
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले स्वास्थ्यका कार्याक्रमलाई प्राथमिकतामा राखेर त्यसै अनुसार बजेट विनियोजन गरेको बताएका छन् । स्याङ्जाको आँधीखोला ५, सेतीदोभानस्थित आँधीखोला अस्पतालको भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नागरिक स्वस्थ भए मात्र समृद्धिको परिकल्पना गर्न सकिने भएकाले स्वास्थ्यलाई नै प्राथमिकतामा राखिएको बताए ।
प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्न खोप खरिद गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भने, ‘संघ सरकारले उपलब्ध गराए त्यसैको व्यवस्थापन हामीले गर्छौ, नभइ प्रदेशकै च्यानल प्रयोग गरेर नागरिकलाई खोप उपलब्ध गराएरै छाड्छौं ।’
कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन, प्रदेश सरकार अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूको क्षमता विकास, पूर्वाधार निर्माण र सेवाप्रवाह सुधारमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
संक्रामक तथा सरुवा रोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन निर्माण गरी सेवा सुविधा विस्तार गरिने मुख्यमन्त्री पोखरेलले बताए । स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारबाट व्यहोर्ने निर्णयलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने काम सुरु भएको उनले बताए ।
दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन एयर लिफ्टिङ कार्यक्रमलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता उनले जनाए ।
नेपाल सरकार र स्थानीय तहसँगको साझेदारीमा शिशु, बालबालिका, किशोरी, अपांगता भएका व्यक्ति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण सुधार कार्यक्रमलाई निरन्तरता सरकारले उचित बजेट विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।
नेपाल सरकारसँगको सहकार्यमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शड्ढया र धौलागिरी अस्पताललाई २ सय शड्ढयाको जनरल अस्पतालमा स्तरोन्नति गर्ने सकाररको योजना छ । प्रदेश सरकारको स्रोतबाट सबै जिल्ला अस्पतालमा २ देखि ५ शड्ढयाको सघन उपचार कक्ष निर्माण कार्य सम्पन्न गराउन सरकारले बजेट छुट्याएको छ ।
५० शड्ढया भएका अस्पतालमा आँखा उपचार सेवा, मृगौला पीडित बिरामीका लागि डायलाइसिस सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्ने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको उनले जानकारी गराए ।
यसैगरी मुख्य राजमार्गमा पर्ने नवलपुरको मध्यविन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बाग्लुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गरिने पनि उनले बताए । मुख्यमन्त्री पोखरेलले भने, ‘स्थानीय तहसँगको समन्वय र सहकार्यमा गोरखा जिल्लाको आँपपिपल अस्पताललाई ५० शड्ढयाको बनाउन प्रकृया अगाडि बढाउने हाम्रो नीति छ ।’
प्रदेश मातहतको गण्डकी विश्वविद्यालयमा ३ सय ५० शड्ढयाको जनरल, ५० शड्ढयाको मुटु रोग, ५० शड्ढयाको अर्बुद रोग, ५० शड्ढयाको मृगौला रोगसहित ५ सय शड्ढयाको शिक्षण अस्पताल स्थापनाको लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए ।
अपांगता भएका व्यक्ति, असहाय, अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्न वर्गको उपचार सुविधालाई निरन्तरता दिने, क्यान्सर, मुटु, मृगौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीजस्ता रोगबाट पीडित अति गरिब विरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । मुख्यमन्त्रीले भने, ‘यस्ता रोगबाट पीडित बिरामीहरूलाई दोहोरो नपर्ने गरी औषधि उपचारको लागि मासिक ४ हजार रुपैयाँका दरले सुविधा उपलब्ध गराउने छ ।’
प्रदेश मातहतका अस्पतालहरूबाट ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य उपचार सुविधा दिइने जानकारी गराउँदै उनले प्रदेशका नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न ‘स्वास्थ्य बिमाः सरकारको जिम्मा’ कार्यक्रम सञ्चालन गर्ने पनि बताए ।
स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदेश मातहतका जिल्ला स्वास्थ्य कार्यालय मार्फत् वार्षिक ६ हजार प्रोत्साहन भत्ता दिने, आयुर्वेद तथा प्राकृतिक चिकित्सा लगायतका वैकल्पिक चिकित्सा सेवालाई प्रवर्द्धन गरिने मुख्यमन्त्री पोखरेलले बताए ।
आँधीखोलाको सेतीदोभानमा २०६७ सालमा महायज्ञ गरेर जग्गा खरिद गरी आँधीखोला विकास तथा वातावरण स्वच्छता समूह(गार्डेन) को अग्रसरतमा सामुदायिक अस्पताल स्थापना भएको हो । २ वर्षअघि गाउँपालिकामा अस्पताल हस्तान्तरण भएसँग सेवा ठप्प रहेको गार्डेनका संस्थापक जयराम पौडेलले बताए । नागरिकको उपचारका लागि धेरै दुख गरेर खोलेको अस्पताल सञ्चालनको जिम्मा प्रदेश सरकारले लिन पनि उनले आग्रह गरे ।
गार्डेनका अध्यक्ष टीकाराम ढकालले धेरै दुख गरेको सञ्चालनमा ल्याएको अस्पताल अहिले अलपत्र हुँदा साह्रै नराम्रो लागेको बताए । पोहोर कोभिडको महामारीका बेला अस्पताललाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको थियो ।
अहिले भूकम्प पुनर्निमाण प्राधिकरणको लगानीमा ३ अलग भवन बनाउन लागिएको हो । करिब ५ करोड लागतमा ३ वटा भवन बनिसकेपछि उत्कृष्ट सेवा प्रदान गर्न सकिने विश्वास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पौडेलले बताए । गार्डेनका सचिव नवीन ढकालले अस्पतालमा दरबन्दी कायम गर्न र सेवा सुचारु गर्न सहजीकराण्का लागि प्रदेश सरकारसँग आग्रह गरे ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर