
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
४कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
५गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
६टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
७घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
८पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
१२निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
सरकारी जमिन, प्राकृतिक सम्पदा र खोलानाला कौंडीको भाऊमा वैधानिक ढंगले कब्जा गरेर लुट्ने गिरोह यो देशमा पछिल्लो समय निकै शक्तिशाली बनेको छ । जुन सुकै पार्टीका शीर्ष नेताको किचनसम्म उनीहरुको पहुँच छ । भन्छन्, नेताहरुको कालोधन यस्तै व्यापारीहरुले नै चलाउने गर्दछन् । त्यसैले जुनसुकै सरकार आओस्, यिनीहरुलाई न त सम्पत्ति शुद्धिकरण आयोगले छुन्छ, न त अख्तियारको नै आँखा पुग्छ । न त राजश्व कार्यालयले नै यिनीहरुलाई छड्के गर्न सक्छ । हामी टाढा जानु पर्दैन, हाम्रा वरपर भएका नवधनाढ्य व्यापारीहरुको व्यवसायलाई हेरौं । उनीहरुले गर्ने गतिविधिहरुलाई हेरौं ।
राज्यको अर्बौं लुटेर, ठगेर अनि केही लाख बाँडेर समाजसेवी हुने र वाह वाह कमाउने रहर धेरैको हुन्छ । यसो गर्दा घाटा भन्दा सामाजिक प्रतिष्ठा पनि बढ्ने र जनताको आँखामा धुलो छर्ने काम पनि मजैले हुने गर्दछ । यति कुरा हामी जनताले बुझ्नुपर्छ कि व्यापारीले बिना नाफा कुनै पनि काममा हात हाल्दैन । त्यो नाफा उसले आर्थिक मात्र नभई सामाजिक प्रतिष्ठाको रुपमा पनि लिन खोजिरहेको हुन्छ । हामीले चिन्न सक्नुपर्दछ ।
एउटा सामान्य नागरिकले केही गर्छु भनेर बैंकमा घरजग्गा धितो राखेर ऋण लिन्छ । विभिन्न कारणवश समयमा उसले किस्ता बुझाउन सक्दैन । त्यस्तो अफ्ठ्यारो अवस्थामा परेका नागरिकहरुको बैंकसँगको मिलेमतोमा पूर्ण जानकारी लिने र लुट्ने एउटा गिरोह वषौंदेखि सक्रिय छ पोखरामा । जसले बैंकका केही गलत पात्रहरुसँग मिलेर लिलामीका नाममा त्यो ऋणीलाई खबर समेत नगरी सम्पत्ति कब्जा गर्ने गर्दछन् । यस्ता काण्डका विवादित व्यवसायीहरु फेरि समाजसेवाको खोल ओढेर ढोङ्ग पिट्छन् । यस्ता ढोङ्गीहरुलाई अब नङ्ग्याउनै पर्छ । उनीहरुको भित्री काण्डहरु बाहिर ल्याउनै पर्छ ।
यस्ता व्यापारीहरुको गिरोह छ पोखरामा, जो यहाँका प्राकृतिक सम्पदाहरु कौंडीको भाऊमा लिएर ध्वस्त बनाउँछन् । दिनप्रतिदिन यस्तो गिरोहको दवदवा बढिरहेको छ । आमनागरिकले यस्तो विषयमा कुनै भेऊ समेत पाउँदैनन् । को कोबाट परिचालित छ, कुन कम्पनी कसको योजनामा दर्ता भएर अगाडि आएको छ र कुन कम्पनी भित्र कस–कसको शेयर छ यो सजिलै आमनागरिकले पत्तो पनि पाउँदैनन् ।
नेपालमा यतिबेला लोभीपापी नेताहरुलाई किनेर व्यापारीहरुले नीतिगत नै भ्रष्टाचार गरिरहेका कैयौं उदाहरणहरु छन् । कानुनी रुपमा वैधानिक ढंगले राज्य दोहन गरिरहेका छन् । अनि यस्ता गिरोहको पछि लागेर पेट पाल्नेहरु हजारौंको संख्यामा स्तर अनुसार र क्षेत्र अनुसार देश भरी नै छन् । त्यसैले सजिलै यस्तो झुण्डको जालो (नेटवर्क) ध्वस्त गर्न सकिदैंन । तर निरन्तर प्रहार गरिरह्यो र यिनीहरुका अनेकन् खेलहरुलाई जनता सामू छर्लङ्ग पार्ने काम गर्दै गईयो भने लुटेरा र समाजसेवी के हुन् जनताले सजिलै छुट्याउन सक्छन् ।
प्रहरी प्रशासन, मिडिया र जनप्रतिनिधि जताततै यिनीहरुका आफ्ना एजेन्ट (दलाल)हरु पनि हुन्छन् । तर सबै प्रहरी प्रशासन, मिडिया र जनप्रतिनिधिहरु विकाऊ पनि हुँदैनन् । हो, तिनै ईमान्दार तप्काहरुले यस्तै भ्रष्टहरुको भण्डाफोर गर्दै जानुपर्छ । समय लाग्छ, तर यिनीहरुको असली अनुहार आमजनतालाई चिनाउनै पर्छ ।
देशमा जहिले पनि संकट आएको बेलामा एकथरी व्यापारीहरु कमाउन तिर लाग्छन् । कालोबजारी तिर लाग्छन् । यस्ताले देशमा गृहयुद्ध भएको बेलामा होस् वा नाकाबन्दी भएको बेलामा होस् कसरी लुट्ने भन्ने बाहेक अर्को ध्याउन्न हुँदैन । त्यसैगरी, अर्को थरी नाफाखोर व्यापारीहरु राजनीतिक दलका नेताको कालोधन व्यवसायमा लगानी गर्ने गर्दछन् । उनीहरुलाई कांग्रेस, एमाले, माओवादी वा राप्रपा जसको सरकार आएपनि केही फरक पर्दैन ।
यो खालका नाफाखोरहरुले नीतिगत रुपमा ठुलो भ्रष्टाचार गर्ने गर्दछन् । पछिल्लो समयमा धेरै काण्डहरु सञ्चारमाध्यमहरुमा पनि आएका छन् । राम्रो ठाउँमा भएका सरकारी जमिनहरु ३०/४० वर्षका लागि कौंडीको भाऊमा भाडामा लिने, प्राकृतिक सम्पदाहरुको दोहन गर्ने र ठुला–ठुला ठेक्कापट्टामा अर्बौं असुल्ने काण्डहरु हाम्रा लागि सामान्य नै भईसके । कोरोनाको खोप ल्याउने क्रममा विचका नाफाखोर दलालहरुले कमिशन नमिल्दा सरकारलाई नै टेरेनन् । यस्तो अवस्थामा देश पुगिसकेको छ ।
यहाँका सुन्दर प्राकृतिक स्थलहरु नाफाखोरहरुले बर्षौंसम्मका लागि कब्जा गरिसकेका छन् । यी सारा घटनाहरु हेरिरहँदा के लाग्छ भने अब आँट गरेर हाम्रो पुस्ताले यस्ता कालोबजारी, नाफाखोर, कमिशनखोर, विचौंलिया, दलाल र माफियाहरुलाई सम्मानपूर्वक समाजसेवी, सफल उद्यमी वा असल पात्रका रुपमा चित्रण गर्ने कामलाई ठाडै बहिष्कार गर्नुपर्दछ । यिनीहरुको असली चेहरा समाजका अगाडि देखाउन सक्नुपर्दछ । जब स्वार्थ बोकिदैंन भने यस्ता गलत प्रवृत्तिका पात्रलाई ठेगान लगाउन सजिलै सकिन्छ । अन्ततः विपतको बेलामा कालोबजारी गर्ने, नाफाका लागि धन्दा चलाउने, एकातिर दिए जस्तो गरी अर्को तिरबाट लुट्ने खालको प्रवृत्तिमूलक गतिविधिको विरोधमा सबै जनता जागरुक हुन जरुरी छ ।