
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
काठमाडौँ । शृंखलाबद्ध रूपमा आक्रमण भइरहेको भन्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष बसरुद्दिन अन्सारीले सरकारलाई मेडिकल कलेजको ताला बुझाउने चेतावनी दिएका छन्।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अन्सारीले कोरोना भाइरसको तेस्रो महामारी सन्निकट रहेको समयमा स्वास्थ्य संस्थाहरूमा ताला लगाउने परिस्थित सिर्जना नहोस् भनेका छन्।
‘निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब हाम्रा सबै मेडिकल कलेजहरूमा ताला लगाउनुको विकल्प देखिएन,’ उनले विज्ञप्तिमा भनेका छन्।
शुक्रबार एशोसिएसनका महासचिव डा. सुनिल शर्मामाथि मोसो दलेर दुर्व्यवहार गरिएको भन्दै अन्सारीले त्यस्ता आक्रमण रोक्न सरकारसँग माग गरेका छन्। त्यो घटनमामा संलग्नलाई कडा कारबाही गर्न उनले माग गरेका छन्।
विगत एक दसकयता निजी मेडिकल कलेज र त्यहाँका सञ्चालकहरुमाथि विभिन्न तवरबाट आक्रमण हुने, भौतिक कारबाहीको धम्की दिने, गाली बेइजती गर्ने क्रम भइरहेको विज्ञप्तिमा उल्लेख छ।
‘निजी क्षेत्रबाट सञ्चालित कुनैपनि मेडिकल कलेज, अस्पतालहरुमा क्षति पुगेको खण्डमा तथा मेडिकल कलेज व्यवसायीहरूमाथि भएका आक्रमणहरूको जिम्मेवारी राज्यले लिनुपर्दछ भन्ने हाम्रो माग छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रले सम्मानित रूपमा व्यवसाय गर्न गराउन पाउनु नैसर्गिक अधिकार हो।’
शान्तिपूर्ण रूपमा पटक-पटक राज्यका अंगहरूसँग मेडिकल कलेज व्यवसायीहरूमाथि भइरहेको आक्रमण रोक्न आग्रह गरे पनि कुनै सम्बोधन नगरिएको ठहर विज्ञप्तिमा गरिएको छ। अन्सारीले राज्य निजी क्षेत्रमैत्री छैन भन्ने कुरा मेडिकल कलेज सञ्चालकहरूमाथि गरेको व्यवहारबाट प्रष्ट भइसकेको दाबी गरेका छन्।
‘नेपालमा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरूलाई धरासायी बनाएर वर्षेनी हजारौं नेपाली विद्यार्थीहरूलाई अर्बौं रुपैयाँ बोकेर विदेशी भूमिमा पठाउन राज्य संयन्त्र नै सक्रिय रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वका ठूल्ठूला देशहरू विकसित राष्ट्र बन्नुमा निजी क्षेत्रको लगानी र तिनले तिर्ने करबाट सम्भव भएको हो। तर, यहाँ त सरकारी संस्थाहरूलाई त कोल्याप्स पारिएको छ नै निजी क्षेत्रबाट अर्बौं ऋण लिएर सञ्चालित संस्थाहरूलाई समेत सिध्याउने कार्य भइरहेको छ।’
शुक्रबार शर्मामाथि शिक्षा मन्त्रालयमा मोसो दलेर दुर्व्यवहार गरिएको थियो। ‘विद्यार्थी संगठनको हवाला दिँदै राज्यद्वारा नै परिचालित समूहले डा. शर्मामाथि सुनियोजित प्रहार गरेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको सबैभन्दा सुरक्षित भनिएको तथा मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्रै आक्रमणको घटनाले यो सरकार जनता र व्यवसायीको सुरक्षाप्रति कति पनि चिन्तित र संवेदनशील रहेनछ भन्नेसमेत पुष्टि भएको छ।’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’