
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा, १ जेठ । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल र ‘गण्डकी छड्के’का चन्द्रबहादुर विकले आपसी मिलेमतोमा सहकारीको २७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन् ।
सहकारीको वित्तीय अनियमितता तथा मौज्दात रकम हिनामिना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको विस्तृत अनुसन्धानका क्रममा संस्थाका पदाधिकारी र ऋणीबीचको ‘अप्राकृतिक साँठगाँठ’बाट लाखौँ रुपैयाँ नोक्सानी पु¥याइएको पुष्टि भएको हो। उक्त प्रकरणमा प्रहरीले विकसहित २७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सहकारीको बचतलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरी ठगी गरेको अभियोगमा प्रहरीले उपाध्यक्ष लम्साल र ऋणी विकविरुद्धको अनुसन्धान प्रतिवेदन, कैद र जरिवानाको मागदाबीसहित जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको छ। स्मरणीय छ, उपाध्यक्ष लम्साल सहकारी ठगीकै मुद्दामा यसअघि देखि नै कास्की कारागारमा थुनामा रहेका छन्।
विगत लामो समयदेखि ‘गण्डकी छड्के’ नामक युट्युब कार्यक्रममा अपिल त्रिपाठीको सहयोगीका रूपमा विभिन्न ‘स्टिङ अपरेसन’ मा संलग्न रहँदै आएका चन्द्रबहादुर विकको यस प्रकरणमा देखिएको संलग्नताले धेरैलाई चकित तुल्याएको छ।

‘गण्डकी छड्के’का प्रस्तोता अपिल त्रिपाठी इञ्जिनियर अमलेश कुमार मिकलमलाई घुस लिएको विषयमा प्रश्न सोध्दैं र उनलाई पानी पिलाउँदैं ठगीमा फरार चन्द्रबहादुर विक । #Gandaki Chhadke- EP 190
सार्वजनिक निकायमा हुने भ्रष्टाचार र घुसखोरीविरुद्ध प्रमाण संकलन गर्ने कार्यमा सक्रिय देखिएका विक आफैँ सहकारीको रकम अपचलन गर्ने योजनामा मतियार देखिएका हुन्। अनुसन्धानले देखाएअनुसार विकले सहकारीका उपाध्यक्षसँगको मिलेमतोमा संस्थाको सुरक्षण हुनुपर्ने धितोलाई व्यक्तिगत नाममा हस्तान्तरण गरी गम्भीर वित्तीय अपराध गरेको पाइएको छ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका अनुसार, २०७८ साउन २६ गते सदस्य नं. ००१००२५७५ का ऋणी चन्द्रबहादुर विकको नाममा १७ लाख रुपैयाँ धितो कर्जा स्वीकृत गरिएको थियो। प्रचलित बैंकिङ तथा सहकारी ऐन–नियम बमोजिम कर्जा प्रवाह गर्दा ऋणीको अचल सम्पत्ति संस्थाको नाममा दृष्टिबन्धक राख्नुपर्ने अनिवार्य प्रावधान रहे पनि यस प्रकरणमा उक्त कानुनी प्रक्रियालाई पूर्णतः बेवास्ता गरिएको छ।

‘गण्डकी छड्के’का प्रस्तोता अपिल त्रिपाठीले खानेपानी कार्यालयका कर्मचारी घुस सहीत रंगेहात…. स्टीङ अप्रेशन भन्दैं प्रस्तुत गरेको कार्यक्रममा प्रमाण जुटाउन सहयोगीको भूमिकामा देखिएका ठगीकाण्डमा फरार चन्द्रबहादुर विक ।
कर्जा प्रवाह भएकै मितिमा ऋणी विकले स्याङ्जा जिल्लाको साविक टक्सार गा.वि.स. वडा नं. १ स्थित कित्ता नं. ०४ को जग्गा र त्यसमा बनेको घर सहकारीको नाममा रोक्का राख्नुको सट्टा संस्थाका उपाध्यक्ष विजय लम्सालको व्यक्तिगत नाममा राजीनामा पास गरिदिएको भेटिएको छ।

‘गण्डकी छड्के’मा युट्युवर अपिल त्रिपाठी र ठगीकाण्डमा फरार चन्द्रबहादुर बिक । सिन्धुलीको बन कार्यालयमा भएको ‘स्टीङ अप्रेशन’मा पोखरा भन्दा ४ सय किलोमिटर पर पुग्ने अपिलले बषौंदेखि सँगैं लिएर हिडिरहेको चन्द्रबहादुरको कर्तुतको भेउ पाएनन् भनेर कसरी पत्याउने ? यस्ता घटनाहरुमा ‘मिलेमतो’ होइन भन्न सकिने ठाउँ देखिदैंन ।
सहकारीको पुँजीलाई सुरक्षण गर्नुको साटो व्यक्तिगत लाभका लागि उपाध्यक्षको नाममा घरजग्गा हस्तान्तरण गर्ने यो कार्यले संस्थालाई सुनियोजित रूपमा हानी पु¥याउने बदनियत राखेको अनुसन्धानले स्पष्ट पारेको छ। वित्तीय विश्लेषणअनुसार, २०८० कात्तिक १० गतेसम्म उक्त कर्जाको सावाँ–ब्याजसहित कुल २१ लाख ७८ हजार ३१ रुपैयाँ २५ पैसा भुक्तानी हुन बाँकी रहेको थियो। त्यसपश्चात् २०८२ जेठ २१ गतेसम्मको थप ब्याज ५ लाख ८६ हजार ३५५ रुपैयाँ १४ पैसा गणना गर्दा सहकारीलाई कुल २७ लाख ६४ हजार ३८६ रुपैयाँ ३९ पैसा बराबरको प्रत्यक्ष आर्थिक नोक्सानी भएको देखिएको छ।
सरकारी वकिल कार्यालयमा कास्की प्रहरीले पेश गरेको मागदाबीअनुसार, कुल नोक्सानीमध्ये उपाध्यक्ष विजय लम्सालले आफ्नो नाममा गराएको ९ लाख ५५ हजार रुपैयाँ बराबरको जग्गा र सोको ब्याज १६ लाख २८ हजार ५७६ रुपैयाँ गरी जम्मा रकम निज लम्सालबाटै असुलउपर गर्नुपर्ने ठहर गरिएको छ। त्यसैगरी, बाँकी रहेको ११ लाख ३५ हजार ७८२ रुपैयाँ ३९ पैसा र सोको अन्तिम किनारा लाग्दासम्मको ब्याज ऋणी चन्द्रबहादुर विकबाट भराउन माग गरिएको छ।
सहकारी ऐनअनुसार सजाय र बिगो भराउने मागदाबीसहित दायर यस मुद्दाले सहकारीको बचत परिचालनमा पदाधिकारीहरूको स्वेच्छाचारिता र ऋणीसँगको अपारदर्शी सम्बन्धलाई पुनः सतहमा ल्याइदिएको छ। भ्रष्टाचारविरुद्धको अभियानमा जोडिएका व्यक्ति नै वित्तीय अपचलनमा मुछिनुले कानुनी राज्य र नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन