
१चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
सर्लाही, १३ साउन । देशमा नयाँ पुस्ताको अपेक्षा बोकेको भनिएको ‘जेनजी’ सरकार गठन भए पनि नेपाली किसानको दयनीय अवस्थामा भने कुनै परिवर्तन आउन सकेको छैन। खेतीपातीको मुख्य सिजनमै रासायनिक मल नपाएर सास्ती भोगिरहेका अन्नदाता किसानहरू मल ल्याउन भारत जाँदा पक्राउ परी जेल जीवन बिताउन बाध्य हुनु वर्तमान सरकारको ठूलो असफलता र चरम लापरबाहीको पेचिलो उदाहरण बनेको छ।
सर्लाहीको बलरा नगरपालिकाका किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह नेपालमा समयमै मल नपाएपछि बाध्य भएर सीमावर्ती भारतीय बजार सोनवर्साबाट जम्मा २ बोरा युरिया र डीएपी मल किनेर फर्किँदै थिए। तर, आफ्नै खेतमा हाल्ने थोरै मल ल्याउने क्रममा उनीहरूलाई भारतीय सुरक्षा निकायले पक्राउ गर्यो।
अहिले उनीहरू कुनै आपराधिक गतिविधि वा तस्करीजस्तो ठूलो कसुरमा होइन, बल्कि सामान्य खेतीपातीका लागि मल जोहो गर्न खोज्दा बिहारको सीतामढीस्थित डुमरा जेलमा २० दिनभन्दा बढी समयदेखि बन्दी हुनुपरेको छ। यो घटनाले राज्यसत्तामा जोसुकै आए पनि नेपाली किसानको भाग्य र भविष्य सधैँ अन्धकार नै रहने हो भन्ने प्रश्न उब्जाएको छ।
यसैबीच, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय जेलमा रहेका यी दुई नेपाली किसानको अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्नुभएको छ।
‘मल गोदाममा र किसान जेलमा हुनु अत्यन्तै विडम्बना हो। समयमै र पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन नसक्दा वर्षौंदेखि हाम्रा अन्नदाता किसानहरूले खेतीपातीको मौसममा सास्ती भोग्न बाध्य भएका छन्।’
सरकारको प्रशासनिक असक्षमता, योजनाको अभाव र मल आपूर्ति व्यवस्थापनको कमजोरीका कारण नेपाली किसानहरूले सधैँ यस्ता दर्दनाक परिणाम भोग्नुपरेको आरोप कांग्रेसले लगाएको छ। उनीहरू व्यावसायिक तस्कर नभई आफ्नै खेतको माटो जोगाउन बाध्य भएका साधारण किसान हुन् भन्दै उनीहरूलाई तस्करको रूपमा हेर्न नहुने स्पष्ट पारिएको छ।
किसानहरू जेल परेको २० दिन बितिसक्दासमेत वर्तमान सरकारले उनीहरूको रिहाइका लागि प्रभावकारी कूटनीतिक र कानुनी पहल गर्न नसक्नु सरकारको अक्षमताको पराकाष्ठा हो।
नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई मध्यनजर गर्दै भारतीय पक्षसँग उच्च तहमा संवाद गरी ती किसानलाई तत्काल रिहा गर्न सरकारले कुनै तत्परता नदेखाउनुले देशका शासकहरूलाई किसानको पीडाप्रतिको संवेदनहीनता प्रष्ट पार्छ।
नयाँ राजनीतिक परिवर्तन र सरकार फेरबदलका दाबीहरू गरिए पनि धरातलीय यथार्थमा किसानहरूले भोगिरहेको सास्ती र अपमानजनक व्यवहारले वर्तमान सरकार पूर्ण रूपमा असफल भएको पुष्टि गरेको छ। तसर्थ, सरकारले तत्काल कूटनीतिक च्यानलमार्फत पहल गरेर भारतीय जेलमा रहेका निर्दोष किसानहरूको सकुशल रिहाइको व्यवस्था मिलाउनुपर्ने र आगामी दिनमा मल अभावको समस्या सदाका लागि अन्त्य गर्न ठोस कदम चाल्नुपर्ने दबाब बढेको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’