिहिंसक र प्रतिशोधी होइनौं । युद्धमा कोसोभो पीडित भएको थियो, सर्बियाले आक्रमणकारीको भूमिका खेलेको थियो ।”
हेग अदालतमा गत अप्रिलमा मुद्दा दर्ता भएको र अक्टोबर २६ मा न्यायाधीशले मुद्दाका बारेमा सार्वजनिक जानकारी दिएका थिए ।
अदालतमा विचाराधीन मुद्दामा राष्ट्रपति थासी र कोसोभो लिबरेसन आर्मीका अरु तीन जना पूर्व कमान्डरमाथि मार्च १९९८ देखि सेप्टेम्बर १९९९ को अवधिमा गैरकानुनी रुपमा धम्की दिने, अभद्र व्यवहार गर्ने, हिंसा फैल्याउने तथा आफ्ना विरोधीलाई सफाया गर्नेजस्ता गम्भीर अपराध गरेको आरोप छ ।
आरोपित थासी सहित तीन जना पूर्व कमान्डरहरु काद्री भेसेली, रेक्सहेप सेलिमी र जाकुप क्रासनिकी केही दिनभित्रै हेग अदालतमा उपस्थित हुनेछन् ।
उनीहरुमाथि हत्या, यातना, जबर्जस्ती बेपत्ता र उत्पीडन समेतका १०/१० वटा आरोप लागेका छन् ।
थासी र भेसेली दुबैले आफूहरुमाथि लागेका आरोप अस्वीकार गर्नु भएको छ । रासस/एपी
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर