
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
हेमन्त केसी
जाजरकोट । ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ ।
अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका कारण निकुञ्जको सुरक्षा र संरक्षणमा चुनौती सिर्जना हुँदै आएको छ । विसं २०४० मा स्थापना भएको यो निकुञ्ज तीन हजार ५५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । डोल्पा र मुगु जिल्लाको हिमाली क्षेत्रमा मात्र फैलिएको निकुञ्जमा छ महिनाभन्दा बढी हिउँले ढाक्ने गर्दछ ।
यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।
काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता थपेको छ । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल छ । यसलाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे गुम्बाको यहीँ छ ।
निकुञ्जमा भएको महत्वका कारण चोरी, निकासी गर्नेको ठूलो जमात दैनिक पक्राउ परिरहेको छ । दुई महिनायता मात्र भारी मात्रामा हतियार र तस्कर पक्राउ परिसकेका छन् । तस्कारबाट हतियारदेखि जनावरका विभिन्न अङ्गसमेत फेला परेको निकुञ्जका प्रमुख सरोजमणि पौडेलले बताउनुभयो । निकुञ्जको कार्यालय सुलिगाडमा रहेको छ । यो निकुञ्ज क्षेत्रको सबैभन्दा तल्लो भागमा रहेको छ ।
माथिल्लो भागमा अहिले हिउँले ढाकेको छ । हिमपातकै बीचमा वनरक्षक तथा स्थानीयवासीबीच सहकार्य भई संरक्षण समितिले नियमित हिउँमै गस्ती गरिरहेको छ । ज्यानको बाजी लगाएर भए पनि निकुञ्जको सुरक्षा गरिरहेका स्थानीयवासी धनु गुरुङले बताउनुभयो । उच्च भागमा गस्ती गर्न मुस्किल हुने ठाउँमा वन विभागसँग निकुञ्जले ड्रोन क्यामरामार्फत गस्ती गर्नका लागि पहल थाले पनि ड्रोन नहुँदा सो कार्य असफल हुँदै आएको छ । त्यहाँ भएका हिउँ चितुवासमेत अहिले देखिएका छैनन् ।
कठिन भूगोलका साथै हिउँले गर्दा गर्न खोजिएको काम तोकिएकै मितिमा गर्न मुस्किल हुँदै आएको निकुञ्जका प्रमुख पौडेलले जानकारी दिनुभयो । मुगु र डोल्पाको माथिल्लो भागमा अक्सिजनसमेत पाउन मुस्किल हुने ठाउँमा निकुञ्ज संरक्षण गर्न हिउँमा गस्ती गर्न फलामको चिउरा चपाएझैँ हुने गर्दछ । माथिल्लो भागमा काम गर्ने कर्मचारी काम गर्दागर्दै धेरै पटक बिरामी हुँदा उद्धार गरी उपचारका लागि सदरमुकाम दुनै पुर्याएको कथा त छँदैछ, त्यसमा कर्मचारीको मनोबलसमेत कमजोर हुने गरेको छ ।
जङ्गली जनावरको त्रासका साथै नजिक गाउँ घर नभएको अग्ला अनकन्टार पहाड र चट्टानमा जो कसैलाई पनि काम गर्न सजिलो छैन । स्थानीय उत्पादनभन्दा आयातित अन्नमा भर पर्नुपर्ने बाध्यताको बीचबाट जीवन चलाइरहेका सर्वसाधारणसँग फरक भाषा अनि रहनसहन, वेषभूषासमेत फरक रहेको छ । नेपाली भाषाभन्दा आफ्नै भाषा बोल्ने यहाँका स्थानीयवासीसँग सहकार्य गरी काम गर्न अर्को चुनौती बनेको निकुञ्जका कर्मचारी बताउँछन् । चिसो मौसममा उपल्लो डोल्पामा रहेका प्रहरीचौकीसमेत दुनैस्थित सदरमुकाममा झारिँदै आएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर