
१असई बनाइदिन्छु भन्दै १० लाख ठगी
२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
३झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
७जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१२ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
६१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
काठमाडाै । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन गत साता बम्बई उच्च अदालतबाट जमानतमा रिहा भएपछि शुक्रबार पहिलोपटक नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) मा हाजिर हुन गएका छन्।
लागुऔषध सेवनमा मुछिएर पक्राउ परेका आर्यन २० दिनभन्दा बढी हिरासतमा रहेर जमानतमा रिहा भएका थिए। उनलाई जमानत दिँदा १४ वटा सर्त राखिएको थियो जसमध्ये एउटा सर्त प्रत्येक साता एनसिबी हाजिर हुन जाने पनि हो। त्यही सर्तअनुसार उनी शुक्रबार दिउँसो एनसिबी कार्यालयमा आफैं उपस्थित भएका हुन्।
एनसिबी कार्यालयमा पुग्नेबित्तिकै उनलाई फोटोग्राफरहरूले घेरेका थिए। शाहरूखका बडिगार्ड रविले आर्यनलाई फोटोग्राोफरहरूको घेराबाट फुत्काएर एनसिबी कार्यालयभित्र छिराएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
आर्यनलाई अदालतले राखेका सर्तअनुसार उनी आर्यन अदालतको अनुमतिबिना विदेश जान पाउने छैनन्। उनले आफ्नो पासपोर्ट विशेष अदालतमा बुझाउनुपर्नेछ। त्यस्तै, आर्यनले आफ्नो मुद्दासँग जोडिएका अरू आरोपीसँग सम्पर्क गर्न पाउने छैनन्।
विशेष अदालतको कामकारबाही प्रभावित गर्ने प्रयास गर्न पनि पाउने छैनन्। उनले कुनै पनि सञ्चारमाध्यममा अभिव्यक्ति दिन पाउने छैनन्। उनले मुम्बई छाडेर बाहिर कतै जानुपरे मुद्दासँग सम्बन्धित अधिकारीहरूलाई जानकारी गराउनुपर्नेछ। अदालतको सुनवाइमा उपस्थित हुनुपर्नेछ। आवश्यक परेका खण्डमा जाँचमा सहयोग गर्नुपर्नेछ।
यी सर्तमध्ये कुनै एक मात्र उल्लंघन गरे पनि उनको जमानत रद्द हुनेछ। नार्कोटिक्स कन्ट्रोल ब्युरोले ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा समुद्री जहाजबाट आठ जनालाई पक्राउ गरेको थियो। तिनैमध्ये आर्यन एक थिए। लागुऔषध सेवन गरेको भनी पक्राउ गरिए पनि आर्यनको साथबाट कुनै किसिमको लागुऔषध बरामद भएको थिएन।
एनसिबीका अनुसार आर्यन लागुपदार्थ सेवन र खरिदमा मात्र संलग्न थिएनन्, उनी अन्तर्राष्ट्रिय रूपले लागुपदार्थ ओसारपसार गर्ने गिरोहमा समेत संलग्न छन्। लागुपदार्थ ओसारपसार गर्ने अन्तर्राष्ट्रिय गिरोहमा संलग्न एक विदेशी नागरिकसँग आर्यन सम्पर्कमा रहेको एनसिबीले आरोप लगाएको छ।
ब्युरोले यस्तो संगीन आरोप लगाउनुका पछाडि आर्यनको ह्वाट्सएप मेसेजलाई मुख्य आधार बनाएको छ, जबकि ह्वाट्स एपको सन्देशलाई अदालतमा गम्भीर सबुतका रूपमा मान्यता दिइँदैन।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित