
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, ४ जेठ । कास्की जिल्ला अदालत बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र नेकपा (एमाले) निकट प्रोग्रेसिभ एण्ड प्रोफेसनल लयर्स एसोसिएसन (पिपिएलए) सम्मिलित संयुक्त गठबन्धन विजयी भएको छ। आइतबार सम्पन्न मतदानबाट अध्यक्षका प्रत्यासी पुष्पराज दाहाललाई भारी मतान्तरले पराजित गर्दै गणेशबहादुर आलेको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो।
कुल ९३ सदस्य रहेको बारमा ८३ मत खसेको थियो, जसमध्ये आलेले ६० मत प्राप्त गर्दा दाहालको पक्षमा १९ मत मात्र परेको अधिवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए। निर्वाचनमा ४ मत बदर भएको थियो। यसपटकको चुनावमा गठबन्धनलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी निकटका स्वतन्त्र अधिवक्ताहरूको प्यानल मैदानमा उत्रिए पनि उनीहरूले कुनै पनि पदमा जित हासिल गर्न सकेनन्।
आले नेतृत्वको विजयी प्यानलबाट उपाध्यक्षमा यामप्रसाद पौडेल, सचिवमा भूपराज पोखरेल, सहसचिवमा अञ्जना बराल सुवेदी र कोषाध्यक्षमा सुष्मा ओझा निर्वाचित भएका छन्। सहसचिव पदमा भने सुवेदी निर्विरोध चयन भएकी हुन्। यस्तै, सदस्यहरूमा पल्लवी न्यौपाने, सुमित्रा पराजुली, प्रदीपकुमार राना, प्रदीप अधिकारी, संगीता काफ्ले, चित्रबहादुर सुनार, गोविन्दप्रसाद काफ्ले र बुद्धिप्रसाद सुवेदी विजयी भएका छन्।
‘पेसागत हकहितका साथै बार र बेञ्चबीच न्याय निरुपणका लागि समन्वयकारी भूमिका खेल्ने मेरो प्राथमिकता हुनेछ,’ निर्वाचित भएपछि अध्यक्ष आलेले भने, ‘नयाँ कानुन व्यवसायीहरूलाई प्रोत्साहित गर्ने र भ्रष्टाचार तथा अनियमितता विरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्दछु।’
निर्वाचन समितिका संयोजक पदमपाणि देवकोटाका अनुसार बिहान ११ देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चलेको थियो। वि.सं. २०५४ देखि कानुन व्यवसायमा सक्रिय पोखरा–१५ निवासी आलेसँग यसअघि जिल्ला कार्यसमिति सदस्य र उच्च अदालत बार एसोसिएसनको सचिवको रूपमा काम गरेको अनुभव छ।
कास्की जिल्ला बारमा विगतदेखि नै नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी निकट कानुन व्यवसायीहरूको गठबन्धनको वर्चश्व रहँदै आएको छ। २०६५ सालमा स्थापना भएको यस बारमा दुई वर्षअघि अधिवक्ता भगवती पहारीले पहिलो महिला अध्यक्षका रूपमा नेतृत्व सम्हालेकी थिइन्। आलेको आगामी २ वर्षे कार्यकालले ती ऐतिहासिक उपलब्धिलाई निरन्तरता दिँदै बारको गरिमा बढाउने अपेक्षा गरिएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति