
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा (लेखनाथ) । लेखनाथका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग बाणिज्य संघको १३ औं महाधिवेशन नजिकिदैं गर्दा नयाँ नेतृत्वका लागि चुनावी सरागर्मी बढेको छ । संघको भदौ १८ र १९ मा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । कोभिड संक्रमणको उच्च जोखिम नभए संघको नयाँ नेतृत्वको लागि निर्धारित समयमै नयाँ नेतृत्व हस्तान्तरण हुनेछ ।
संघको निर्वाचनमा यसपटक पनि संस्थापन पक्षकै सिण्डीकेट र पाइपलाइनकै उम्मेदवारहरु चुनावी मैदानमा देखिदैं छन् । विगतमा सिण्डीकेटको विरोध गर्दै, उदाएको अहिलेको नेतृत्वले पनि त्यही लाईनमा पुगेको छ । संघको वर्तमान कार्यसमितिका पदाधिकारीहरुको एक तह वढुवा जस्तै हुने गरी उम्मेदवारको चर्चा रहेको छ । संघको अहिलेको नेतृत्व समूहबाट वर्तमान वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय अध्यक्षका एकमात्र दावेदार रहेका छन् । संस्थापन पक्ष भन्दा बाहिरबाट उम्मेदवारी नपर्ने प्रायः निश्चित हुँदा आत्रेय निर्विरोध हुने पक्का जस्तै छ ।
वरिष्ठ उपाध्यक्षमा भने वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ र अघिल्लो कार्यकालमा महासचिव रहेका भरतकुमार अधिकारीका विच प्रतिस्पर्धा हुने भएको छ । वर्तमान कार्यसमितिमा नरहेका अधिकारी यसपटक वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिदै कमव्याक हुन चाहेका छन् । वरिष्ठ उपाध्यक्षमै संघकै पुराना सदस्य देवराज पन्थीको समेत उम्मेदवारीको सम्भावना रहेको छ ।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको अधिकारी दुई कार्यकाल सदस्य, एक/एक कार्यकाल उपमहासचिव र महासचिव भईसकेका छन् ।सिण्डिकेट लाद्न खोज्दा र पाईपलाईनमा कुर्दा सक्षम नेतृत्व क्षमता हुँदा हुँदै अघि वर्ष टिममा पर्न सकेका थिएनन् । यसअघि पनि ऋषिराम जमरकट्टेल यसरी नै बाहिरिनु परेको थियो ।
उसो त संघकै एकसमूहले वर्तमान महासचिव गोपीचन्द्र वास्तोलालाई समेत बरिष्ठ उपाध्यक्षमा भिडाउने पक्षमा रहेको श्रोतले बताएको छ । आगामी अध्यक्षका रुपमा समेत हेरिने भएकाले बरिष्ठ उपाध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको हो । यस्तै प्रथम उपाध्यक्षमा वर्तमान कार्यसमितिका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले उम्मेदवारी दिने भएका छन् । द्वितीय उपाध्यक्षमा महासचिव गोपीचन्द्र वास्तोला र सदस्य शैलेन्द्र मोहन भट्टराईको चर्चा रहेको छ । बास्तोलाले बरिष्ठ उपाध्यक्ष र द्वितीय उपाध्यक्ष विच जुनमा पल्लाभारी हुन्छ त्यसैमा उम्मेदवारी दिने मनस्थिति बनाएको श्रोतले बताएको छ ।
संघको महासचिवमा वर्तमान उपमहासचिव उपेन्द्र सुवेदी राजुको बलियो दावेदार मानिएका छन् । सुवेदीसँगको प्रतिस्पर्धीका रुपमा संघकै कोषाध्यक्ष जानुका अधिकारीलाई पनि विकल्पको रुपमा व्यवसायीहरुले हेरेका छन् । कोषाध्यक्षको भूमिका सफलतापूर्वक निभाएकी र महिला व्यवसायी नेतृ भएका कारण अधिकारीलाई विकल्पका रुपमा हेरिएको हो । पाइपलाइनलाई नै पछ्याउने हो भने अधिकारी उपमहासचिवमा बढुवा हुने छिन् । उसो त महासचिवमा संस्थापन पक्ष भन्दा बाहिरबाट समेत उम्मेदवारी पर्न सक्ने एक व्यवसायीले बताए ।
पदाधिकारी सबैको एकतह बढुवा भएमा खाली रहने एकमात्र पद कोषाध्यक्षमा भने संघका वर्तमान कार्यसमितिका आधा दर्जनले इच्छा देखाएका छन् । कोषाध्यक्षमा तीन पटक कार्यसमितिमा सदस्य रहेकी मेनुका श्रेष्ठ, भिमबहादुर बि.क ‘काईला’, भरत ओझा, धिरज श्रेष्ठ र रामजी पौडेलको चर्चा रहेको छ । यि मध्ये सबैभन्दा बलियो उम्मेदवार भने मेनुका श्रेष्ठ रहेको श्रोतले बतायो । उसो त संघको संस्थापक अध्यक्ष रहेको कर्मचार्य ग्रुपका प्रतिनिधिका रुपमा वर्तमान कार्यसमितिमा प्रवेश गरेका बिक्रम कर्माचार्यलाई पनि बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।
संघको कार्यसमिति सदस्यमा भने नयाँ र पुराना गरी झण्डै दुई दर्जन सदस्यहरु चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् । संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।
फेरियो निर्वाचन समिति
बाणिज्य संघले यस अघिको निर्वाचन समितिलाई यसपटक परिवर्तन गरेको छ । लामो समयदेखी निर्वाचन गराउँदै आएका अधिवक्ता खगेन्द्र आचार्य सहितको टिमलाई परिवर्तन गर्दै हेमराज बरालको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिको सदस्यमा अधिवक्ता मदन तिवारी र संघको तर्फबाट राजकुमार ढकाललाई राखिएको छ । यसअघि आचार्य प्रमुख निर्वाचन आयुक्त रहने र उनले नै निर्वाचन समिति बनाउने गरेका थिए ।
आचार्य सहितको टोली प्रजातान्त्रिक धारका थिए भने अहिले बनेको निर्वाचन समिति वामपन्थी धारका रहेका छन् । समितिको परिवर्तन बारे कार्यसमितिमा छलफल नभई अध्यक्ष बलराम ढकालले सिधै नाम प्रस्ताव गरेको श्रोतले बतायो । उसो त अध्यक्ष ढकालले बैठकमा ल्याउने प्रस्ताव र निर्णयका बिषयमा कार्यसमितिका प्राय सबै पदाधिकारी र सदस्यहरुले मौनता साँध्दै आएका छन् । नेतृत्व आकाक्षी पदाधिकारी र सदस्यहरुले चुनावमा असहयोग हुने डरले अध्यक्षका एजेण्डा र निर्णयमा समेत स्वस्थ आलोचना हुन नसकेको एक पूर्व पदाधिकारीले बताए ।
संघको असफल योजना
लेखनाथ उद्योग बाणिज्य संघले महत्वाकांक्षी योजनाका रुपमा अघि सारेको कृषि उपज बजार अहिले अलपत्र परेको छ । पोखरा महानगरको वडा नं. २७ मा निर्माण भएको कृषि उपज बजार एकबर्ष देखि सञ्चालनमा ल्याउन नसक्दा अलपत्र परेको हो । एकबर्ष अघि निर्माण सम्पन्न भएर उद्घाटन भएको कृषि उपज संकलन तथा बिक्री केन्द्रमा संघले एक करोड भन्दा बढी लगानी गरेको छ । पोखरा महानगर, प्रदेश सरकार, संघिय सांसद र संघले संकलन केन्द्रमा एक करोड भन्दा बढी खर्च गरेका हुन । यस्तै सोही केन्द्रमा स्थापना गरिएको कोल्डस्टोर समेत संचालन आउन सकेको छैन । उसो त कोभिड संक्रमणका कारण मेला महोत्सव गर्न नसक्दा संघलाई बार्षिक ५० लाखको हाराहारीमा आर्थिक नोक्सानी भएको छ । महोत्सव स्थलको बार्षिक भाडा र स्टेज समेत अहिले अलपत्र जस्तै बनेको छ ।
संघका कार्यान्वयन नभएका योजना
संघका वर्तमान अध्यक्ष बलराम ढकाल र कार्यसमितिले अघि सारेका कतिपय योजनाहरु कार्यन्वयननै नभई तुहिएका छन् । संघले महत्वकांक्षी योजनाको रुपमा अघि सारेको च्याम्बर भिलेज नाममात्रैमा सिमित भएको छ । यस्तै बेगनासतालमा हरेक शुक्रबार गरिने भनिएको बेगनास पर्यटन प्रवद्र्धन कार्यक्रम समेत अलपत्र परेको छ । यसैगरी संघले गर्न सक्ने मध्येकै अगाडी सारेको एउटा प्रोजेक्ट कोशेली घर निर्माण दुई बर्षमा समेत हुन सकेन ।
उसो त कोभिड १९ पछि कति व्यवसायी पलायन भए, कति उद्योग धन्दा बन्द भए, यसले लेखनाथ क्षेत्रमा कस्तो प्रभाव पर्यो, राहतका प्याकेज के के हुन सक्छन र कुन निकायसँग लविङ गर्ने, लेखनाथका व्यवसायीले कति कर सरकारलाई तिर्छन्, यहाँको व्यवसायिक आम्दानी, प्रतिव्यक्ति आय, कोभिड पछिको व्यवसायिक सम्भावना समेतका बिषयमा समेत संघले कुनै प्रतिवेदन समेत तयार गर्न सकेको छैन । व्यवसायिक सदस्य शुद्धिकरण लगायतको काम समेत संघले गर्न नसक्दा आगामी निर्वाचनमा त्यस्ता सदस्यले समेत प्रभाव पार्ने देखिन्छ । संघको नयाँ नेतृत्वका लागि एक हजार सात सय ५१ मतदाता रहेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन