
१मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
३मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
४ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
७राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
८मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
९ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
१०आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१२आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
नम्रता बराल
पूर्वीय सनातन धर्म संस्कृतिमा गुरु पूर्णिमाको निकै ठूलो महत्व रहदै आएको छ । अषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा पर्वको रुपमा हिन्दू, बौद्ध, जैन लगायतका व्यवसायीहरुले आ आफ्ना गुरुहरू प्रति श्रद्धाभाव प्रकट गरि विशेष रुपमा मनाउने प्रचलन रहि आएको छ । गुरुको संस्कृत अर्थ “गु” भनेको अन्धकार र “रु” भनेको प्रकाश हो । जसले अँध्यारो हटाएर उज्यालो तर्फ लैजान्छ त्यो नै गुरु हो । अथवा अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेवाला नै गुरु हो । त्यसैले गुरुलाई ” गुरु ब्रह्मा गुरु विष्णु: गुरुर्देवो महेश्वर: गुरु साक्षात् परब्रह्मा तस्मै श्री गुरुवे नम “! अर्थात गुरु नै ब्रह्मा, विष्णु र महेश्वर हुन। गुरु साक्षात् परब्रह्मा हुन । गुरुको यथार्थ स्वरूप नै ब्रह्मा हो भनिएको छ ।
पूर्वीय दर्शनमा गुरुको महत्व अपरम्पार छ । मातापिताको दर्जा समेत गुरुलाई दिइएको छ । “त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव त्वमेव विद्या द्रविण त्वमेव, त्वमेव सर्व मम देव देव ! यहाँ गुरुलाई सर्वेसर्वा मानिएको छ । गुरु बिनाको जीवनलाई हामी कल्पना पनि गर्न नसकिने देखिन्छ । जीवनमा जे जति ग्रहण गरिन्छ ती सबै नै गुरुको अनुग्रहबाट मात्र सम्भव रहने कुरा विभिन्न शास्त्रहरूमा बताइएको छ । आजैको दिनलाई हामीले ब्यास जयन्तीका रुपामा पनि मनाउँछौ । बेद व्यासको जन्म तनहुँको ब्यास गुफामा भएको लोकोत्ती छ ।
उनै ब्यासले अठार पुराण लगायत बेदलाई चार भागमा बिभाजन गर्ने काम पनि गरे । पुराणहरुमा प्रसिद्ध श्रीमद्भागवत महापुराणमा द्रोणाचार्य, अर्जुन र एकलब्ये को प्रसङ्गले त्यो वेलाको शिक्षा प्रणालीको अवगत गराउछ। त्यो समय शिक्षा आर्जन गर्न गुरुकुलमा गएर अध्यापन गर्नु पर्ने प्रचलन रहेको देखिन्छ । गुरुले शिष्य स्विकार गरेर मात्र अध्ययन अध्यापन गराउने कुरा त्रेताका राम र द्वापरका कृष्ण समेतले गुरुकुलिय शिक्षा प्राप्त गरेको बाट बुझ्न सकिन्छ । गुरु प्रति पूर्ण निष्ठाका साथ समर्पित भएर शिक्षा आर्जन गरेका कुराहरु हामीले पुराणहरूबाट बुझ सक्दछ । यसै शिलशिलामा श्री कृष्णले अर्जुनलाई निमित/पात्र बनाएर गीतामा ” श्रद्धावान् लभते ज्ञान — भनेर उपदेश प्रदान गर्नु भएको छ।
गुरु शिष्य परम्परामा गुरु र शिष्य बिचको सम्बन्ध निकै प्रगाढ हुनु पर्ने बुझिन्छ । प्रगाढ सम्बन्ध बिना वा मनमा गहिरो आत्मीयता नभए सम्म गुरुले शिष्यलाई ज्ञान दिन नसकिने प्रसङ्गहरू महाभारतमा पढ पाइन्छ । यसरी शास्त्र सम्मत हेर्दा पनि गुरुको महत्व निकै महत्वपूर्ण रहेकोले पनि हामीले यस दिनलाई पर्वका रुपमा मनाउने गर्दछौँ । यो दिनलाई विशेष बनाउन शिष्यहरूले गुरुलाई फूलमाला वस्त्र भेटी दिएर आफू कृतज्ञ बनेको आभाष गर्दछन् ।
गुरुको आध्यात्मिक चर्चा संगै प्राज्ञिक चर्चा गर्नु सान्दर्भिक हुन्छ। यसरी अध्यापन गर्ने गुरुलाई प्रोफेसर, लेक्चर, शिक्षक आदिले सम्बोधन गरिन्छ। हाम्रो जीवन सफल बनाउन मार्ग निर्देश गर्ने ब्यक्तिलाई हामी गुरु पूर्णिमाको दिन मान सम्मान कृतज्ञता प्रकट गर्दछौँ । पावेलले विद्यार्थीलाई – बिरुवा, शिक्षकलाई- माली र विद्यालयलाई-बगैँचाको उपमा दिएका छन् भने रुसोले ” बालक स्वतन्त्र जन्मन्छन् उसलाई स्वतन्त्र रुपमा सिक्न दिनुपर्छ ” भनेका छन् । सिकाइलाई प्रभावकारी बनाउनको निम्ति शिक्षकमा ब्यक्तिगत गुण र सामाजिक गुणहरू आर्कषक ब्यक्तित्व, आत्मविश्वासी, नैतिक तथा चरित्रवान्, स्पष्ट वक्ता, नेतृत्व गर्ने क्षमता र समूदायको ज्ञान भएको हुनुपर्छ ।
शिक्षण विधि, प्रविधिको ज्ञान लगायतमा पोख्त हुनु पनि जरुरी छ । नभए भौतिक साधन र यथेष्ट शैक्षिक सामाग्री शिक्षण सिकाइमा प्रभाबकारी बन्न सक्दैनन् । जबसम्म ती श्रोत साधनलाई समुचित प्रयोग गर्न सक्ने व्यक्तिमा योग्यता/सक्षमता हुदैन । यहाँ शैक्षिक सामाग्री प्रयोग गर्ने ब्यक्ति सक्षम भएमा मात्र उलेख्य परिवर्तन ल्याउन सकिन्छ । त्यसैले शिक्षकहरु परिवर्तनका संवाहक हुन् । ब्यक्ति सफल वा असफल हुने कुरा शिक्षकले दिएको शिक्षामा पनि निर्भर गर्दछ ।
यसरी तुलनात्मक रुपमा हेर्दा आध्यात्मिक गुरुले शिष्यलाई आफूसँग भएको ज्ञानलाई सनिपात (टास्फर्म) दृष्टिको माध्यमबाट, स्पर्शको माध्यमबाट, मन्त्रको माध्यमबाट वा अरु कुनै माध्यमबाट गर्न सक्ने हुँदा शिष्यलाई गुरुले आफै बनाउन सफल भएको देख्न सकिन्छ भने प्राज्ञिक गुरुले ब्यक्तिको जीवन निर्वाहको जोहो राम्रोसंग गर्न सक्ने हैसियत सम्म बनाउन मद्धत गर्ने देखिन्छ । अहिलेको समाजले हरेक कुरालाई आर्थिक पक्षसँग जोडेर हेर्न थालेको देखिन्छ जसले गर्दा गुरु शिष्य परम्परामा व्यापक परिवर्तन आएको पाईन्छ ।
पहिला गुरुकुलमा गुरुले निशुल्क उपलब्ध गराउने शिक्षा अहिले बिस्थापित हुँदै महँगा स्कुलहरुमा रुपान्तरण भएका छन् । आजकै दिन बि पी जयन्ती पनि परेको हुँदा गुरु पूर्णिमाको चर्चा संगै बि पि को चर्चा पनि संगै गर्दा उचित नै होला भन्ने लाग्छ । बि पि नेपालका प्रथम जन निर्वाचित प्रधान मन्त्री तथा लामो समय नेपाली कांग्रेसको सकृय राजनीतिज्ञ मात्र नभई नेपाली साहित्यका उज्वल नक्षत्र समेत हुन् ।
त्यसैले पनि विश्वेश्वरप्रसाद कोइराला (बिपी)को जन्म जयन्तीलाई यो लेखमा समेट्न मनासिव लाग्यो । गुरु पूर्णिमा र बिपी जयन्ती एकसाथ मनाई रहँदा उनको आस्थाप्रति पक्कै अन्याय हुने छैन । बिपीलाई साक्षात्कार गर्न नपाए पनि उनका विचार अध्ययन गर्दै हुर्किएको हाम्रो पुस्ताले गर्वले नाम लिन सक्ने एक मात्र नाम बिपी कोइराला हो भन्नुमा अतिशयोक्ति नहोला।
उनी बहुआयामिक र दूरदर्शि नेता त थिए नै नेपाली साहित्यमा यौन मनोवैज्ञानिक कथालाई भित्र्याउने साहित्यकार पनि थिए । श्वेत भैरवी, दोषी चस्मा जस्ता प्रख्यात कथा लगायत सुम्निमा, तीन घुम्ती, मोदी आइन र नरेन्द्र दाइ लगायतका उपन्यासका साथै अन्य कृति प्रकाशित छन् । जेल जर्नल र आफ्नो कथामा बिपीलाई सर्लक्क निल्न सकिन्छ । उहाँलाई एउटा ब्यक्ति भन्दा समग्र विचारहरूको पुञ्ज मान्न सकिन्छ । उहाँले राष्ट्रियताको बारेमा स्पष्ट शब्दमा भन्नू भएको छ । “राष्ट्रियता भनेको भूगोल मात्र होइन, माटो मात्र होइन, त्यो यथार्थमा जनता हो । राष्ट्रियता केवल भूगोलसङ्ग मात्र सम्बन्धित हुदैन यो समग्र रुपमा जनतासँग सम्बन्धित हुन्छ । राष्ट्रियता भन्नासाथ जनताको हक अधिकारसँग सम्बन्धित हुन्छ । जुन कामले जनताको हक अधिकारको रक्षण गर्दछ त्यो काम राष्ट्रिय हुन्छ ।”
“साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ” भन्ने बिपी कोइरालाले साहित्यिक र राजनितिक जीवनसँगैं बाँच्दैं गर्दा पनि साहित्यमा राजनीतिको गन्ध प्रवेश गराएको पाइदैन यो नै उहाँको बहुआयामिक खुबी हो । तर उहाँ भन्नुहुन्थ्यो-“साहित्य कहिल्यै सोझो बाटो हिँड्दैन अर्थात लेखिँदैन” यसले कता कता घुमाउरो रुपमा सकेत गरेको हो कि भनेर अनुमान भने लगाउन सकिन्छ । यसरी उहाँले आफ्ना विचार मार्फत हामीलाई सशक्त तुल्याउने कोशिस गर्नु भएको छ ।
अन्तत: प्रत्यक्ष अप्रत्यक्ष रुपमा ज्ञान प्रदान गर्ने समस्त गुरुवरहरुलाई सतत नमन गर्दै श्रद्धाको पुष्पाञ्जलि अर्पण गर्नुपूर्व मनको गहिरो तहमा विराजित गुरु र चेतनाको बिपीलाई शब्द पुष्पाञ्जलि अर्पण गर्दछु । बिपीले भने मुताबिक “ठूलो मान्छे होइन असल मान्छे” बन्न हामी सबैलाई गुरुकृपा मिलिरहोस् । इति:
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष