News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य भिडियो मनोरञ्जन समाचार

प्रभात र जाइना अभिनित  ‘किन मायामा’ सार्वजनिक

काठमाडौँ । ‘द भोइस अफ नेपाल’मा ‘तिनपाते’ गीत प्रस्तुत गरेर चर्चा कमाउन सफल गायक किरण गजमेरले आफ्नो नयाँ म्युजिक भिडियो ‘किन मायामा’ सार्वजनिक गरेका छन्।

यस गीतमा शब्द अमेरिकाको ओहायो राज्य निवासी गोपाल लोहारको रहेको छ । वसन्त सापकोटाले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा बिशम आचार्यले संगीत संयोजन रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पाल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ ।

श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन्। भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले दर्शक र स्रोतालाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।