
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा, १० साउन । नेपाल प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) कास्कीको छैटौँ जिल्ला सम्मेलनबाट अधिवक्ता रुद्रलाल कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित भएको छ। पोखरामा शुक्रबार सम्पन्न सम्मेलनले आगामी दुई वर्षका लागि कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा हरि पण्डित, सचिवमा अनुप पौडेल, महिला सचिवमा ईश्वरी पौडेल र कोषाध्यक्षमा विनका शर्मा चयन भएका छन्। यसैगरी, कार्यसमिति सदस्यहरूमा रामबहादुर हमाल, सुजाता कोइराला, करुणा अधिकारी, बुद्धि सुवेदी र कविता अधिकारीलगायत रहेका छन् भने बाँकी सदस्यहरू कार्यसमितिले मनोनीत गर्ने अध्यक्ष कुँवरले जानकारी दिएका छन्।
पिपिएलए नेपालका महासचिव अधिवक्ता भुवन निरौलाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेकपा (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, डिएलए कास्कीका अध्यक्ष अधिवक्ता कमल पौडेल र आरपिएलए-एसपिएलए संयुक्त गण्डकी प्रदेश सचिव अधिवक्ता युवराज पराजुलीलगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
सम्मेलनको अवसर पारेर पोखरालाई कार्यक्षेत्र बनाई लामो समयदेखि वकालत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने वरिष्ठ अधिवक्ताद्वय रामप्रसाद घिमिरे, गोविन्द शर्मा पौडेल र राघवलाल वैद्यलाई सम्मान गरिएको थियो। साथै, पिपिएलए कास्कीको कार्यसमितिमा रही उत्कृष्ट कार्यसम्पादन गरेका अधिवक्ताद्वय ईश्वरी पौडेल र अनुप पौडेललाई समेत सम्मानित गरिएको थियो। निर्वाचन समितिका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरि सुवेदी, नारायण शर्मा तथा अधिवक्ताहरू कमल अर्याल, भुवन पराजुली र सोम श्रेष्ठले निर्वाचन प्रक्रियाको सहजीकरण गरेका थिए। पिपिएलए कास्कीका अध्यक्ष मदनप्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
नवनिर्वाचित अध्यक्ष कुँवरको संक्षिप्त चिनारी :
विसं २०५१ मा अध्ययनको सिलसिलामा पर्वतबाट पोखरा आएका नवनिर्वाचित अध्यक्ष रुद्रलाल कुँवर हाल पोखरा महानगरपालिका वडा नं ७ का स्थायी बासिन्दा हुन्। कानूनशास्त्र, समाजशास्त्र र नेपाली विषयमा स्नातकोत्तर हासिल गरेका कुँवर पोखराका एक मिजासिला, जुझारु र चलायमान अधिवक्ताका रूपमा परिचित छन्। यसअघि कास्की जिल्ला बार एसोसिएशनका सदस्य तथा पिपिएलए कास्कीका सचिवको जिम्मेवारी सफलतापूर्वक निभाएका उनीसँग विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा कानूनी सल्लाहकारको रूपमा काम गरेको लामो अनुभव छ।

अध्यक्ष रुद्र कुँवर
व्यावसायिक कानूनकर्मका साथै सामाजिक तथा आध्यात्मिक क्षेत्रमा समेत सक्रिय कुँवर विभिन्न सङ्घसंस्थामा आबद्ध छन्। उनी डिभाईन युथ क्लब कास्कीका पूर्वअध्यक्ष, कुँवर समाज नेपाल कास्कीका वर्तमान अध्यक्ष र फलेवास पोखरा सम्पर्क समाजका संस्थापक सल्लाहकार हुन्। सरल र परोपकारी स्वभावका बहुआयामिक व्यक्तित्व कुँवरको नेतृत्वमा सङ्गठनले थप व्यावसायिक दक्षता हासिल गर्ने विश्वास गरिएको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो