
१२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
२अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
३गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
४पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
५विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
६साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
७गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
८पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
९अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
१०श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
११भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
१२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
सर्लाही, १३ साउन । देशमा नयाँ पुस्ताको अपेक्षा बोकेको भनिएको ‘जेनजी’ सरकार गठन भए पनि नेपाली किसानको दयनीय अवस्थामा भने कुनै परिवर्तन आउन सकेको छैन। खेतीपातीको मुख्य सिजनमै रासायनिक मल नपाएर सास्ती भोगिरहेका अन्नदाता किसानहरू मल ल्याउन भारत जाँदा पक्राउ परी जेल जीवन बिताउन बाध्य हुनु वर्तमान सरकारको ठूलो असफलता र चरम लापरबाहीको पेचिलो उदाहरण बनेको छ।
सर्लाहीको बलरा नगरपालिकाका किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह नेपालमा समयमै मल नपाएपछि बाध्य भएर सीमावर्ती भारतीय बजार सोनवर्साबाट जम्मा २ बोरा युरिया र डीएपी मल किनेर फर्किँदै थिए। तर, आफ्नै खेतमा हाल्ने थोरै मल ल्याउने क्रममा उनीहरूलाई भारतीय सुरक्षा निकायले पक्राउ गर्यो।
अहिले उनीहरू कुनै आपराधिक गतिविधि वा तस्करीजस्तो ठूलो कसुरमा होइन, बल्कि सामान्य खेतीपातीका लागि मल जोहो गर्न खोज्दा बिहारको सीतामढीस्थित डुमरा जेलमा २० दिनभन्दा बढी समयदेखि बन्दी हुनुपरेको छ। यो घटनाले राज्यसत्तामा जोसुकै आए पनि नेपाली किसानको भाग्य र भविष्य सधैँ अन्धकार नै रहने हो भन्ने प्रश्न उब्जाएको छ।
यसैबीच, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय जेलमा रहेका यी दुई नेपाली किसानको अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्नुभएको छ।
‘मल गोदाममा र किसान जेलमा हुनु अत्यन्तै विडम्बना हो। समयमै र पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन नसक्दा वर्षौंदेखि हाम्रा अन्नदाता किसानहरूले खेतीपातीको मौसममा सास्ती भोग्न बाध्य भएका छन्।’
सरकारको प्रशासनिक असक्षमता, योजनाको अभाव र मल आपूर्ति व्यवस्थापनको कमजोरीका कारण नेपाली किसानहरूले सधैँ यस्ता दर्दनाक परिणाम भोग्नुपरेको आरोप कांग्रेसले लगाएको छ। उनीहरू व्यावसायिक तस्कर नभई आफ्नै खेतको माटो जोगाउन बाध्य भएका साधारण किसान हुन् भन्दै उनीहरूलाई तस्करको रूपमा हेर्न नहुने स्पष्ट पारिएको छ।
किसानहरू जेल परेको २० दिन बितिसक्दासमेत वर्तमान सरकारले उनीहरूको रिहाइका लागि प्रभावकारी कूटनीतिक र कानुनी पहल गर्न नसक्नु सरकारको अक्षमताको पराकाष्ठा हो।
नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई मध्यनजर गर्दै भारतीय पक्षसँग उच्च तहमा संवाद गरी ती किसानलाई तत्काल रिहा गर्न सरकारले कुनै तत्परता नदेखाउनुले देशका शासकहरूलाई किसानको पीडाप्रतिको संवेदनहीनता प्रष्ट पार्छ।
नयाँ राजनीतिक परिवर्तन र सरकार फेरबदलका दाबीहरू गरिए पनि धरातलीय यथार्थमा किसानहरूले भोगिरहेको सास्ती र अपमानजनक व्यवहारले वर्तमान सरकार पूर्ण रूपमा असफल भएको पुष्टि गरेको छ। तसर्थ, सरकारले तत्काल कूटनीतिक च्यानलमार्फत पहल गरेर भारतीय जेलमा रहेका निर्दोष किसानहरूको सकुशल रिहाइको व्यवस्था मिलाउनुपर्ने र आगामी दिनमा मल अभावको समस्या सदाका लागि अन्त्य गर्न ठोस कदम चाल्नुपर्ने दबाब बढेको छ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन