News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य समाचार

आदिकविलाई सम्झिँदैं ‘धुनमा कविता’

'२०८ औं जयन्तीको अवसरमा ११ जिल्लाका १२ जना कविहरुले आफ्नो सिर्जना प्रस्तुत गर्ने'

पोखरा । आदिकवि भानुभक्त आचार्यको २०८ औं जयन्तीको अवसरमा पोखरामा ‘धुनमा कविता’ कार्यक्रम गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ११ जिल्लाका १२ जना कविहरुले ‘धुनमा कविता’ प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा शिव त्रिपाठी, सरस्वती श्रेष्ठ ‘सरु’, घायल श्री, छन्दकवि शंकरमणी त्रिपाठी, कवि कुमार तामाङ, लक्ष्मी थापा, कवि अम्बिका प्रसाद भट्टराई, लोकनाथ पुडाशैनी, डा. जगन्नाथ रेग्मी, डा.नारायण प्रसाद अधिकारी र सरस्वती प्रतिक्षाले कविता प्रस्तुत गर्नेछन् । कार्यक्रम असार २९ गते शिक्षा विकास निर्देशनालयको सभाहलमा हुँदैछ ।

डनन्यूज ट्रेन्डिङ