News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

'आधिकारिक वेभसाईट dvprogram.state.gov मा गएर हेर्न अनुरोध'

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावास काठमाडौंका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

दूतावासले डिभी चिठ्ठा परेकाहरुलाई अमेरिकाको कुनै पनि सरकारी निकायबाट ईमेल नआउने र आधिकारिक वेभसाईट dvprogram.state.gov मा गएर हेर्न अनुरोध गरेको छ । डिभी चिठ्ठा परेकाहरुलाई अन्तर्वार्ताका लागि पनि अग्रिम शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ ।

नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा आवश्यक सम्पूर्ण जानकारीहरु सोही वेबसाइटमा नै उपलब्ध गराईएको छ ।

प्रतिक्रिया