
१कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
२उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
३रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
४कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
५लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
६कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
७आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
८पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
९एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१०पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
पोखरा, ८ मंसिर । अन्नपूर्ण गाउँपालिका ९ तिखेढुङ्गामा तेस्रो अन्तरविद्यालय स्तरीय रङ्गोली प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उल्लेरी आधारभूत विद्यालय प्रथम, भगवती माध्यमिक विद्यालय दोस्रो र झिलिबराङ आधारभूत विद्यालय मोदी पर्वत तेस्रो भए । उत्कृष्ट रङ्गोली बनाउने विद्यार्थी समूहलाई दक्षिण कोरियाका कला शिक्षक कु ह्युम किमले जनही १५ हजार, १३ हजार, ११ हजार र सहभागी समूहलाई उत्सवको रङ व्यवस्थापनका लागि २ हजार नगद पुरस्कार र प्रमाणपत्र दिएका थिए ।
तिहारमा लक्ष्मीपूजाको दिन लक्ष्मीलाई घर भित्र्याउन बनाइने रङ्गोली नेपालीहरूको मौलिक मण्डेला निर्माण कलासँग नजिकको सम्बन्ध भएकाले कला प्रवद्र्धन गर्न विगत ३ वर्षदेखि रङ्गोली उत्सव र प्रतियोगिता गरिएको कला शिक्षक किमले बताए । उनले आफू भिजिट भिसामा नेपालमा आइ समाजसेवा गरेको र आफ्नो मृत्यु्पछि पनि अन्नपूर्णमा रङ्गोली उत्सव निरन्तर चलिरहन्छ भने ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष रमेश गुरुङले ग्रामीण भेगका विद्यार्थीले प्रतियोगितामा सहभागी भएर आफ्नो कला प्रतिभा देखाउन पाउनु गौरवको कुरा भएको बताए । वडा सदस्य तथा कार्यपालिका सदस्य पुष्पा पुनले अभिभावकलाई सन्तानको शिक्षादीक्षाका लागि बाख्रा वितरण गर्नु सराहनीय भएको धारणा राखेकी थिइन् । खसीले मसी हुने ठहर गर्दै किमले १० जना अभिभावकलाई १ लाख ५० हजार बराबरको माऊ बाख्रा वितरण गरेका थिए ।
विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन र मौलिक कला संस्कृतिको संरक्षणमा रङ्गोली उत्सवले थोरै भए पनि योगदान दिने भएकाले रङगोली उत्सवका परिकल्पनाकार किमलाई विद्यायलयले विर्सन नहुने कुरा शैक्षिक विभाग प्रमुख कीर्तिराज ढकालले बताए ।
प्रत्येक सहभागी समूहलाई रङ व्यवस्थापन, १२ वटा परम्परागत माटोको दियो, फूलहरू दिएर रङगोली बनाइ साँझ दीप प्रज्वलन गरिएको थियो । सहभागी विद्यार्थीहरू र शिक्षकलाई आयोजक विद्यालयले नै आवास र खानपानको व्यवस्थापन गरेको थियो ।
रङगोली उत्सव कोरियन कला शिक्षक किमको परिकल्पना, आर्टफिल्ड ग्यालरी दक्षिण कोरियाको प्रायोजन, अन्नपूर्ण ड्रोइङ ड्रिम टिमको सहकार्य र परिचय डटकम पोखराको प्रवद्र्धनमा श्री भगवती माध्यमिक विद्यालयले आयोजना गरेको प्रतियोगितामा १२ वटा समूह प्रतियोगीका रूपमा रहेको कार्यक्रम संयोजक खेमबहादुर पुनले जानकारी दिए ।
लामो समयदेखि कला संस्कृतिको अध्ययन गरिरहेका किमले अन्नपूर्ण गाउँपालिकामा विगत १० वर्षदेखि चिकलाको शिक्षण, विद्यार्थीहरूलाई पोशाख, शैक्षिक सामग्री, छात्रावृत्ति वितरण, अभिभावकलाई बाख्रा वितरण परियोजना, विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् । किमले अन्नपूर्ण ड्रोइङ ड्रिम टिम गठन गरि चित्रकला सिकाउने, तत्स्थानीय चित्राङ्कन गराइ नेपाल र कोरियाका विभिन्न सहरमा कला प्रदर्शनी गरिसकेका छन् ।
भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हिमलाल जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक चन्द्रकुमारी गुरुङले स्वागत मन्तव्य राखेकी थिइन भने संयोजक खेमबहादुर पुनले कार्यक्रम सञ्चालन गरेका थिए ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा