
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
तोलाकान्त बगाले
वालिङ, २२ माघ । अहिले माघ महिना, श्रीस्वस्थानी व्रतकथा चलिरहेको छ । घर–घरमा श्रीस्वस्थानी व्रतकथा श्रवण गरेर बस्ने प्रचलन रहिआएको छ । श्रीस्वस्थानी व्रतकथाको महिमा जति भएपनि सोही कथासँग जोडिएको ‘छाङ्छाङ्दी’ भने ओझेलमै छ ।
स्याङ्जाको भीरकोट नगरपालिका ४ तथा वालिङ नगरपालिकाको सीमामा अवस्थित ‘छाङ्छाङ्दी’ पौराणिक, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ र बयरघारीको बीचभागमा रहेको यो पवित्र धार्मिक तिर्थस्थलमा अपेक्षाकृतरुपमा भक्तजनहरु आउन नसक्नुको मुख्य कारण यसको प्रचार प्रसार हुन नसकेको बताउनुहुन्छ छायाँक्षेत्र (शिवमन्दिर) सेवा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ ।
“धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले यसको महिमा हुँदाहुँदै पनि आन्तरिक तथा बाह्य भक्तजनलाई आकर्षित गर्न सकिरहेका छैनौं”, उहाँले भन्नुभयो, “यसको महिमालाई देशका प्रसिद्ध धार्मिक तिर्थस्थलहरुसँग जोड्दै जानेगरी तयारी थालेका थियौं तर कोभिडका कारण निरन्तरता दिन सकेनौं ।”
यस ठाउँको महिमालाई अझै व्यापकरुपमा प्रचार प्रसार गरेर धार्मिक पर्यटकको आकर्षणको केन्द्रकोरुपमा स्थापित गर्नका लागि थालिएको अभियानलाई पुनः निरन्तरता दिँदै जाने उहाँले बताउनुभयो । यस ठाउँको विकासका लागि गुरुयोजना बनाएर बृहत्तररुपमा अगाडि बढ्ने समितिको योजना छ । मन्दिर परिसरमा १०८ शिवलिङ्ग, पार्क, साँघुरो भूबनोटलाई फराकिलो र आवश्यकताअनुसारका भौतिक संरचनाहरु निर्माण गर्दै लगिने उहाँले बताउनुभयो । मन्दिर परिसरमा हाल ५० जनासम्म अट्न सक्ने क्षमताको धर्मशाला, २१० जना क्षमताको सभाहल, शिवजीको मुर्ति तथा अष्टचिरञ्जीवीको स्थापनासँगै मन्दिरसम्म पुग्न र फर्किनका लागि छुट्टाछुट्टै सिँढी मार्ग निर्माण गरिएको छ ।
विशेष गरी महाशिवरात्रि, हरिबोधनीलगायतका एकादशीहरु, साउन महिनाभर यहाँ भक्तजनहरु आउने गरेका समितिका सचिव कृष्णप्रसाद श्रेठले बताउनुभयो । मन्दिरको मुख्य आम्दानीकोरुपमा आजीवन सदस्यता, दानपेटिका, तथा सहयोग रसिदमार्फत प्राप्त हुने रकम मुख्य रहेका छन् । “विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड १९ को सङ्क्रमणका कारण मन्दिरमा दर्शनार्थीहरुको उपस्थिति निक्कै कम छ”, सचिव श्रेष्ठले भन्नुभयो, “जसले गर्दा आम्दानीको स्रोत पनि घटेको छ ।”
ऐतिहासिक धार्मिक स्थल भएर पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेकाले यसको प्रचार प्रसारकालागि देशका विभिन्न शक्तिपीठहरुमा जाने, शहर बजार तथा सडकका छेउछाउहरुमा होर्डिङ बोर्डहरु राख्ने, ब्रोसरहरु वितरण गर्ने सचिव श्रेष्ठले बताउनुभयो ।
यस ठाउँको महिमाकाबारेमा धेरैभन्दा धेरैलाई जानकारी दिन सकियो भने यहाँ आउने वातावरण बन्न सक्ने दावी समितिको छ । सतिदेवीको शेष रहेको अङ्ग यस ठाउँमा पतन भएको किंवदन्ती श्रीस्वस्थानी ब्रतकथामा उल्लेख भएपनि यहाँ श्रीस्वस्थानीसँग सम्बन्धित कुनै धार्मिक कार्यहरु हुन सकेको छैन ।
सतिदेवीको मृत शरीरलाई बोकेर हिड्नेक्रममा विभिन्न ठाउँमा अङ्गहरु पतन हुँदै गएको र यहाँ आईपुग्दा बाँकी रहेका अङ्गहरु पतन भएको किंवदन्ती रहेको उहाँ बताउनुहुन्छ । “बौलाहा अवस्थामा सतिदेवीको मृत शरीर लिएर हिँडेका महादेवले आँफूसँग भएको त्रिशूलले चट्टानलाई कोपेर पानी निकाली प्यास मेटाएको र सोही पानी छहरा बनेर छङ्छङ् गर्दै बहेको छ”, उहाँले भन्नुभयो, “त्यस्तै मन्दिर रहेको ठाउँभन्दा माथि मगर समुदायको वस्ती रहेको छ, मगरभाषामा ‘डी’ भनेको पानी हुने र छङ्छङ् ‘डी’ बाट अपभ्रंश भएर ‘छाङ्छाङ्दी’ रहन गएको हो भन्ने दुईथरी किंवदन्ती रहेको छ ।” यस ठाउँमा स्याङ्जासहित आसपासका जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !