
१चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १२ साउन । कास्की क्षेत्र नं. २ का संघीय सभासद उत्तम प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यबीच सुकुम्बासी व्यवस्थापन तथा पोखरा बसपार्क निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा तीखो विवाद सुरु भएको छ। सांसद पौडेलले बसपार्क क्षेत्रका सुकुम्बासीलाई केही महिनाभित्रै लालपुर्जा बाँडिने आश्वासन दिएपछि मेयर आचार्यले खुला पत्रमार्फत आपत्ति जनाउँदा यो विषयले उग्र रूप लिएको हो।
रास्वपाबाट निर्वाचित सांसद पौडेलले भूमिहीन दलित, अव्यवस्थित बस्ती र सुकुम्बासीलाई एकैपटक तथा आफ्नै सरकारको पालामा लालपुर्जा वितरण गर्ने बताएका थिए। यसप्रति प्रतिक्रिया दिँदै मेयर आचार्यले स्थानीय सरकार सञ्चालन ऐन अध्ययन गर्न आग्रह गरेका छन्। उनले महानगरले कानुनबमोजिम २० हजार १ सय ६ परिवारलाई पहिल्यै निस्सा वितरण गरिसकेको र लालपुर्जा वितरणको स्पष्ट कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन्।
मेयर आचार्यले भनेका छन्, ‘यदि घर–घरमा लालपुर्जा बाँड्न सम्भव छ भने स्पष्ट योजना सार्वजनिक गर्नुहोस्। अन्यथा विधिसम्मत रूपमा अघि बढिरहेको बसपार्क निर्माण र सुकुम्बासी व्यवस्थापनमा अवरोध नगर्नुहोस्।’ उनले सांसदलाई सुकुम्बासी बस्तीमा गएर जनतालाई भ्रमित वा उत्तेजित पार्ने अभिव्यक्ति नदिनसमेत अनुरोध गरेका छन्।
मेयर आचार्यको स्टाटस आएलगत्तै रास्वपा कार्यकर्ता अभिमन्यू पाण्डेले सांसद पौडेलको पक्षमा कडा जवाफ दिएका छन्। पाण्डेले मेयरलाई कानुनको प्राविधिक आवरणभित्र जनताका आधारभूत अधिकार थिच्न खोजेको आरोप लगाउँदै भनेका छन्, ‘जनताले सांसदलाई कानुनी शब्दजालमा अल्झिन निर्वाचित गरेका होइनन्। विकासका नाममा दशकौँदेखि बसोबास गरेका नागरिकलाई डोजरको त्रास देखाउने शैली लोकतान्त्रिक हुन सक्दैन।’
उनले महाभारतकालीन विदुरको दृष्टान्त दिँदै न्यायको अपहरण भइरहेका बेला शक्तिमा बसेकाहरू प्राविधिक बहाना बनाएर मौन बस्न नहुने बताएका छन्। पाण्डेले सांसद पौडेलले बसपार्क निर्माणको विरोध नगरेको स्पष्ट पार्दै विकास र सम्मानजनक पुनर्वास एकसाथ लैजान सकिने जोड दिएका छन्। सांसद पौडेलले सुकुम्वासी, भूमिहिनहरुको व्यवस्थापन बिना जबरजस्ती हटाउने प्रक्रिया स्वीकार्य नहुने अडान सार्वजनिक गरेका छन् ।
एकातर्फ दशकौँदेखि रोकिएको बसपार्क निर्माणलाई कानुनसम्मत निष्कर्षमा पुर्याउनु पर्ने प्रशासनिक अडान छ भने अर्कातर्फ वर्षौँदेखि बसोबास गर्दै आएका भूमिहीनहरूको अधिकार र सुरक्षाको पक्षमा जनप्रतिनिधि उभिनु पर्ने माग उठेको छ। दुवै पक्षको यो शाब्दिक दोहोरीले पोखराको विकास र नागरिक अधिकारबीचको बहसलाई थप पेचिलो बनाएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’