News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ

पोखरा, ९ साउन । सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख र मेकानिकल अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन प्रमुख अनुपमा ढकाल र छैटौँ तहका मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुससहित डिभिजन प्रमुखको क्वार्टरबाटै नियन्त्रणमा लिएको हो।

बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न भएपछि सो बापतको रकम भुक्तानी गर्ने क्रममा उनीहरूले सेवाग्राहीलाई अनावश्यक दुःख दिई घुस मागेका थिए। सोही सूचना र सेवाग्राहीको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको विशेष टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

अख्तियारको टोलीले डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा घुसबापत लिइएको ७ लाख ५० हजार रुपैयाँका साथै स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ नगद समेत फेला पारेको थियो। अनुसन्धानका लागि उनीहरूको साथबाट तीनवटा मोबाइलसमेत बरामद गरिएको अख्तियारले जनाएको छ।