
१रास्वपा नेता राजु राईले पार्टी छाडे
२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
३गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
४कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
५धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
६धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
७बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
“आन्दोलनको हस्तान्तरणमा समस्या थियो या गलत प्रवृतिमा यो विषयमा विद्यार्थी संगठनले एक पटक समिक्षा गर्ने जमर्को कसैले गरेको पाइदैन ! हाम्रो पुस्ताले आन्दोलनकै नविन भाष्य निर्माण गर्न सकेन भने विद्यार्थी आन्दोलनको अस्तित्व सकिने खतरा छ !!”
विश्वमा कुनै क्रान्ति र परिवर्तन छैन जहाँ विद्यार्थीको सहभागीता र कुर्वानी नभएको होस। सम्पूर्ण आन्दोलन र क्रान्ति विद्यार्थीहरूको सचेत पहलकदमी र असाधारण बलिदानिले सम्भव भएका छन् । परिवर्तनका आन्दोलनमा युवा विद्यार्थीहरूले आफ्नो कुर्वानि पनि गरेका छन् । विशेष गरी विश्व इतिहासलाई नै एक पटक फर्केर हेर्ने हो भने विश्वका ठुला ठुला परिवर्तनका आन्दोलनको जग विद्यार्थी आन्दोलन नै हो । चाहे त्यो १८९९ को रसियन विद्यार्थी आन्दोलन होस या १९६८को पश्चिम जर्मनको विद्यार्थी आन्दोलन होस, या छिमेकी मुलुक भारत र चिनको विद्यार्थी आन्दोलन नै किन नहोस ती आन्दोलनहरूको अग्रमोर्चामा रहेर विद्यार्थीहरूले नै नेतृत्व गरेका छन् । अर्थात, आजसम्म विश्वमा भएका सबै क्रान्ति, परिवर्तन, राष्टिय मुक्ति आन्दोलन, राष्टिय स्वाधिनताका आन्दोलनहरू विद्यार्थीको रगतले सिंचित छन् । नेपालको सन्दर्भमा विद्यार्थी आन्दोलनलाई हेर्ने हो भने विद्यार्थी गंगालदेखी यता यो आठौँ दशकमा छ । नेपाली विद्यार्थी आन्दोलनको विरता र बलिदानीका गौरबगाथाले भरिएको छ ।
नेपालको कुलिन जहाँनिया राणा शासनका विरुद्धको आन्दोलनमा नेपालका युवा विद्यार्थीहरूले भिषण संघर्ष गरे । आन्दोलनमा लागेकाले नै तत्कालिन त्रि–चन्द्रका विद्यार्थी गंगालाल श्रेष्ठलाई अरू तीनजना, शुक्रराज शास्त्री, दशरथ चन्द ठकुरी र धर्मभक्त माथेमा संगै वि.स. १९९७ माघ मा फाँसीको सजाय दिइयो । राणाहरूले यसरी विद्यार्थीहरूलाई फाँसीमा लट्काउदा पनि विद्यार्थी आन्दोलन रोकिने र सिद्धिने त टाढाको कुरा भयो बरु यसलाई सिद्धाउन राणा शारनको षड्यनत्र विपरित यो आन्दोलन वि.स.२००४ मा “जयंतुम संकृतम” आन्दोलनका रुपमा नयाँ उचाईमा विकास भयो । विद्यार्थीहरूमाथी ठुलै दमन भयो तर आन्दोलन रोकिएन अनेक रुपमा निरन्तर जारी रहयो । आन्दोलनले जनतामा जागरण पैदा गरायो, फलस्वरुप २००७ मा जहानियाँ राणा शासनको नेपालबाट अन्त्य भयो ।
२००७ सालमा पूूर्ण प्रजातन्त्र भने आएको थिएन बरु कुलिन जहानियाँ शासनको अन्त्य गरि त्यसको स्थान सामन्ति राजतन्त्रले लिएको थियो । त्यही सामन्तवादले फेरी नेपाली जनताका अधिकारहरूमाथी डण्डा वर्षाउन थाल्यो । त्यसैको परिणम थियो २०१७ फगुन १ गते राजा महेन्द्र द्वारा गरिएको शाही ‘कु’ । उनले ‘कु’ मार्फत सबै राजनितीक पार्टी मार्थी प्रतिबन्ध लगाएका थिए । यदाकदा, राजा महेन्द्र द्वारा गरिएको निरङ्कुस ‘कु’ लाई संसदीय व्यवस्थामाथिको ‘कु’ का रुपमा व्याख्या गरिएपनि वास्तवमा त्यो नेपाली जनताका मौलिक अधिकार र जनताको राजनिति गर्ने अधिकार माथि कै ‘कु’ थियो । एक अर्थमा यो जनताको स्वभिमान पूर्वक बाँच्नपाउँने अधिकार माथिको ‘कु’ थियो । त्यसैले राजनितीक दलहरूलाई प्रतिबन्ध लागएको त्यो समयमा सम्पूर्ण आन्दोलनको नेतृत्व नै विद्यार्थी आन्दोलनले गर्यो । जसलाई ४६/४७ को आन्दोलनले नै पुष्टी गरेको छ । तथापी त्यो जनआन्दोलनले सामन्तवादी राज्यसत्ताको अन्त्य भने गर्न सकेको थिएन ।
सामन्तवादी राज्यसत्ताका विरूद्धमा महान जनयुद्धको सुत्रपात भयो । जसमा विद्यार्थीको भुमीका निकै नै आसाधारण रहयो । जनयुद्धका प्रथम सहिद नै विद्यार्थी दिलबहादुर रम्तेल भए । जनयुद्धमा बेनोज अधिकारी, पुर्ण पौडेल, लगाएतका धरै युवा विदार्थीहरुले आफ्नो बलिदानी दिए । त्यसैको फलस्वरूप ०६२/६३ को जनआन्दोलन हुन पुग्यो र त्यसले नेपालबाट सामन्ति राजतन्त्रको अन्त्य गरि नेपालमा संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना गर्यो । उक्त आन्दोलनमा पनि विद्यार्थीहरूले असाधारण भुमिका निर्वाह गरेका थिए । वर्तमान परिस्थितिमा हेर्ने हो भने नेपाल को पछिल्लो विद्यार्थी आन्दोलनलाई हेर्ने दृष्टिकोण अलि फरक भएको छ । यो फरक पार्नु मा नेपाल कै विद्यार्थी संगठनहरुको हात रहेको छ । नेपालको विद्यार्थी आन्दोलन तब सम्म मात्र जिवित थियो जब कमरेड रबिन्द्र अधिकारी, घनश्याम भुसाल, सरद रसाइली, ठाकुर गैरे, लेखनाथ न्यौपाने, गगन थापा, रामकुमारी झाँक्रीहरुले एउटा स्तर बाट शैक्षिक मुद्दा मात्र नभएर तत्कालीन शाही शासनको विरुद्ध देशमा भएका हरेक विकृति विसंगतिको विरुद्ध आन्दोलन उठाएका थिए । तर आज हाम्रो समयको विद्यार्थी आन्दोलनलाई कमाइ खाने भाँडाको रुपमा स्थापीत बनाइएको छ ।
लेखनाथ न्यौपाने, गगन थापा, रामकुमारी झाँक्री, शरद रसाईलिको पुस्ता पछाडि को विद्यार्थी आन्दोलन उठ्न नसक्ने गरि ध्वस्त भएर लडिरहेको छ । यो आन्दोलनको हस्तान्तरणमा समस्या थियो या गलत प्रवृतिमा यो विषयमा विद्यार्थी संगठनले एक पटक समिक्षा गर्ने जमर्को कसैले गरेको पाइदैन । आज नेपालमा (Education System) शैक्षिक प्रणाली बदल्ने अभियानमा त हरेक विद्यार्थी संगठनहरु छन् तर, के हिजो को आन्दोलनलाई समिक्षा नगरी, हिजो को आन्दोलनलाई जग नबनाई शैक्षिक प्रणाली बदल्ने अभियानको थालनी गर्न सकिन्छ ? जनवादी शिक्षा र बैज्ञानिक समाजवादी शिक्षाको नारा दिएर नेपालको शैक्षिक प्रणाली बदल्न सकिन्छ भन्ने हाल चल्दै गरेको बहसलाई नेपाली विद्यार्थीहरूले कसरी सजिलै स्विकार्न सक्छन् ? जब कि नेपालको विद्यार्थी आन्दोलन नै उठ्न नसक्ने गरि लडिरहेको छ । जनवादी शिक्षाको बहस पनि गरौंला, वैज्ञानिक समाजवादी शिक्षाको बहस पनि गरौला तर त्यो भन्दा पहिला सबै विद्यार्थी संगठनहरूले पार्टी पंक्ति भन्दा थोरै माथी उठेर अझ भनौ सरकारको मात्रै नभएर पार्टी सत्ताकै प्रतिपक्षको भुमिकामा रहेर लडिरहेको विद्यार्थी आन्दोलनको झण्डा सबै मिलेर उठाउने जमर्को नगरे सम्म यस्तो बहसको कुनै अर्थ रहदैन ।
हरेक वर्षको जेष्ठ १ गते विद्यार्थी एकता दिवस भन्दा पनि यो दिनलाइ कसरी न्याय गर्न सकिन्छ, विद्यार्थी आन्दोलनको वर्तमान भूमिका कसरी पूरा गर्न सकिन्छ भन्ने नै अहिलेको आवश्यकता हो । ५७ औं विद्यार्थी दिवसलाई अबका युवा विद्यार्थीले, हाम्रो पुस्ताले आन्दोलनकै नविन भाष्य निर्माण गर्न सकेन भने राजनिती पार्टीको झोला बोक्ने, सत्तामा लिप्त हुने, सांसद, मन्त्रीहरुको स्वकीय हुने तिर नै अब पनि लाग्ने हो भने विद्यार्थी आन्दोलन त सकिन्छ नै आउने पुस्ता समेतले विद्यार्थी आन्दोलनलाई दिउसै लाइट बालेर खोज्नु पर्ने अवस्था सृजना हुन सक्छ । जसको कामना अहिलोका शिक्षाका व्यापारीहरूले गरिरहेको छन् ।
त्यस कारण वर्तमान अवस्थामा विद्यार्थी आन्दोलनलाई बुझ्ने सवालमा, अझ नजिक बाट हेर्ने सवालमा कुनै पनि विद्यार्थी संगठनले कन्जुस्याइँ नगरी एक ढिक्का भएर अगाडि बढ्ने हो भने ४६/४७, ६२/६३ को आन्दोलन कै जगमा फेरि एउटा भिषण आन्दोलन उठाउन सकिन्छ र लडिरहेको आन्दोलन र सत्तासंगै सौदावाजी गरेर ध्वस्त पारिएका विद्यार्थी आन्लोनका ऐजेण्डाहरूलाई पनि नयाँ उभार सहित उठाउन सकिन्छ । यसले मात्रै यो गौरवमय विद्यार्थी आन्दोलनको हित गर्न सक्छ र विद्यार्थी दिवस प्रतिको न्याय र आन्दोलनका महान सहिदहरू प्रति सच्च सम्मान गर्नेछ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार