
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ७ साउन । सरकारले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई प्रदान गर्दै आएको सहुलियतलाई थप दुई वर्ष निरन्तरता दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८५ भदौ मसान्तसम्मका लागि ती दुवै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरूलाई दिइँदै आएको विभिन्न शुल्क छुटको सुविधा लम्ब्याउने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क पूर्णरूपमा छुट दिने निर्णय पारित गरेको छ। यसका साथै, विमानस्थलमा प्रवाह हुने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा समेत ५० प्रतिशत छुट दिने मन्त्रालयको प्रस्तावलाई सरकारले स्वीकृत गरेको छ।
सरकारको यस निर्णयलाई पर्यटन व्यवसायी तथा स्थानीय बासिन्दाहरूले सकारात्मक कदम भन्दै स्वागत गरेका छन्। यो सहुलियतले पोखरा(दुबई जस्ता गन्तव्यहरूमा नियमित उडान विस्तार गर्न र नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई नेपाल भित्र्याउन सहज वातावरण बनाउने विश्वास लिइएको छ।
उक्त निर्णयप्रति खुसी व्यक्त गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो समयदेखिको पहल र समन्वयपछि आएको यो कदम पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार र समग्र आर्थिक गतिविधिका लागि कोसेढुङ्गा साबित हुने बताए। उनले निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल र मन्त्रालय परिवारप्रति आभार व्यक्त गरेका छन्।