
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
मस्को । केही रूसी अधिकारीमाथि लगाइएको प्रतिबन्धको बदलामा मङ्गलबार रूसले पनि केही यूरोपेली संघ (ईयू) का अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । यसअघि ईयूले रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको घटनालाई जोडेर केही रूसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।
रूसी परराष्ट्र मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ, “युरोपेली युनियनको निर्णयको जवाफमा रुसी संघमा प्रवेश निषेध गरिने ‘ईयू सदस्य राष्ट्रहरु र विभिन्न यूरोपेली संस्थाका प्रतिनिधिहरुको सूची रूसले तयार गर्ने निर्णय भइसकेको छ ।”
मस्कोले तीन ईयू देशका वरिष्ठ कूटनीतिज्ञहरूलाई बोलाई आफ्ना अधिकारीमाथि लगाइएको प्रतिबन्धबारे सोधपुछ गरेपछि बदलामा तत्कालै ईयूका प्रतिनिधिहरूमाथिको प्रतिबन्धको घोषणा गरेको हो । नाभाल्नीलाई गत अगस्टमा सोभियत संघकालीन नोभिचोक बिष दिइएको भन्ने ल्याबको रिपोर्टपछि ईयूले यस घटनालाई जोडेर केही रूसी अधिकारीलाई ईयू यात्रामा प्रतिबन्ध लागाएको थियो ।
रूसी सरकारका एक प्रवक्ताले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “मस्कोले ईयूका कुटनीतिज्ञहरूमाथिको प्रतिबन्ध घोषणा गर्नु पहिले जर्मनी, फ्रान्स र स्विडेनका प्रतिनिधिहरूलाई रूसी अधिकारीमाथि प्रतिबन्ध लागू भएको सम्बन्धमा विदेश मन्त्रालयमा बोलाई जानकारी लिइएको थियो ।”
यूरोपेली कुटनीतिज्ञले यस सम्बन्धमा सावैजनिक भनाइ राखिसकेका छैनन् ।
नाभाल्नीलाई रूसी गुप्तचर संस्था (एफएसबी) लाई घात गरेको भन्दै उहाँको भित्रि कपडाभित्र (गुप्ताङ्गमा) विष दिएर मार्ने कोसिस गरेको कुरा सार्वजनिक गरेको एक दिनपछि यो घोषणा आएको हो । नाभाल्नीको बयानलाई ‘बनावटी’ भन्दै नाभाल्नीले विदेशी गुप्तचर निकायहरूलाई सघाएको आरोप एफएसबीको रहेको छ ।
राष्ट्रपति पुटिनको कटु आलोचक मानिने ४४ बर्षीय प्रतिपक्षी नेता नाभाल्नी अगस्टमा साइबेरियाबाट मस्कोको लागि उडानमा रहेका समय गम्भीर विरामी भएपछि उहाँ रहेको विमानलाई मस्को नलगी नजिकको सहर ओम्सक आकस्मिक गराइएको थियो । उहाँको उपचार त्यहाँ सम्भव नभएपछि एअर एम्बुलेन्समा जर्मनीको बर्लिन लगी उपचार गरिएको थियो ।
उक्त घटनाको छानवीनमा ईयू मुलुकहरूले रूसलाई नसघाएको दावीलाई रूसी विदेश मन्त्रालयले यो हप्ताको सुरुमा पनि पहिलेजस्तै दोहोराएको थियो । मस्कोले आफ्ना सुरक्षा निकायले यस घटनामा भूमिका खेलेको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ । रासस/एएफपी
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई