
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
बलिउड अभिनेता सलमान खान चर्चित भारतीय रियालिटी कार्यक्रम बिगबोसको नयाँ सिजनको तयारीमा छन्। शनिबार यस वर्षको विजेता घोषणा भएलगत्तै सिजन अन्त्य भएको छ र अब यसको नयाँ सिजन सुरू हुन लागेको हो।
बिगबोस भारतीय टेलिभिजनमा सबभन्दा ठूलो रियालिटी कार्यक्रममध्ये एक हो। हरेक वर्ष यहाँ कयौं सेलेब्रेटीले भाग लिन्छन् र थुप्रै कारणले चर्चा कमाउँछन्। अन्त्यमा एक प्रतिस्पर्धी कार्यक्रमको विजेता भइ नगद पुरस्कार पनि पाउँछन्।
बिगबोसका धेरै सिजन सलमान खानले होस्ट गरिरहेका छन्। यसको नयाँ सिजन, बिगबोस-१५ मा उनी फेरि होस्ट भएर फर्किन लागेका हुन्। उनले यो कार्यक्रमको विगत ११ वटा सिजन पनि होस्ट गरेका थिए। बिगबोस चर्चामा आउनुको अर्को कारण सलमानको होस्टलाई पनि लिइन्छ।
१४ हप्तासम्म चल्ने यो कार्यक्रमका लागि सलमानले यसपटक भने ठूलो रकमको पारिश्रमिक लिने भारतीय सञ्चारमाध्यम बलिउड हंगामाले जनाएको छ।
रिर्पोटका अनुसार बिगबोस-१५ होस्ट गर्न सलमानले तीन सय पचास करोड भारू पारिश्रमिक लिने भएका छन्। योसँगै उनले आफ्नो पारिश्रमिक पन्ध्र प्रतिशतले बढ्नु पर्ने माग गरेका छन्।
सलमान यसै पनि सबभन्दा धेरै पैसा कमाउने रियालिटी कार्यक्रम होस्टमा पर्छन्। उनले बिगबोसको सिजन ४ देखि सिजन ६ सम्म प्रत्यक भागको दुई करोड भारूभन्दा बढी पारिश्रमिक लिएका थिए। सिजन ७ मा यो पारिश्रमिक पाँच करोड भारूसम्म बढेको थियो।
बिगबोस-१३ मा भने उनले हप्ताको १३ करोड भारू लिएका थिए। आउँदो नयाँ सिजनमा भने उनले हप्ताको २५ करोड भारूको दरले आफ्नो पारिश्रमिक तोकेका हुन्। बलिउड हंगामाका अनुसार बिग बस-१५ आउँदो अक्टोबरदेखि सुरू हुनेछ।