
१रास्वपा नेता राजु राईले पार्टी छाडे
२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
३गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
४कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
५धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
६धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
७बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
सार्वजनिक जमिन, प्राकृतिक स्रोत साधनको दोहनलाई नियन्त्रण गर्न नवनिर्वाचित मेयर धनराज आचार्यलाई फलामको चिउरा सावित हुने निश्चित छ । तर कुनै पनि गिरोह, महानगरपालिका कैं कर्मचारीको जालोमा नपरी काम गर्ने हो भने यसको संरक्षणमा ठोस पहल गर्न अवश्य सकिनेछ । हेरौं, नवनिर्वाचित मेयर धनराज आचार्य पोखराको सार्वजनिक जमिन र प्राकृतिक सम्पदाको रक्षामा अब्बल ठहरिने छन् कि उहीँ मेयर जिसी कैं पथमा हिड्नेछन्, त्यो समयले नै देखाउने छ ।
‘रक्षक नै भक्षक’ भएपछि पोखरामा सार्वजनिक जमिन र प्राकृतिक स्रोतसाधानमाथिको अतिक्रमणको अवस्था कहालीलाग्दो बनेको छ । विभिन्न संघसंस्था, राजनीतिक दल, तिनका भातृ संगठन र व्यक्तिहरुले सार्वजनिक जमिन र प्राकृतिक सम्पदाहरुको अतिक्रमण र चरम दोहन गर्दै आईरहेका छन् ।
राजनीतिक पहुँच मिलाएर सेटिङका भरमा पोखरामा सार्वजनिक जमिन कौंडीको मूल्यमा लुट्ने गिरोह मेयर मानबहादुर जिसीको पालामा सबैभन्दा बढि सलबलाएको देखियो । सेती नदी, पातले छाँगो हुँदै विभिन्न खोला तथा नदीहरुको घाट बषौंसम्मका लागि मेयर जिसीले ठेक्कामा मात्र सुम्पिएनन्, सार्वजनिक जमिनहरु बर्षौंका लागि गिरोहको पाउँमा बुझाए ।
नीति नियम नै मिचेर चोरबाटोबाट आफ्ना ज्वाई र उनको गिरोहलाई सार्वजनिक जमिन कौंडीको भाउमा बर्षौंका लागि दिन मेयर जिसी, उनका ज्वाई राम भण्डारी र सचिवालयका कर्मचारीले जसरी असफल खेल खेले, यसले लुटेराहरुको पहुँच र जनप्रतिनिधिहरुको नियतलाई उदाङ्गो बनाई दिएको छ ।
सार्वजनिक जमिन सेटिङ मिलाएर कौंडीको भाऊमा हडप्ने पुरानो गिरोह मध्येका एक पोखराका व्यापारी आनन्दराज बतासका कर्तुतहरु सञ्चारमाध्यमहरुमा एकपछि अर्को पर्दाफास हुँदै आईरहेका छन् । देखिँदा आध्यात्मिक पहिरनमा देखिने तर भित्री नियत र ध्यान सार्वजनिक जमिन, सम्पत्ति र बैंकको ऋणमा चेपिएर अफठ्यारोमा परेका जनताको सम्पत्ति कसरी हडप्ने भन्ने कुरामा हिडिरहने आनन्दराजसँगै पोखरामा धेरै यस्तै प्रवृत्तिका ‘बतासे’हरुको जन्म भएको छ । जुन श्रृंखला रोकिनुको साटो झन् बढिरहेको छ ।
कुनै समय स्वर्गीय नेता रवीन्द्र अधिकारीका अघिपछि देखिने गिरोह यतिबेला पोखरामा नवधनाढ्यका रुपमा चिनिन थालेको छ । सारा पोखरेलीहरुले बुझेका छन् कि स्वर्गीय नेता अधिकारीको कालोधनले यिनीहरु यतिबेला सलबलाई रहेका छन् । गुन्डा, तस्कर, व्यापारीदेखि पत्रकारसम्मको यो गिरोहले पोखरामा हुने अवैध कामको नेतृत्व र सेटिङ मिलाउँदै आईरहेको छ ।
पोखराको सन्दर्भमा भन्नुपर्दा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भातृ संगठनहरुले बजारको मुख्य भागको जमिन नै कब्जा गरेर मजदुर संगठनदेखि सटरहरु भाडामा लगाएर दोहन गर्दै आईरहेका छन् । सहारा क्लबदेखि विभिन्न युवा क्लबले पनि लुट मच्चाई रहेका छन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडानका लागि एउटा डाँडो कटानका लागि राज्यले बर्षौंसम्म प्रकृया पुरा गरेर बल्ल काम थालेको छ तर फेवातालको नजिक रहेको डाँडो पर्यटन व्यवसायी भनिने विप्लव पौडेलले बिना अनुमति धमाधम काटिरहेका छन् । डाँडामा २/३ वटा डोजर नै राखेर उनले राजनीतिक शक्ति, पहुँच र पैसाको उन्मादमा ताण्डव देखाई रहेका छन् । यसरी डाँडा कटान गर्दा बर्खाले पानीले त्यहाँको माटो बगाएर फेवाताल पुर्ने काम भईरहेको छ । र, पनि पोखरा महानगरपालिका मौंन छ ।
विप्लवको बाराही ग्रुपले सेदीस्थित डाँडा काटेर धमाधम रिसोर्ट बनाईरहेको छ । त्यसैगरी सेदी डाँडा नै खारेर बिएन्डबी हाउजिङले पनि १२ तले अर्पाटमेन्ट बनाउँदैछ । वातावरणीय प्रभावको मूल्यांकन कसैले गर्न नपर्ने गरी धमाधम राज्यलाई नै अटेर गरेर फेवातालको सिरानमा रहेका डाँडाहरु खारिएका छन् । यसरी खारिएका डाँडाको माटोले धमाधम फेवाताल वरपरका सिमसार क्षेत्रहरु पुरिदैं प्लटिङ गर्ने र घडेरी बनाउने काम भईरहेको छ र पनि सम्बन्धित निकाय मौंन छ ।
यतिबेला फेवातालको किनारैंमा जोडेर टेबुल कुर्ची राख्ने र विभिन्न भौतिक संरचनाहरु निर्माण गर्ने कार्य एकदमैं बढिरहेको छ । फेवातालमात्र नभएर यो समस्याले बेगनास ताललाई पनि गाँजिरहेको छ । फेवातालको पानीको सतह भएको भागमा पर्खाल लगाएर ग्राहकका लागि टेबुल र कुर्ची थापेर व्यापार गर्ने कामको शुरुवात भने वैभव पौडेलको समूहले गरेको हो । फेवाताल पारी खोलिएको यस्तो रेष्टुरेण्ट र होटल अहिले विकृति भनेर चारैतिर फेलिएको छ ।
फेवातालमा सिधैं ढल मिसाउनेमा पोखराका पर्यटन व्यवसायीहरु एक नम्बरमा पर्छन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडानका लागि एउटा डाँडो कटानका लागि राज्यले बर्षौंसम्म प्रकृया पुरा गरेर बल्ल काम थालेको छ तर फेवातालको नजिक रहेको डाँडो पर्यटन व्यवसायी भनिने विप्लव पौडेलले बिना अनुमति धमाधम काटिरहेका छन् । डाँडामा २/३ वटा डोजर नै राखेर उनले राजनीतिक शक्ति, पहुँच र पैसाको उन्मादमा ताण्डव देखाई रहेका छन् ।
जसलाई फेवातालको माया नै छैन । उनीहरु फेवातालको नारा सबैभन्दा बढि चर्को रुपमा लगाई रहेका हुन्छन् । कुनै रेष्टुरेण्ट, होटल र व्यवसाय नभएका पात्रहरु नै यतिबेला पर्यटन व्यवसायीका नेता र अगुवा भएका छन् । जसले गर्दा पोखराको पर्यटन क्षेत्रको अवस्था पनि कहालीलाग्दो छ । फेवाताल र प्राकृतिक स्रोत साधन बिना पोखराको पर्यटन असम्भव छ, तर यसको दोहनमा सबै बषौंदेखि लागिरहेका छन् । मापदण्ड उल्लंघन गर्ने, नीति र नियम मिचेर काम गर्नेहरु नै पोखराका अगुवा र समाजसेवी बनेको अवस्थामा यहाँका सार्वजनिक जमिन, प्राकृतिक स्रोत साधनको दोहनको अवस्था कस्तो छ भनिरहन नपर्ला ।
पोखराका मेयर मानबहादुर जिसीका हर्कतहरुले यतिबेला सम्पूर्ण सञ्चारमाध्यमहरु भरिएका छन् । मस्तिष्कघात भएर राम्रोसँग बोल्न र हिडडुल गर्न नसक्ने र अरुको सहारा चाहिने अवस्थामा पुगेका निवर्तमान मेयर जिसीका कर्तुतहरुले यतिबेला पोखरा तातिरहेको छ । मेयर जिसी विरामी परेपछि ज्वाईं राम भण्डारीले महानगरका धेरै काम हेर्दै आईरहेका थिए । नीति नियम नै मिचेर चोरबाटोबाट आफ्ना ज्वाई र उनको गिरोहलाई सार्वजनिक जमिन कौंडीको भाउमा बर्षौंका लागि दिन मेयर जिसी, उनका ज्वाई राम भण्डारी र सचिवालयका कर्मचारीले जसरी असफल खेल खेले, यसले लुटेराहरुको पहुँच र जनप्रतिनिधिहरुको नियतलाई उदाङ्गो बनाई दिएको छ ।
सार्वजनिक जमिनको रक्षा गर्ने दायित्व बोकेका जिम्मेवार व्यक्तिले नै आफ्नो कार्यकाल सकिनुभन्दा दुई दिन अघिमात्र राष्ट्रबैंकचोकमा रहेको पर्यटन बसपार्क र गल्फ ड्राइभिङ रेन्जको ४० रोपनी जग्गा २५ वर्षलाई ठेक्का दिने सम्झौता गर्नुले यहाँको अवस्था के छ भन्ने प्रष्ट पारेको छ । मेयर जिसी र उनका ज्वाई विष्णु भण्डारी र भण्डारीका गिरोहका छविलाल कुँवरको संलग्नतामा भएको यो ठेक्का प्रकरणले पोखराको सार्वजनिक सम्पत्तिको अवस्थालाई झल्काई रहेको छ । पोखरा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जमिन अतिक्रमणको चपेटामा परेर यो अवस्थामा पुग्दा पनि कसैको होश खुलेको छैन ।
पोखराको सार्वजनिक जमिन र प्राकृतिक स्रोत साधनको लुट मच्चाउनेहरुका विभिन्न राजनीतिक दलका भातृ संगठन, सामाजिक संघसंस्थाहरु अग्रभागमा देखिएका छन् । पोखरामा कति सार्वजनिक जमिन छ, कुन अवस्थामा छ र कसले कब्जा गरेको छ भन्ने तथ्याङ्क न त पोखरा उपत्यका नगर विकास समितिसँग छ, न त पोखरा महानगरपालिकासँग नैं छ । बेहिसाब सार्वजनिक जमिनको अतिक्रमण र लुट मच्चिई रहेको छ ।
पोखरा उपत्यका नगर विकास समितिका नाममा रहेका ती जमिन सोही संस्थाको अध्यक्षसमेत रहेका मेयर जिसीकै हस्ताक्षरमा समितिको बैठकबेगर ठेक्का सम्झौता भएको तथ्य मिडियाहरुमा सार्वजनिक भईरहेको छ । मेयरका ज्वाईलाई चोरबाटोबाट दिइएको ठेक्कामा समितिका सदस्य प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत र बन कार्यालयका प्रमुख समेत बेखबर छन् । यो ठेक्का रद्द त अवश्य हुन्छ नै तर पनि कतिसम्म सेटिङमा राज्यको दोहन हुन्छ भन्ने तथ्य यसले उजागर गरेको छ ।
मेयरका ज्वाई भण्डारीलाई सहरी विकास मन्त्रालयले ७ करोड ५० लाख रुपैयाँ लगानी गरेर बनाएको पर्यटन बसपार्क पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण नगर्दै भाडामा दिइएको छ । करिब १८ रोपनी क्षेत्रफलमा फैलिएको यो पर्यटन बसपार्क १ लाख ७५ हजार रुपैयाँमा १० बर्षका लागि भाडामा अवैध तरिकाले दिइएको हो । मेयर जिसी कैं सरकारी निवासमा गरिएको यो जालझेलमा गल्फ कोर्सको जग्गा मासिक २ लाख ७२ हजार रुपैयाँ भाडा तिर्ने गरी २५ वर्षका लागि दिइएको छ ।
मेयर जिसीले यतिमात्र नभएर यातायात व्यवस्था कार्यालय नजिकैको ५ रोपनी जग्गा सोही दिन अर्को समूहलाई ठेक्का दिइएको तथ्य उजागर भएको छ । मासिक र १ लख ३५ हजार रुपैयाँ तिर्ने गरी राइजिङ कन्ट्रक्सन प्रालिलाई उक्त जग्गा भाडामा दिइएको पाईएको छ । जब कि यो नियम विपरित गरिएको सम्झौंता कार्यान्वयन हुन उत्तिकै मुस्किल पर्नेछ ।
जनतासँग विभिन्न घटनामा रकम वार्गेनिङ गर्ने गिरोह र त्यसको चुरीफुरी महानगरपालिका भित्र हेरिसाध्य छैन । त्यसो त भर्खरै नवनिर्वाचित भएर गएका मेयर धनराज आचार्य पनि एक कर्मचारी नारायण शर्माको जन्मदिन मनाउने क्रममा विवादमा मुछिएका थिए । एउटा कर्मचारीको जन्मदिनमा काटिएको केकमा पोखरा महानगरपालिकाको लोगो समेत राखेको पाईए पछि पोखरेलीहरुले त्यसको व्यापक विरोध गरेका थिए ।
यतिमात्र होइन, मेयरका हर्कतहरुसँगैं पोखरा महानगरपालिका भित्रै कर्मचारीहरुको पनि यस्तै खालको सेटिङ र रजाई चल्ने गर्दछ । कर्मचारीहरुले कतिसम्म गर्छन् भन्ने तथ्य यस अघि पनि उजागर भईसकेका छन् । जनतासँग लिइएको करको कम्प्युटरमा राखिएको रेकर्ड नै हेरफेर गरेर जनतालाई प्रिन्ट गरेर दिने बेलामा एउटा र साँझ पुनः थपघट गरेर अर्कै बनाउँदै लुट्दै गरेका तथ्यहरु पनि नौंला भने होइनन् । जनतासँग विभिन्न घटनामा रकम वार्गेनिङ गर्ने गिरोह र त्यसको चुरीफुरी महानगरपालिका भित्र हेरिसाध्य छैन । त्यसो त भर्खरै नवनिर्वाचित भएर गएका मेयर धनराज आचार्य पनि एक कर्मचारी नारायण शर्माको जन्मदिन मनाउने क्रममा विवादमा मुछिएका थिए । एउटा कर्मचारीको जन्मदिनमा काटिएको केकमा पोखरा महानगरपालिकाको लोगो समेत राखेको पाईए पछि पोखरेलीहरुले त्यसको व्यापक विरोध गरेका थिए ।
पोखराको सार्वजनिक जमिन र प्राकृतिक स्रोत साधनको लुट मच्चाउनेहरुका विभिन्न राजनीतिक दलका भातृ संगठन, सामाजिक संघसंस्थाहरु अग्रभागमा देखिएका छन् । पोखरामा कति सार्वजनिक जमिन छ, कुन अवस्थामा छ र कसले कब्जा गरेको छ भन्ने तथ्याङ्क न त पोखरा उपत्यका नगर विकास समितिसँग छ, न त पोखरा महानगरपालिकासँग नैं छ । बेहिसाब सार्वजनिक जमिनको अतिक्रमण र लुट मच्चिई रहेको छ ।
पोखराको सन्दर्भमा भन्नुपर्दा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भातृ संगठनहरुले बजारको मुख्य भागको जमिन नै कब्जा गरेर मजदुर संगठनदेखि सटरहरु भाडामा लगाएर दोहन गर्दै आईरहेका छन् । सहारा क्लबदेखि विभिन्न युवा क्लबले पनि लुट मच्चाई रहेका छन् । त्यतिमात्र नभएर लायन्स क्लबका नाममा खोलामाथि भवन बनाएर सटर भाडामा लगाई लाखौं रुपैयाँ प्रत्येक महिना उठाउने काम भईरहेको छ ।
पोखराको सन्दर्भमा भन्नुपर्दा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भातृ संगठनहरुले बजारको मुख्य भागको जमिन नै कब्जा गरेर मजदुर संगठनदेखि सटरहरु भाडामा लगाएर दोहन गर्दै आईरहेका छन् । सहारा क्लबदेखि विभिन्न युवा क्लबले पनि लुट मच्चाई रहेका छन् । त्यतिमात्र नभएर लायन्स क्लबका नाममा खोलामाथि भवन बनाएर सटर भाडामा लगाई लाखौं रुपैयाँ प्रत्येक महिना उठाउने काम भईरहेको छ । यहाँका मठमन्दिर र सम्पदाहरुको संरक्षणमा पनि सम्बन्धित निकायको खासै ध्यान पुग्न सकेको छैन । भएका मठमन्दिरहरुको जमिन अतिक्रमणको चपेटामा परेको छ । केही मठमन्दिरलाई सीमित व्यक्ति र व्यापारीले आफ्नो शक्ति केन्द्रका रुपमा प्रयोग गर्दै आईरहेका छन् ।
सार्वजनिक जमिन, प्राकृतिक स्रोत साधनको दोहनलाई नियन्त्रण गर्न नवनिर्वाचित मेयर धनराज आचार्यलाई फलामको चिउरा सावित हुने निश्चित छ । तर कुनै पनि गिरोह, महानगरपालिका कैं कर्मचारीको जालोमा नपरी काम गर्ने हो भने यसको संरक्षणमा ठोस पहल गर्न अवश्य सकिनेछ । हेरौं, नवनिर्वाचित मेयर धनराज आचार्य पोखराको सार्वजनिक जमिन र प्राकृतिक सम्पदाको रक्षामा अब्बल ठहरिने छन् कि उहीँ मेयर जिसी कैं पथमा हिड्नेछन्, त्यो समयले नै देखाउने छ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ