
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
काठमाडौँ । शृंखलाबद्ध रूपमा आक्रमण भइरहेको भन्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष बसरुद्दिन अन्सारीले सरकारलाई मेडिकल कलेजको ताला बुझाउने चेतावनी दिएका छन्।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अन्सारीले कोरोना भाइरसको तेस्रो महामारी सन्निकट रहेको समयमा स्वास्थ्य संस्थाहरूमा ताला लगाउने परिस्थित सिर्जना नहोस् भनेका छन्।
‘निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब हाम्रा सबै मेडिकल कलेजहरूमा ताला लगाउनुको विकल्प देखिएन,’ उनले विज्ञप्तिमा भनेका छन्।
शुक्रबार एशोसिएसनका महासचिव डा. सुनिल शर्मामाथि मोसो दलेर दुर्व्यवहार गरिएको भन्दै अन्सारीले त्यस्ता आक्रमण रोक्न सरकारसँग माग गरेका छन्। त्यो घटनमामा संलग्नलाई कडा कारबाही गर्न उनले माग गरेका छन्।
विगत एक दसकयता निजी मेडिकल कलेज र त्यहाँका सञ्चालकहरुमाथि विभिन्न तवरबाट आक्रमण हुने, भौतिक कारबाहीको धम्की दिने, गाली बेइजती गर्ने क्रम भइरहेको विज्ञप्तिमा उल्लेख छ।
‘निजी क्षेत्रबाट सञ्चालित कुनैपनि मेडिकल कलेज, अस्पतालहरुमा क्षति पुगेको खण्डमा तथा मेडिकल कलेज व्यवसायीहरूमाथि भएका आक्रमणहरूको जिम्मेवारी राज्यले लिनुपर्दछ भन्ने हाम्रो माग छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रले सम्मानित रूपमा व्यवसाय गर्न गराउन पाउनु नैसर्गिक अधिकार हो।’
शान्तिपूर्ण रूपमा पटक-पटक राज्यका अंगहरूसँग मेडिकल कलेज व्यवसायीहरूमाथि भइरहेको आक्रमण रोक्न आग्रह गरे पनि कुनै सम्बोधन नगरिएको ठहर विज्ञप्तिमा गरिएको छ। अन्सारीले राज्य निजी क्षेत्रमैत्री छैन भन्ने कुरा मेडिकल कलेज सञ्चालकहरूमाथि गरेको व्यवहारबाट प्रष्ट भइसकेको दाबी गरेका छन्।
‘नेपालमा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरूलाई धरासायी बनाएर वर्षेनी हजारौं नेपाली विद्यार्थीहरूलाई अर्बौं रुपैयाँ बोकेर विदेशी भूमिमा पठाउन राज्य संयन्त्र नै सक्रिय रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वका ठूल्ठूला देशहरू विकसित राष्ट्र बन्नुमा निजी क्षेत्रको लगानी र तिनले तिर्ने करबाट सम्भव भएको हो। तर, यहाँ त सरकारी संस्थाहरूलाई त कोल्याप्स पारिएको छ नै निजी क्षेत्रबाट अर्बौं ऋण लिएर सञ्चालित संस्थाहरूलाई समेत सिध्याउने कार्य भइरहेको छ।’
शुक्रबार शर्मामाथि शिक्षा मन्त्रालयमा मोसो दलेर दुर्व्यवहार गरिएको थियो। ‘विद्यार्थी संगठनको हवाला दिँदै राज्यद्वारा नै परिचालित समूहले डा. शर्मामाथि सुनियोजित प्रहार गरेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको सबैभन्दा सुरक्षित भनिएको तथा मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्रै आक्रमणको घटनाले यो सरकार जनता र व्यवसायीको सुरक्षाप्रति कति पनि चिन्तित र संवेदनशील रहेनछ भन्नेसमेत पुष्टि भएको छ।’
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने