News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ  । शुक्रबार असोज महिनाको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । महिनाको पहिलो दिन छापावाला सुनको मूल्यमा प्रतितोला १ हजार ४०० रुपैयाँ मुल्य घटेर प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य पनि तोलामा १४ सय रुपैयाँले घटेर ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्यामा पनि प्रति तोलामा ३० रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो । ।

डनन्यूज ट्रेन्डिङ