
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
दार्चुला, ६ फागुन । अपिहिमाल गाउँपालिका–५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्नुहुन्छ । गाउँपालिका केन्द्रसम्म सडक नपुगेकै कारण उहाँले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने गर्नुभएको छ ।
गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि चाहिने सरिया बोकेर उहाँ दिनहुँ यहाँ पुग्ने गर्नुहुन्छ । त्यसबाहेक उहाँले स्थानीयदेखि व्यापारिक सामान बोकेर दिनहुँ गाउँपालिकाका खण्डेश्वरी, घुसालगायतका क्षेत्रमा पुग्ने गरेको बताउनुभयो ।
श्रीमान् धीरेन्द्रसिंह धामी पनि उहाँसँगै भारी बोक्ने काम गर्नुहुन्छ । “श्रीमान्–श्रीमती दुवै मिलेर भारी बोकेर परिवारको खर्च जोहो गर्ने गरेका छौँ, रोजगारीको अर्को विकल्प नभएपछि अप्ठ्यारो भारी बोक्नुपरेको छ”, उहाँ भन्नुहुन्छ । स्थानीय सरकार गठन भएको पाँच वर्षसम्म गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले नजोडिएको यो गाउँपालिका हो । विटुले–पारिबगर हुँदै खण्डेश्वरी जोड्ने गरी निर्माण भइरहेको यो सडक अहिले गाउँपालिकाको वडा नं ५ मकरीगाड पुगेको छ ।
गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नपुग्दा अहिले यस क्षेत्रमा महिला भरिया धेरै भेटिने गर्छन् । पुरुष अधिकांश बाहिर गएर पनि काम गर्छन् । गाउँपालिकामा हुने विकास निर्माणदेखि अन्य सामान ढुवानीमा महिला बढी सक्रिय छन् । अप्ठ्यारो भारीको मकरीगाडबाट प्रतिकिलो रु ३० सम्म भाडा लिने गर्छन् । माथिल्लो क्षेत्रका बासिन्दाले भारी बोक्दैनन् । जोखिमपूर्ण काममा अधिकांश वडा नं ५ र बाहिरका भरिया प्रयोग हुने गरेका छन् ।
“भारी बोकेन भने घर खर्चदेखि छोराछोरीको पढाइलगायतको खर्च केबाट व्यहोर्नु ?”, धामीले भन्नुभयो, “दैनिक रु दुई÷तीन हजार भारीबाट कमाइ हुन्छ ।” सिमेन्ट, खाद्यान्नलगायतका सामान अपिहिमालमा खच्चडमार्फत ढुवानी हुने गरेको छ । स्थानीय रेनुका धामीले दैनिक प्रतिकिलो ३० देखि ५० किलोसम्मको भारी तीन घण्टा उकालो चढेर पु¥याउने गरेको बताउनुभयो ।
“कहिलेकाहीँ दुधे बालकलाई छाडेरसमेत भारी बोक्नुपर्ने बाध्यता छ, तीन/चार घण्टामा फर्किहाल्छौँ”, उहाँले भन्नुभयो, “भारी नबोके परिवार चलाउन सकिँदैन, खेतबारीकै उत्पादनले पुग्दैन, खाद्यान्नको जोहो गर्न भए पनि भारी बोक्नैपर्छ ।”
भारी नबोके परिवार पाल्न समस्या हुने गम्फा ठगुन्ना भन्नुहुन्छ । खेतमा लगाएको अन्न बालीले वर्षभरि खान नपुग्ने र गाउँमा अन्य काम नभएको उहाँले बताउनुभयो । अपिहिमाल जान मकरीकोट र घुसाको ओकालो बाटो साह्रै कठिन छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’