
१चुनावी मैदानमा विप्लव
२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
३पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
४जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
८माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
९रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१०प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
बेनी, ६ फागुन । म्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले समयसापेक्ष रूपमा अध्यापन हुने विषयको दायरालाई बढाउँदै लगेको छ । क्याम्पसले पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर र सूचना प्रविधि विषयमा अध्यापन गराउने तयारी गरेको हो ।
बिहीबार क्याम्पसमा आयोजित अन्तक्र्रिया कार्यक्रममा समय सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले जुनसुकै विषय लिएर प्लस टु उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्ने गरी स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषय (बिआइसिटीई)को अध्यापन गराउन लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्याम्पसले स्नातक तहमै शिक्षा सङ्कायमा विज्ञान विषयमा समेत अध्यापन गराउने भएको छ । जिल्लामा अत्यावश्यक र रोजागरको सम्भावना भएकाले कम्युटर र सूचना प्रविधि तथा विज्ञान विषयको अध्यापन गराउन लागिएको उहाँको भनाइ छ । अध्ययनका लागि कक्षा १२ मा न्यूनतम २.०१ ‘सी’ जिपिए प्राप्त र विज्ञान विषय लिएर पढेको वा विज्ञान सङ्कायमा अध्ययन गरेका विद्यार्थीले आवेदन दिनसक्ने क्याम्पसले जनाएको छ ।
स्थानतक तहमा कम्प्युटर र सूचना प्रविधि विषयमा धवलागिरिमै पहिलोपटक म्याग्दी क्याम्पसले अध्यापन गराउन लागेको क्याम्पसका निमित्त क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । यस वर्ष ३५ जनाको कोटा रहेकामा अहिलेसम्म १२ जना सम्पर्कमा आइसकेका र यही फागुन १० गतेसम्म नियमित तथा फागुन १५ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने उहाँले बताउनुभयो ।
अध्ययन गर्न आउने विद्यार्थीलाई सुविधासम्पन्न छात्राबास भएकाले रोजगारमा कार्यरत र बाहिर जिल्लाबाट अध्ययनका लागि आउनेले समेत आवेदन दिएर भर्ना हुन सक्नेछन् । आठ सेमेस्टरमा चारवर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने क्याम्पसले जनाएको छ ।
विश्वविद्यालय अनुदान आयोगबाट (क्युएए) को प्रमाणपत्र प्राप्त क्याम्पसले यस अगाडि व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको पठनपाठन गर्दै आएको छ भने शिक्षा र मानविकी विषयमा स्नातकोत्तर तहको पठनपाठन गराउने तयारीसमेत गरेको छ । क्याम्पस सञ्चालक समितिले क्याम्पसको भौतिक तथा शैक्षिक व्यवस्थापन र थप प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरी कार्यविधि बनाएर अघि बढेको सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विसं २०४८ पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल प्लस टु र स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको पढाइ हुँदै आइरहेको छ । यहाँ करिब एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने