
१स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
२कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
३उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
४रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
५कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
६लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
७कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
१०एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
११बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१२श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
नम्रता बराल
पूर्वीय सनातन धर्म संस्कृतिमा गुरु पूर्णिमाको निकै ठूलो महत्व रहदै आएको छ । अषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा पर्वको रुपमा हिन्दू, बौद्ध, जैन लगायतका व्यवसायीहरुले आ आफ्ना गुरुहरू प्रति श्रद्धाभाव प्रकट गरि विशेष रुपमा मनाउने प्रचलन रहि आएको छ । गुरुको संस्कृत अर्थ “गु” भनेको अन्धकार र “रु” भनेको प्रकाश हो । जसले अँध्यारो हटाएर उज्यालो तर्फ लैजान्छ त्यो नै गुरु हो । अथवा अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेवाला नै गुरु हो । त्यसैले गुरुलाई ” गुरु ब्रह्मा गुरु विष्णु: गुरुर्देवो महेश्वर: गुरु साक्षात् परब्रह्मा तस्मै श्री गुरुवे नम “! अर्थात गुरु नै ब्रह्मा, विष्णु र महेश्वर हुन। गुरु साक्षात् परब्रह्मा हुन । गुरुको यथार्थ स्वरूप नै ब्रह्मा हो भनिएको छ ।
पूर्वीय दर्शनमा गुरुको महत्व अपरम्पार छ । मातापिताको दर्जा समेत गुरुलाई दिइएको छ । “त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव त्वमेव विद्या द्रविण त्वमेव, त्वमेव सर्व मम देव देव ! यहाँ गुरुलाई सर्वेसर्वा मानिएको छ । गुरु बिनाको जीवनलाई हामी कल्पना पनि गर्न नसकिने देखिन्छ । जीवनमा जे जति ग्रहण गरिन्छ ती सबै नै गुरुको अनुग्रहबाट मात्र सम्भव रहने कुरा विभिन्न शास्त्रहरूमा बताइएको छ । आजैको दिनलाई हामीले ब्यास जयन्तीका रुपामा पनि मनाउँछौ । बेद व्यासको जन्म तनहुँको ब्यास गुफामा भएको लोकोत्ती छ ।
उनै ब्यासले अठार पुराण लगायत बेदलाई चार भागमा बिभाजन गर्ने काम पनि गरे । पुराणहरुमा प्रसिद्ध श्रीमद्भागवत महापुराणमा द्रोणाचार्य, अर्जुन र एकलब्ये को प्रसङ्गले त्यो वेलाको शिक्षा प्रणालीको अवगत गराउछ। त्यो समय शिक्षा आर्जन गर्न गुरुकुलमा गएर अध्यापन गर्नु पर्ने प्रचलन रहेको देखिन्छ । गुरुले शिष्य स्विकार गरेर मात्र अध्ययन अध्यापन गराउने कुरा त्रेताका राम र द्वापरका कृष्ण समेतले गुरुकुलिय शिक्षा प्राप्त गरेको बाट बुझ्न सकिन्छ । गुरु प्रति पूर्ण निष्ठाका साथ समर्पित भएर शिक्षा आर्जन गरेका कुराहरु हामीले पुराणहरूबाट बुझ सक्दछ । यसै शिलशिलामा श्री कृष्णले अर्जुनलाई निमित/पात्र बनाएर गीतामा ” श्रद्धावान् लभते ज्ञान — भनेर उपदेश प्रदान गर्नु भएको छ।
गुरु शिष्य परम्परामा गुरु र शिष्य बिचको सम्बन्ध निकै प्रगाढ हुनु पर्ने बुझिन्छ । प्रगाढ सम्बन्ध बिना वा मनमा गहिरो आत्मीयता नभए सम्म गुरुले शिष्यलाई ज्ञान दिन नसकिने प्रसङ्गहरू महाभारतमा पढ पाइन्छ । यसरी शास्त्र सम्मत हेर्दा पनि गुरुको महत्व निकै महत्वपूर्ण रहेकोले पनि हामीले यस दिनलाई पर्वका रुपमा मनाउने गर्दछौँ । यो दिनलाई विशेष बनाउन शिष्यहरूले गुरुलाई फूलमाला वस्त्र भेटी दिएर आफू कृतज्ञ बनेको आभाष गर्दछन् ।
गुरुको आध्यात्मिक चर्चा संगै प्राज्ञिक चर्चा गर्नु सान्दर्भिक हुन्छ। यसरी अध्यापन गर्ने गुरुलाई प्रोफेसर, लेक्चर, शिक्षक आदिले सम्बोधन गरिन्छ। हाम्रो जीवन सफल बनाउन मार्ग निर्देश गर्ने ब्यक्तिलाई हामी गुरु पूर्णिमाको दिन मान सम्मान कृतज्ञता प्रकट गर्दछौँ । पावेलले विद्यार्थीलाई – बिरुवा, शिक्षकलाई- माली र विद्यालयलाई-बगैँचाको उपमा दिएका छन् भने रुसोले ” बालक स्वतन्त्र जन्मन्छन् उसलाई स्वतन्त्र रुपमा सिक्न दिनुपर्छ ” भनेका छन् । सिकाइलाई प्रभावकारी बनाउनको निम्ति शिक्षकमा ब्यक्तिगत गुण र सामाजिक गुणहरू आर्कषक ब्यक्तित्व, आत्मविश्वासी, नैतिक तथा चरित्रवान्, स्पष्ट वक्ता, नेतृत्व गर्ने क्षमता र समूदायको ज्ञान भएको हुनुपर्छ ।
शिक्षण विधि, प्रविधिको ज्ञान लगायतमा पोख्त हुनु पनि जरुरी छ । नभए भौतिक साधन र यथेष्ट शैक्षिक सामाग्री शिक्षण सिकाइमा प्रभाबकारी बन्न सक्दैनन् । जबसम्म ती श्रोत साधनलाई समुचित प्रयोग गर्न सक्ने व्यक्तिमा योग्यता/सक्षमता हुदैन । यहाँ शैक्षिक सामाग्री प्रयोग गर्ने ब्यक्ति सक्षम भएमा मात्र उलेख्य परिवर्तन ल्याउन सकिन्छ । त्यसैले शिक्षकहरु परिवर्तनका संवाहक हुन् । ब्यक्ति सफल वा असफल हुने कुरा शिक्षकले दिएको शिक्षामा पनि निर्भर गर्दछ ।
यसरी तुलनात्मक रुपमा हेर्दा आध्यात्मिक गुरुले शिष्यलाई आफूसँग भएको ज्ञानलाई सनिपात (टास्फर्म) दृष्टिको माध्यमबाट, स्पर्शको माध्यमबाट, मन्त्रको माध्यमबाट वा अरु कुनै माध्यमबाट गर्न सक्ने हुँदा शिष्यलाई गुरुले आफै बनाउन सफल भएको देख्न सकिन्छ भने प्राज्ञिक गुरुले ब्यक्तिको जीवन निर्वाहको जोहो राम्रोसंग गर्न सक्ने हैसियत सम्म बनाउन मद्धत गर्ने देखिन्छ । अहिलेको समाजले हरेक कुरालाई आर्थिक पक्षसँग जोडेर हेर्न थालेको देखिन्छ जसले गर्दा गुरु शिष्य परम्परामा व्यापक परिवर्तन आएको पाईन्छ ।
पहिला गुरुकुलमा गुरुले निशुल्क उपलब्ध गराउने शिक्षा अहिले बिस्थापित हुँदै महँगा स्कुलहरुमा रुपान्तरण भएका छन् । आजकै दिन बि पी जयन्ती पनि परेको हुँदा गुरु पूर्णिमाको चर्चा संगै बि पि को चर्चा पनि संगै गर्दा उचित नै होला भन्ने लाग्छ । बि पि नेपालका प्रथम जन निर्वाचित प्रधान मन्त्री तथा लामो समय नेपाली कांग्रेसको सकृय राजनीतिज्ञ मात्र नभई नेपाली साहित्यका उज्वल नक्षत्र समेत हुन् ।
त्यसैले पनि विश्वेश्वरप्रसाद कोइराला (बिपी)को जन्म जयन्तीलाई यो लेखमा समेट्न मनासिव लाग्यो । गुरु पूर्णिमा र बिपी जयन्ती एकसाथ मनाई रहँदा उनको आस्थाप्रति पक्कै अन्याय हुने छैन । बिपीलाई साक्षात्कार गर्न नपाए पनि उनका विचार अध्ययन गर्दै हुर्किएको हाम्रो पुस्ताले गर्वले नाम लिन सक्ने एक मात्र नाम बिपी कोइराला हो भन्नुमा अतिशयोक्ति नहोला।
उनी बहुआयामिक र दूरदर्शि नेता त थिए नै नेपाली साहित्यमा यौन मनोवैज्ञानिक कथालाई भित्र्याउने साहित्यकार पनि थिए । श्वेत भैरवी, दोषी चस्मा जस्ता प्रख्यात कथा लगायत सुम्निमा, तीन घुम्ती, मोदी आइन र नरेन्द्र दाइ लगायतका उपन्यासका साथै अन्य कृति प्रकाशित छन् । जेल जर्नल र आफ्नो कथामा बिपीलाई सर्लक्क निल्न सकिन्छ । उहाँलाई एउटा ब्यक्ति भन्दा समग्र विचारहरूको पुञ्ज मान्न सकिन्छ । उहाँले राष्ट्रियताको बारेमा स्पष्ट शब्दमा भन्नू भएको छ । “राष्ट्रियता भनेको भूगोल मात्र होइन, माटो मात्र होइन, त्यो यथार्थमा जनता हो । राष्ट्रियता केवल भूगोलसङ्ग मात्र सम्बन्धित हुदैन यो समग्र रुपमा जनतासँग सम्बन्धित हुन्छ । राष्ट्रियता भन्नासाथ जनताको हक अधिकारसँग सम्बन्धित हुन्छ । जुन कामले जनताको हक अधिकारको रक्षण गर्दछ त्यो काम राष्ट्रिय हुन्छ ।”
“साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ” भन्ने बिपी कोइरालाले साहित्यिक र राजनितिक जीवनसँगैं बाँच्दैं गर्दा पनि साहित्यमा राजनीतिको गन्ध प्रवेश गराएको पाइदैन यो नै उहाँको बहुआयामिक खुबी हो । तर उहाँ भन्नुहुन्थ्यो-“साहित्य कहिल्यै सोझो बाटो हिँड्दैन अर्थात लेखिँदैन” यसले कता कता घुमाउरो रुपमा सकेत गरेको हो कि भनेर अनुमान भने लगाउन सकिन्छ । यसरी उहाँले आफ्ना विचार मार्फत हामीलाई सशक्त तुल्याउने कोशिस गर्नु भएको छ ।
अन्तत: प्रत्यक्ष अप्रत्यक्ष रुपमा ज्ञान प्रदान गर्ने समस्त गुरुवरहरुलाई सतत नमन गर्दै श्रद्धाको पुष्पाञ्जलि अर्पण गर्नुपूर्व मनको गहिरो तहमा विराजित गुरु र चेतनाको बिपीलाई शब्द पुष्पाञ्जलि अर्पण गर्दछु । बिपीले भने मुताबिक “ठूलो मान्छे होइन असल मान्छे” बन्न हामी सबैलाई गुरुकृपा मिलिरहोस् । इति:
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा