News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

घाँसे मैदानमा फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

नाइननानफ कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९:३३ मा उडान भर्ने क्रममा धावनमार्गमा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फसेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार फसेको जहाज निकाल्ने प्रयास भइरहेको र यात्रुलाई अर्को जहाजमा पठाइने छ । उक्त जहाजमा चालक दलका चारसहित ८० जना सवार थिए ।