
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
तोलाकान्त बगाले
वालिङ, २२ माघ । अहिले माघ महिना, श्रीस्वस्थानी व्रतकथा चलिरहेको छ । घर–घरमा श्रीस्वस्थानी व्रतकथा श्रवण गरेर बस्ने प्रचलन रहिआएको छ । श्रीस्वस्थानी व्रतकथाको महिमा जति भएपनि सोही कथासँग जोडिएको ‘छाङ्छाङ्दी’ भने ओझेलमै छ ।
स्याङ्जाको भीरकोट नगरपालिका ४ तथा वालिङ नगरपालिकाको सीमामा अवस्थित ‘छाङ्छाङ्दी’ पौराणिक, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ र बयरघारीको बीचभागमा रहेको यो पवित्र धार्मिक तिर्थस्थलमा अपेक्षाकृतरुपमा भक्तजनहरु आउन नसक्नुको मुख्य कारण यसको प्रचार प्रसार हुन नसकेको बताउनुहुन्छ छायाँक्षेत्र (शिवमन्दिर) सेवा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ ।
“धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले यसको महिमा हुँदाहुँदै पनि आन्तरिक तथा बाह्य भक्तजनलाई आकर्षित गर्न सकिरहेका छैनौं”, उहाँले भन्नुभयो, “यसको महिमालाई देशका प्रसिद्ध धार्मिक तिर्थस्थलहरुसँग जोड्दै जानेगरी तयारी थालेका थियौं तर कोभिडका कारण निरन्तरता दिन सकेनौं ।”
यस ठाउँको महिमालाई अझै व्यापकरुपमा प्रचार प्रसार गरेर धार्मिक पर्यटकको आकर्षणको केन्द्रकोरुपमा स्थापित गर्नका लागि थालिएको अभियानलाई पुनः निरन्तरता दिँदै जाने उहाँले बताउनुभयो । यस ठाउँको विकासका लागि गुरुयोजना बनाएर बृहत्तररुपमा अगाडि बढ्ने समितिको योजना छ । मन्दिर परिसरमा १०८ शिवलिङ्ग, पार्क, साँघुरो भूबनोटलाई फराकिलो र आवश्यकताअनुसारका भौतिक संरचनाहरु निर्माण गर्दै लगिने उहाँले बताउनुभयो । मन्दिर परिसरमा हाल ५० जनासम्म अट्न सक्ने क्षमताको धर्मशाला, २१० जना क्षमताको सभाहल, शिवजीको मुर्ति तथा अष्टचिरञ्जीवीको स्थापनासँगै मन्दिरसम्म पुग्न र फर्किनका लागि छुट्टाछुट्टै सिँढी मार्ग निर्माण गरिएको छ ।
विशेष गरी महाशिवरात्रि, हरिबोधनीलगायतका एकादशीहरु, साउन महिनाभर यहाँ भक्तजनहरु आउने गरेका समितिका सचिव कृष्णप्रसाद श्रेठले बताउनुभयो । मन्दिरको मुख्य आम्दानीकोरुपमा आजीवन सदस्यता, दानपेटिका, तथा सहयोग रसिदमार्फत प्राप्त हुने रकम मुख्य रहेका छन् । “विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड १९ को सङ्क्रमणका कारण मन्दिरमा दर्शनार्थीहरुको उपस्थिति निक्कै कम छ”, सचिव श्रेष्ठले भन्नुभयो, “जसले गर्दा आम्दानीको स्रोत पनि घटेको छ ।”
ऐतिहासिक धार्मिक स्थल भएर पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेकाले यसको प्रचार प्रसारकालागि देशका विभिन्न शक्तिपीठहरुमा जाने, शहर बजार तथा सडकका छेउछाउहरुमा होर्डिङ बोर्डहरु राख्ने, ब्रोसरहरु वितरण गर्ने सचिव श्रेष्ठले बताउनुभयो ।
यस ठाउँको महिमाकाबारेमा धेरैभन्दा धेरैलाई जानकारी दिन सकियो भने यहाँ आउने वातावरण बन्न सक्ने दावी समितिको छ । सतिदेवीको शेष रहेको अङ्ग यस ठाउँमा पतन भएको किंवदन्ती श्रीस्वस्थानी ब्रतकथामा उल्लेख भएपनि यहाँ श्रीस्वस्थानीसँग सम्बन्धित कुनै धार्मिक कार्यहरु हुन सकेको छैन ।
सतिदेवीको मृत शरीरलाई बोकेर हिड्नेक्रममा विभिन्न ठाउँमा अङ्गहरु पतन हुँदै गएको र यहाँ आईपुग्दा बाँकी रहेका अङ्गहरु पतन भएको किंवदन्ती रहेको उहाँ बताउनुहुन्छ । “बौलाहा अवस्थामा सतिदेवीको मृत शरीर लिएर हिँडेका महादेवले आँफूसँग भएको त्रिशूलले चट्टानलाई कोपेर पानी निकाली प्यास मेटाएको र सोही पानी छहरा बनेर छङ्छङ् गर्दै बहेको छ”, उहाँले भन्नुभयो, “त्यस्तै मन्दिर रहेको ठाउँभन्दा माथि मगर समुदायको वस्ती रहेको छ, मगरभाषामा ‘डी’ भनेको पानी हुने र छङ्छङ् ‘डी’ बाट अपभ्रंश भएर ‘छाङ्छाङ्दी’ रहन गएको हो भन्ने दुईथरी किंवदन्ती रहेको छ ।” यस ठाउँमा स्याङ्जासहित आसपासका जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । रासस
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन