News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय पर्यटन प्रवास समाचार

चरा खोजकर्ता खरेलसहित चार प्रतिभा सम्मानित

तस्विर साभार

झापा ।  चराहरुको खोज गरेर नेपाललाई चरा पर्यटनका माध्यमबाट विश्वभर परिचित गराउने अभियानमा लाग्नुभएका झापाका देवेन्द्र खरेलसहित चार प्रतिभालाई सुसेली साहित्यिक परिवारले आज सम्मानित गरेको छ ।

मेचीनगर–१० निवासी चरा खोजकर्ता खरेलले नेपालमा पहिलोपल्ट हरित परेवा फेला पार्नुभएको थियो । उहाँले नेपाल, भारत र भूटानसम्म चराको खोज गर्दै आउनुभएको छ । उहाँलाई रु ११ हजार नगदसहित सुसेली प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी बिर्तामोडमा बुद्ध अफसेट सञ्चालन गर्दै आउनुभएकी कुशल व्यवसायी कमला भट्टराई पराजुलीलाई रु १० हजार नगदसहित बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार प्रदान गरिएको छ । साहित्यकार देवीचरण भण्डारी, शिक्षासेवी इन्द्रबहादुर मुखिया र अञ्जना न्यौपानेलाई सोही अवसरमा सम्मानित गरिएको थियो ।

सुसेलीले झापाली स्रष्टाका परिचय समेट्दै प्रकाशित गरेको सुसेली स्मारिकाको १८औँ संस्करण आज सोही कार्यक्रममा लोकार्पण गरेको छ । भाषाविद् चुडामणि रेग्मीले झर्रोवादी साहित्य अभियानमा सुसेली साहित्यिक परिवारले अनुकरणीय योगदान पु¥याइरहेको बताउनुभयो ।